‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा लाग्न ओलीको निर्देशन

  • वैशाख ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि मंगलबार झापा आएका ओलीले झापामा पार्टीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जनहितमा अधिकतम रूपमा लाग्न अनुरोध गर्दै यस्तो निर्देशन दिएका हुन् ।

‘जनताका आंकाक्षा र अपेक्षा अनुसार काम गर्नुपर्छ’, उनले भने । उनले एकताबद्ध भएर पार्टी काम लाग्न निर्देशन दिदै नेतृत्व छान्ने क्रममा केही असन्तुष्टिहरू भएको भए त्यो बिर्सन पनि आग्रह गरे । ‘जनताको सेवा गर्ने कार्यमा एकताबद्ध भएर जानुपर्छ’, उनले भने ।

ओली तीन दिनसम्म इलाम र झापा रहने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले बताए ।

इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली मंगलवार नै इलाम जाने र बुधबार गृह नगर दमक आउने कार्यक्रम रहेको कार्कीले जानकारी दिए ।

इलामको क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । क्षेत्र–२ का एमाले उम्मेदवार सुहाङ नेम्वाङ सहित मंगलवारेमा बुधबार चुनावी सभा छ ।

यसैगरी बिहीबार आफ्नो निर्वाचन क्षेत्र गौरादह नगरपालिका ५ स्थित स्कूलचौरमा कार्यक्रम छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved