राजनीति

    Showing ३२१-३३० of १,९५८ items.
  • कोशी गाउँपालिकामा नैतिक शिक्षा तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

    सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–६ मा ‘नैतिकवान मधेस तथा सशक्तिकरण शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ। स्थानीय युवामा नैतिक चेतना विकास गर्ने र मधेसी समुदायको सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता आयोजक संस्था प्रतिनिधि रेणु साहले गरेका थिए भने कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल तथा कोशीटापु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा युवालाई नेतृत्व व

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ५७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब मेचीनगरमा नगद हैन, ‘डाइनामिक क्यूआर’बाट कर तिर्न मिल्ने

    झापा/  करदातालाई अब नगद बोकेर नगरपालिकाको धक्का खाने झन्झट अन्त्य भएको छ। झापाको मेचीनगर नगरपालिकाले कर संकलन प्रणालीमा नयाँ प्रविधि ‘डाइनामिक क्यूआर कोड’ प्रणाली सुरु गरेको छ। आइतबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर’ प्रणालीको विधिवत् रूपमा उद्घाटन गर्दै कर प्रणालीमा डिजिटल युगको थालनी गरे। उनीहरूले उद्घाटनकै दिन आफ्नै नाममा रहेको जग्गाको एकीकृत सम्पत्ति कर तिरेर अभियानको शुभारम्भ गरे। अब मेचीनगरको सबै १५ वटै वडा कार्यालय र नगर कार्यालयमा कर तिर्न जाने करदाताले क्यूआर स्क्यान गरेर सहजै भुक्तानी गर्न सक्नेछन्।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ६४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरको समग्र विकासका लागि संघीय सरकारबाट ५० करोडभन्दा बढीको बजेट विनियोजन

    झापा/  मेचीनगर नगरपालिकाको समग्र विकासका लागि संघीय सरकारबाट चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोडभन्दा बढीको बजेट विनियोजन गरिएको छ। नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा संघीय सरकारले नीति तथा कार्यक्रमसहितको बजेटमार्फत विभिन्न १३ शीर्षकमा बजेट छुट्याएको हो। नगर प्रमुख बुढाथोकीका अनुसार मेचीनगरका विभिन्न सडक स्तरोन्नति, झोलुङ्गे पुल निर्माण, दाहसंस्कार स्थल, तथा नयाँ पुल निर्माणका लागि बजेट विनियोजन भएको हो। यहाँ उल्लेख गरिएका केही मुख्य योजनाहरू यसप्रकार छन्: सडक स्तरोन्नति (प्रत्येक शीर्षकमा ३

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ७२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

    काठमाडौं/  पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। अख्तियारले बिहीबार नेपालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको पद स्वतः निलम्बनमा परेको हो। नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि पहिलोपटक 

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लोकतान्त्रिक याक्थुङ (लिम्बु)संघको प्रथम राष्ट्रिय महाधिवेशन हुने

    धरान । सुनसरीको धरानमा नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति संगठन अन्तर्गत स्थापना गरिएको नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको पहिलो राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ। संघले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आगामी जेठ २३ र २४ गते धरान उपमहानगरपालिका–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा आयोजना गरिने जानकारी दिएको हो।नेपाली कांग्रेसको मूल सिद्धान्त“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” लाई आत्मसात गर्दै संघले २०७९ सालमा विधान निर्माण गरेको हो। पार्टीको जातीय संगठनको मान्यता प्राप्त गर्दै संघले हालसम्म पूर्वी नेपालका ९ जिल्ला र काठमाडौं

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ५६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानमार्फत पक्की सिँचाइ कुलो, दशौं वर्षको समस्या समाधान

    भोजपुर/ दशौँ वर्षदेखि सिँचाइको अभाव झेल्दै आएका भोजपुर नगरपालिका–६ भङ्गेरीवासी अब समयमै खेतमा पानी पुर्‍याउन सक्ने भएका छन्। स्थानीयवासीको श्रमदान, वडाको पहल र सरकारहरूको साझेदारीमा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएसँगै, अब खेतीपातीमा सहजता आएको छ। ओडारे–भण्डारे सिँचाइ कुलो रु ५३ लाखको लागतमा निर्माण भएको हो। केन्द्र, प्रदेश, स्वीस सरकार र स्थानीय सरकारको साझेदारीमा प्राप्त बजेट र स्थानीयको श्रमदानबाट ९२३ मिटर लामो पक्की कुलो निर्माण गरिएको वडा अध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए। “यहाँका किसानलाई कुलो नहुँदा निकै सास्ती थियो,” उनले भने, “हामीले प

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ५७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात बन्दले जनजीवन प्रभावित, सरकार र व्यवसायीबीच वार्ता सुरु

    काठमाडौं/ ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएपछि जनजीवन प्रभावित बनेको छ। विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरूलाई यात्रा गर्न कठिन भएको छ। यातायात बन्दसँगै राजधानीका मुख्य सडकहरूमा सार्वजनिक सवारी नदेखिँदा सर्वसाधारण पैदलै गन्तव्यतर्फ हिँड्न बाध्य भएका छन्। वैकल्पिक सवारीको अभावमा थप समस्या उत्पन्न भएको छ। यातायात व्यवसायीहरूले सरकार र ट्राफिक प्रशासनबाट आफूहरूमाथि दमन र ज्यादती भइरहेको आरोप लगाउँदै आन्दोलन स

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात व्यवसायीको घोषणा: भोलिदेखि सवारी साधन थन्क्याउँदै सेवा ठप्प

    काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको निर्णयप्रति विरोध जनाउँदै भोलिदेखि सवारी सेवा ठप्प पार्ने घोषणा गरेका छन्। गण्डकी सरकारले ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीहरूले जेठ १९ गतेदेखि गाडी ग्यारेज वा घरमा थन्क्याउने निर्णय गरेका हुन्। नेपालका सातवटा यातायात संगठन—सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मज

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ९२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाडौंमा राजावादीको प्रदर्शन, कमल थापा पक्राउ – लिङ्देनको आपत्ति

    काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइतबार भएको राजावादी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेताहरूलाई पक्राउ गरेको छ। बालुवाटारतर्फ जुलुससहित अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका थापाले पक्राउअघि "भ्रष्ट सरकार मुर्दावाद" भन्दै नारा लगाएका थिए। उनी पक्राउ परेपछि प्रदर्शनमा सहभागी राजावादी समूह आक्रोशित बनेका छन् र तत्काल थापालाई रिहा गर्न माग गरेका छन्। प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारले धरपकडको नीति अपना

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ६६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजसंस्था र हिन्दु राष्ट्रकाे मागसहित माइतीघरमा राजावादीकाे प्रदर्शन आज

    काठमाडौँ/  राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै राजावादी समूहहरूले संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा आज (शुक्रवार) राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। यसअघि बिहीबार उनीहरूले शान्ति बाटिकामा प्रदर्शन गर्दै आन्दोलनको औपचारिक सुरुवात गरेका थिए। उनीहरूकाे मागमा राजसंस्थाकाे पुनर्स्थापना, नेपाललाई हिन्दु राष्ट्र घाेषणा गर्ने र सङ्घीयता खारेज गर्नेजस्ता मुद्दा छन्। संयुक्त जनआन्दोलन समितिकाे समन्वयमा सञ्चालन भइरहेको आन्दोलनमा राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न हिन्दुवादी तथा राजावादी संघ–संगठन आबद्ध छन्। आन्दोलनकारीहरूले आफ्नो आन्दोलन अनिश्चितकाल

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • ४४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved