सरकार र शिक्षक महासङ्घबीच आज पुनः वार्ता, आन्दोलन भने यथावत

  • वैशाख १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज दिउँसो पुनः वार्ता हुने भएको छ।

बुधबार राति अबेरसम्म वार्ता भए पनि निष्कर्ष ननिस्किएपछि आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा फेरि वार्ता हुने तय भएको हो।

महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार महासङ्घले अघि सारेको ९ बुँदे प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।

ती बुँदाहरूमा सहमति जुटेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने र दोस्रो चरणमा संसदमार्फत विधेयक पारित गराउने योजना रहेको थापाले जानकारी दिए।

यता, वार्ताको प्रयास जारी रहे पनि आन्दोलन भने रोकिएको छैन। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसार आज बिहान ११ बजेदेखि नयाँ बानेश्वर–माइतीघर सडक खण्डमा आन्दोलन जारी छ।

सरकार र महासङ्घबीचका छलफल निष्कर्षमा पुग्ने आशामा शिक्षकहरू आन्दोलनरत छन्। वार्ताबाट सहमति जुटे आन्दोलन फिर्ता हुने सम्भावना रहेको बताइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved