धरानमा मनमोहन अधिकारीको स्मृति दिवस मनाइयो

  • वैशाख १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपालका प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा जनप्रिय नेता मनमोहन अधिकारीको २५औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले) धरान उपमहानगरपालिका–१५ ले विशेष कार्यक्रम आयोजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

श्यामचोकमा रहेको अधिकारीको सालिकमा माल्यार्पण गर्दै आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सल्लाहकार समिति सदस्य तथा कोशी प्रदेशका पूर्वसभामुख प्रदीप भण्डारीले धरानसँग मनमोहन अधिकारीको आत्मीय सम्बन्धको स्मरण गरे।

भूमिगत राजनीतिका बेला धरानलाई सेल्टर बनाएर उहाँले राजनीतिक गतिविधि सञ्चालन गरेको उनले बताए।

भण्डारीका अनुसार २०५१ सालमा प्रधानमन्त्री बन्नु भएका अधिकारीको नौ महिनाको कार्यकाल जनमुखी शासनको नमूना रह्यो।

“लचकता, इमान, र सामूहिक नेतृत्वप्रति विश्वासले उहाँलाई विश्वमै चिनायो,” उनले भने।

कार्यक्रममा धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ एभेङले अधिकारी देशका लागि मात्र होइन, सम्पूर्ण नेपाली समाजका लागि सम्मानित र प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरे।

उनले २०४९ सालको आम निर्वाचनमा धरान क्षेत्रबाट भारी मतले विजयी भएको स्मरण गराए।

नेकपाको पहिलो राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा निर्वाचित भएका अधिकारीले भारतमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए।

'आफ्नो गाउँ आफैँ बनाऔँ', 'नौ स' अभियान, जेष्ठ नागरिक भत्ता जस्ता आजसम्म लोकप्रिय कार्यक्रमहरू उहाँकै कार्यकालको उपज हुन्।

कार्यक्रम अध्यक्ष ज्ञानेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ नेकपाका प्रदेश, जिल्ला, नगर र वडा तहका नेतासहित कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो।

सहभागीहरूले अधिकारीको सालिकमा माल्यार्पण गर्दै उहाँको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरे।

स्थानीय नेता शिव धमलाले भने, “मनमोहन अधिकारीले जनताले तिरेको कर जनताकै सेवा र विकासमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने जीवन्त उदाहरण पेश गर्नुभयो।”

कार्यक्रममा नेताहरूले अधिकारीको राजनीतिक निष्ठा, सरलता र समर्पण भावनाबाट वर्तमान नेतृत्वले सिक्नुपर्ने आवश्यकता औँल्याएका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved