कोशी गाउँपालिकामा नैतिक शिक्षा तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

  • जेठ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -स्वर्णिम राई (संगीता)

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–६ मा ‘नैतिकवान मधेस तथा सशक्तिकरण शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ।

स्थानीय युवामा नैतिक चेतना विकास गर्ने र मधेसी समुदायको सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता आयोजक संस्था प्रतिनिधि रेणु साहले गरेका थिए भने कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल तथा कोशीटापु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा युवालाई नेतृत्व विकास, नैतिक मूल्य, आत्मनिर्भरता र सामाजिक जिम्मेवारीका विषयमा अभिमुखीकरण प्रदान गरिएको आयोजक संस्थाका प्रतिनिधि रेणु शाहले जानकारी दिए ।

कोशी गापालिकाक अध्यक्ष अन्सारीले यस्ता कार्यक्रम युवाको सशक्तिकरणका लागि आवश्यक रहेको उल्लेख गर्दै आगामी वर्षको बजेटमा नैतिक शिक्षा तथा सीप विकासमूलक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छ्न ।

उनले पालिकाबाट लोकसेवा तयारी कक्षा, नेतृत्व विकास तथा दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले विशेषगरी बेरोजगार युवा, महिला तथा समुदायका कमजोर वर्गलाई आत्मनिर्भर बनाउने यस्ता प्रयासहरू सराहनीय रहेको धारणा व्यक्त गरेका छ्न ।

लामो समयदेखि समुदायमा क्रियाशील रहँदै आएको आयोजक संस्थाले यस्तो अर्थपूर्ण कार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएको छ। कार्यक्रमले स्थानीय तहमा नैतिक शिक्षा प्रवर्द्धन, युवामा नेतृत्व विकास तथा सामाजिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक तथा सरोकारवालाले व्यक्त गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved