काठमाडौं/ पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगेका छन्। उनले शुक्रबार गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका हुन्। राजसंस्था पुनःस्थापनाको बहस चलिरहेका बेला पूर्वराजाको गोरखा यात्रा विशेष चासोको विषय बनेको छ। शनिबार बिहान करिब १० बजे गोरखनाथ मन्दिर पुगेका शाहले करिब दुई घण्टासम्म पूजाआराधना गरेका थिए। पूजापछि उनले ऐतिहासिक गोरखा दरबारको समेत अवलोकन गरे। मन्दिरमा दर्शन गर्दा राजा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको लागि गोरखनाथ बाबाबाट आशिर्वाद प्राप्त भएको जनविश्वास रहिआएको छ। पूर्वराजा शाहको यो यात्रा विभिन्न कोणबाट हेरिएको छ। पछिल्लो समय नेपालमा राजसंस्थाको पुनःस्थापनाको माग उठ
धरान/ धरानका चारवटा त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघले दुई क्याम्पसमा जित हात पारेको छ भने एक क्याम्पसमा स्वतन्त्र प्यानल विजयी भएको छ। पिण्डेश्वर विद्यापीठमा भने सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ। महेन्द्र बहुमुखी क्याम्पसमा गठबन्धनको जित धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन विजयी भएको छ। सभापतिमा नेविसंघका प्रशान राई १,२९१ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका युवराज राईले ६०० मत प्राप्त गरे। सचिवमा अनेरास्ववियुका पवन बस्नेत १,१९३ मतसहित व
विराटनगर/ भर्खरै सम्पन्न नेकपा एमाले मोरङका नवनिर्वाचित केही पदाधिकारी जितेर पनि त्रसित रहेको पाइएको छ । एमाले मोरङको १० औँ अधिवेशनमा पार्टी संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै पदाधिकारीमा अनपेक्षितरुपमा प्यानलै निर्वाचित भएपनि पदाधिकारी मध्ये सवैभन्दा बढी त्रसित उपाध्यक्ष सागर थापा रहेको देखिएको छ । उपाध्यक्ष थापाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र एमाले मोरङका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बधाई नदिएसम्म आधिकारीक जित महसुस गर्न नसकेको उनी निकट स्रोत बताउँछ । उनले सवैले बधाई दिएपनि ढकाल र पोखरेलले बधाई नदिएको भन्दै आफु निकट व
धरान/ चैत्र ५ गते देशभरका आंगिक क्याम्पसहरुमा विद्यार्थीहरुले नयाँ नेतृत्व चयन गर्दैछन् अर्थात देशभरका आंगिक क्याम्पसहरुमा चुनाव हुदैछ । धरानमा रहेका आंगिक क्याम्पसहरु महेन्द्र वहुमुखी क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पसमा चुनावी सरगर्मी बढिरहेको छ । धरानका तीन वटा क्याम्पसका चुनावी सरगर्मी बढिरहेका बेला धरान १४ मा रहेको पिण्डेश्वर विद्या पीठमा भने निर्वाचनकै अघिल्लो दिन सोमबार सर्वसम्मत ढंगबाल नेतृत्व चयन भएको छ । निर्वाचन समितिका संयोजक कृष्ण गोपाल अधिकारीका अनुसार अधिकांश पदाधिकारी नेपाली काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघ र नेकपा एमाले सम्बद्ध अखिल नेपा
धरान/ त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरानका तीन क्याम्पसमा (स्ववियु) निर्वाचन सुरु भएको छ । महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार), र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरू स्ववियु नेतृत्व चयनका लागि मतदान गर्दै छन्। महेन्द्र क्याम्पसमा गठबन्धन प्यानल बलियो महेन्द्र क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियुबीच गठबन्धन बनेको छ। गठबन्धनको तर्फबाट प्रसान राई सभापतिको उम्मेदवार छन्। सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा आलोक लिम्बु तथा प्रत्यक्ष सदस्यतर्फ ज्ञानेश राई, निरज राई, अस्मिन लिम्बु, स्मृति
धरान/ धरान स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले तातिएको छ ।धरानमा रहेका चार वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोली अर्थात चैत्र ५ गते हुदैछ । धरानमा रहेका चार वटा क्याम्पस मध्ये तिन वटामा विभिन्न दल विच गठबन्धन भएको छ ।पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कसैको पनि गठबन्धन भएको छैन।धरानमा रहेको केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारमा यो पटकको स्ववियु निर्वाचनको माहोल विगत भन्दा फरक भएको छ । केन्द्रिय प्रविधि क्यामपस हात्तिसारमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुु,नेपाली काङग्रेसको विद्यार्थी संगठन नेविसघं र एकीकृत समाजबादी अनेरास्ववियूू सयुक्त प्यानल बनाएर अगाडी बढ
काठमाडौं/ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत मंगलबार (चैत ५ गते) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अघि नै देशभरका ९० कलेजमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ। तर, त्रिवि केन्द्रीय क्याम्पससहित १६ वटा आंगिक क्याम्पसमा भने विभिन्न विवादका कारण निर्वाचन स्थगित भएको छ। त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीका अनुसार ४८ आंगिक र साढे तीन सयभन्दा बढी सम्बन्धन प्राप्त कलेजमा निर्धारित मितिमा निर्वाचन हुनेछ। काठमाडौंको महेन्द्ररत्न क्याम्पसमा विद्यार्थीहरू निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने विषयमा
विराटनगर/ खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा.सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ। नेपाली भाषा तथा साहित्य क्षेत्रमा पाँच दशकभन्दा लामो समय योगदान दिएकी भण्डारीलाई एक विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। विराटनगरमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए। मञ्चका अध्यक्ष ८८कृष्णप्रसाद भण्डारी ‘मार्सेली’८८को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथ
धरान/ सुच्चा राई कल्याणकारी समाजले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धरान बजारस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा १६२ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रममा समाजका सल्लाहकार ढुण्डिराज सुच्चा राईको सभाध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य माननीय किशोर थुलुङ उपस्थित थिए भने विशेष अतिथिका रूपमा अग्रज पत्रकार तथा युवा नेता भिमज्वाला राई, धरान वडा प्रहरी कार्यालयका प्रमुख रुद्र खड्का लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्
धरान । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । देशैभरी निर्वाचनको सरगमी बढेको छ । सुनसरीको धरान पनि चुनाबी सरगमीले निकै विद्यार्थी माझ महौल तात्नु स्वाभाविक नै हो भने ठुला राजनीतिक पार्टी बीच पनि आफ्नो पार्टीको विद्यार्थीलाई जिताउने कसरतमा लागेका छन् । त्रिभुवन विश्व विद्यालय अन्र्तरगत धरानका ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । केन्द्रिय राजनीतिको सत्ता गठवन्धनकै आधारमा यहाँ पनि विद्यार्थीको संगठनवीच गठवन्धन भएको छ । नेपाली काँग्रेस निकट नेवि सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियुले पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा महेन्द्र र हात्तीसार क्याम