राजनीति

    Showing २१-३० of १,९५८ items.
  • जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ

    काठमाडौँ/ प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

    धरान/ सुनसरी, धनकुटा र उदयपुरका युवाहरूले जिल्लाका समसामयिक समस्या समाधान तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। युवाहरूको टोलीले गृह मन्त्रालयमा पुगेर स्थानीयस्तरमा देखिएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।  युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवा विस्तार, गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक CCTV निगरानी, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार, लागू

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्राफिक प्रहरीमाथि हातपात, श्रम संस्कृति पार्टीका श्रमदाता राई पक्राउ

    धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा श्रम संस्कृति पार्टीका श्रमदाता सोमप्रसाद राई पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट चेकिङमा खटिएका प्रहरी सहायक हवल्दार सुवास विकमाथि हातपात गरेको सूचना पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०८३ साउन ३० गते साँझ करिब ५ः४० बजे धरान उपमहानगरपालिका–२ माछाभौडी क्षेत्रमा चेकिङका क्रममा घटना भएको थियो। धरान–११ बस्ने ३८ वर्षीय राईले ड्युटीमा खटिएका ट्राफिक प्रहरी विकमाथि हातपात गरेको प्रहरीले बताएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली झापा पुगे

    झापा/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् । ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । एमाले झापाले पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ जागरण र अभियान सञ्चालन गर्ने उद्देश्यल

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • १५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थी सांसदले पारित गरे ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक’

    धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० का विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी ‘नमुना प्रतिनिधि सभा’ सञ्चालन गरेका छन्। विद्यार्थी सांसदहरूले सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी विधेयकमाथि बहस गर्दै ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ बहुमतले पारित गरेका छन्। शुक्रबार विद्यालयको सभाहलमा बसेको नमुना प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गरिएको थियो। विद्यार्थी सांसदहरूले विधेयकका विभिन्न प्रावधानमाथि पक्ष–विपक्षमा आफ्ना धारणा राख्दै तर्क प्रस्तुत गरेका थिए। सभामु

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका तत्कालीन प्रशासकीय अधिकृत खतिवडासहित ९ जनाविरुद्ध मुद्दा

    धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। धरान–१४ दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा आपसी मिलेमतोमा व्यक्तिको नाममा नामसारी तथा दर्ता कायम गराई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार खतिवडासँगै तत्कालीन सिंगिया गाविसका  सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशिल बैध, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १,०६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बजेटमा किचलो : ५ करोडदेखि नगरसभा अन्योलसम्म

    धरान/ धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विवादमा परेको छ। आर्थिक विकास समितिमा विनियोजित ५ करोड रुपैयाँको ब्रेकडाउन गर्ने विषयबाट सुरु भएको विवाद अहिले नगरसभा सञ्चालनमै असर पर्ने अवस्थामा पुगेको छ। सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्याइएको ५ करोड रुपैयाँको बजेट सञ्चालन गर्ने विषयमा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरूबीच मतभेद बढेको हो। विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेका छन्। धरान–१५ का वडाध्यक्ष नरेश इवारमका अनुसार उपमहानगरपालिकाले हालसम्म सहकारीसम्बन्धी ऐन, नियम तथा कार्यविधि बनाएको छैन। यस्तो अवस्थामा

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ३८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुरा होला त जनयुद्धकी ‘सन्ध्या’ को मन्त्री सपना ?

    धरान/ फेरि दसौ पटक कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चुलिएको छ । तर दुई कम्युनिष्ट पार्टीहरु एमाले र नेकपाको हुने सरकार पुनर्गठनमा सत्ता समीकरण, दलगत सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व र लैङ्गिक समावेशिताको बहससँगै अर्को एउटा प्रश्न झन् गम्भीर प्रश्न चर्चामा छ— कोशी प्रदेशमा अहिलेसम्म दलित समुदायबाट एक जना पनि विभागीय मन्त्री किन नियुक्त भएनन् ? कोशी प्रदेश सभाको दोस्रो कार्यकालसम्म आइपुग्दा पटक–पटक सरकार फेरियो । मन्त्रीहरू फेरिए । मन्त्रालय बाँडिए । तर संविधानले प्रत्याभूत गरेको समावेशी प्रतिनिधित्व व्यवहारमा देखिएन । प्रदेश सभाको नौ बर्षको यात्रामा दलित समुदायबाट निर्वाचित सांसदह

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ९७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपचारकै क्रममा निभ्यो रवीन्द्रको जीवन, देवानगञ्ज घटनामा शोक थपियो

    धरान/  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। रवीन्द्र मेहेताको मृत्युसँगै सुनसरी घटनापछि सुरु भएको आन्दोलनसँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ। सिरहामा भएको आन्दोलनका क्रममा गणेश यादवको पनि मृत्यु भएको थियो। रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार–पीडित सहमतिपछि देवानगन्जका दुई मृतकको शव परिवारलाई

    सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो । गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved