धरान/ कोसी प्रदेशको लगानी सम्मेलनमा ४६ वटा परियोजना सञ्चालनको लागि सम्झौता भएपनि धरानको लागि कुनै परियोजना परेको छैन । जस्ले गर्दा धरानका जनप्रतिनिधीहरुको चर्को आलोचना भएको छ ।धरानवासीले सरकार र जनप्रतिनिधीको चासो र समन्वय हुन नसक्दा उपेक्षामा परेको गुनासो गरेका छन् । प्रदेश सरकारले ७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमान सहित लगानी सम्मेलन सुरु गरि उक्त सम्मेलनमा ४६ परियोजनामा १ खर्ब ५२ अरब १९ करोडका परियोजनामा सम्झौता भएको छ। सबैभन्दा ठलो परियोजनाको रूपमा किङ्कर म्यानुफ्याक्चरिङ प्लान्ट परियोजनाकालागि ३२ अर्बको सम्झौता भएको छ। त्यस्तै ग्रिन युरिया मानुफ्याक्चरिङ फेस
काठमाण्डौं । नेकपा एमाले सुनसरी काठमाण्डौं सम्पर्क मञ्चले नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम लिम्बूलाई सम्मान गरेको छ । शनिबार मञ्चको कार्यालय च्यासल ललितपुरमा आयोजित भित्ते पात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान तथा शेयर मार्केट बारे प्रशिक्षण कार्यक्रमको अवसरमा हालै सम्पन्न बारको केन्द्रीय निर्वाचनमा सुनसरी धरान निबासी लिम्बूलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो । कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । सुनसरीका विभिन्न पर्यटकिय स्थल
काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक नयाँ क्रान्तिको तयारीमा उत्रनुपर्ने आवश्यकता औंल्याएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी दिनमा ठूलो आन्दोलनको आवश्यकताको संकेत दिएका हुन्। प्रचण्डले भने, "अहिले सरकारमा जाने कुनै रुचि छैन, अब आन्दोलनमार्फत नै तमाम समस्याको समाधान खोज्न तयार रहनुपर्छ।" उनले सरकारमै बसेको शक्तिलाई पनि चेतावनी दिँदै भने, "यदि सत्तामा बसेर आन्दोलनलाई दमन गर्ने सोच बनाइयो भने त्यो सम्भव छैन। हामी जनताको पक्
विराटनगर/ प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्ममा अत्यन्त प्रभावशाली मानिने गायत्री मन्त्रको उत्पत्ति कोशी नदीबाट भएको दाबी गरेका छन्। बुधबार विराटनगरमा आयोजित कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रका ऋषि विश्वामित्रले कोशी नदीको किनारमै बसेर गायत्री मन्त्रको रचना गरेको बताए। “मन्त्रहरूको पनि मन्त्र, महामन्त्र भनिने गायत्री मन्त्र यहीँ कोशी किनारमै रचना गरिएको हो,” प्रधानमन्त्री ओलीले भने, “महर्षि ऋषि विश्वामित्रले यही ठाउँमा बसेर यसको सृजना गर्नुभएको हो।” गायत्री मन्त्रलाई हिन्दू धर्मावलम्बीहरूल
काठमाडौँ/ आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज दिउँसो पुनः वार्ता हुने भएको छ। बुधबार राति अबेरसम्म वार्ता भए पनि निष्कर्ष ननिस्किएपछि आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा फेरि वार्ता हुने तय भएको हो। महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार महासङ्घले अघि सारेको ९ बुँदे प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। ती बुँदाहरूमा सहमति जुटेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने र दोस्रो चरणमा संसदमार्फत विधेयक पारित गराउने योजना रहेको थापाले जानकारी दिए। यता, वार्ताको प्रयास जारी रहे पनि आन्दोलन भने रोकिएको छैन। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसा
धरान/धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितका अध्यक्षहरुले विद्यालयमा बिद्यार्थी पढ्न पाउने अधिकारको सुनिश्चित हुनु पर्ने माग गरेका छन् । नगरपालिकाको आम विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले विज्ञप्ती मार्फत यस्तो माग गरेका हुन् । उनीहरुले वैखाख १६ गतेदेखि विद्यालयमा पठन पाठन गर्न गराउनको लागि सम्पुर्ण शिक्षकहरुलाई आव्हान गरिएको छ । विज्ञप्तीमा भनिएको छ,“विगत २०८१ चैत्र २० गते बाट शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन, निर्माण तथा शिक्षकका विविध समस्याहरू सहितको माग गर्दै काठमाण्डौं केन्द्रीत आन्दोलन आज २७ औं दिन भैसक्यो तर हाम्रा सम्पूर्ण विद्यालयहर
काठमाडौँ/ काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्णरुपमा सञ्चालन हुँदै आएको शिक्षक आन्दोलन आइतबार तनावग्रस्त बन्दै हिंस्रक मोडमा पुगेको छ। निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरी र आन्दोलनरत शिक्षकहरूबीच झडप भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा गत वर्षको चैत २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन आइतबार २५ औँ दिनमा प्रवेश गरेको छ। यसअघि शान्तिपूर्ण रुपमा अघि बढेको आन्दोलन आइतबार निषेधित क्षेत्र पार गर्ने प्रयाससँगै तनावग्रस्त बनेको हो। प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले पनि प्रतिकार गर्दै सडक छेउका ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठ
काठमाडौं/ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको आरोप प्रमाणित गर्न वा माफी माग्न चुनौती दिएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै घिमिरेले लिङ्देनले कांग्रेसलाई बदनाम गर्ने मनसायले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरे। ‘वैशाख १२ गतेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले चैत १५ गतेको घटनामा भाटभटेनीमा लुटपाट भएको र सो घटनामा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको प्रमाण आफूसँग रहेको भन्दै अभिव्यक्ति दिनुभयो,’ घि
धरान/ नेपालका प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा जनप्रिय नेता मनमोहन अधिकारीको २५औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले) धरान उपमहानगरपालिका–१५ ले विशेष कार्यक्रम आयोजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। श्यामचोकमा रहेको अधिकारीको सालिकमा माल्यार्पण गर्दै आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सल्लाहकार समिति सदस्य तथा कोशी प्रदेशका पूर्वसभामुख प्रदीप भण्डारीले धरानसँग मनमोहन अधिकारीको आत्मीय सम्बन्धको स्मरण गरे। भूमिगत राजनीतिका बेला धरानलाई सेल्टर बनाएर उहाँले राजनीतिक गतिविधि सञ्चालन गरेको उनले बताए। भण्डारीका अनुसार २०५१ सालमा प्रधानमन्त्री बन्नु भ
विराटनगर/ कोशी प्रदेश माओवादी केन्द्रले चुरे–तराईका जनतालाई लक्षित गर्दै ९ दिने ‘चुरे तराई जनसाङ्गीतिक अभियान’ सुरु गरेको छ। अभियानको बुधबार उदयपुरको कटारी बजारबाट भव्य सुरुआत गरिएको छ। अभियानको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले गरे। प्रदेश सचिवालयको निर्णयअनुसार सञ्चालनमा ल्याइएको अभियान अन्तर्गत हरेक दिन प्रदेशका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम गरिँदैछ। कार्यक्रम तालिका यस्ता छन्: वैशाख ११: उदयपुर, कटारी वैशाख १२: उदयपुर, गाइघाट वैशाख १३: उदयपुर, बेल्टार वैशाख १४: सुनसरी, धरान वैशाख १५: मोरङ, केराबारी व