धरान–६ को सरस्वती माविमा ८ महिनादेखि शिक्षक छैनन्, एसईई तयारीमा रहेका विद्यार्थी मारमा

  • भदौ १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षकको पद आठ महिनादेखि रिक्त रहँदा पठनपाठन प्रभावित भएको छ।

आगामी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत शिक्षक अभावका कारण प्रत्यक्ष मारमा परेका छन्।

शिक्षक नियुक्तिको विषयलाई लिएर वडा अध्यक्ष भूपेन्द्र भट्टराई र धरानका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ।

वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष भट्टराईले शिक्षक नियुक्तिका लागि पटक–पटक नगरपालिकासँग आग्रह गर्दा पनि समस्या समाधान नभएको आरोप लगाए।

विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालले पनि तत्कालीन प्रधानाध्यापक गंगाप्रसाद धमला अनिवार्य अवकाशमा गएपछि सामाजिक विषयको शिक्षक पद रिक्त रहेको बताए।

सामाजिक विषय पढाउने शिक्षक नहुँदा अन्य शिक्षकले आफ्ना नियमित कक्षासँगै थप कक्षा लिनुपरेको विद्यालयको भनाइ छ। एउटै कक्षामा ४० देखि ४५ जनासम्म विद्यार्थी रहेकाले दुईवटा कक्षा मिलाएर पढाउनुपर्ने अवस्था आएको छ।

विद्यालयमा लेखापालको पदसमेत रिक्त छ। विज्ञापन खुलाएर ६ जनाको आवेदन परे पनि परीक्षा र नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।

यता कार्यवाहक नगर प्रमुख बेघाले नगरपालिकाले जानाजानी शिक्षक नियुक्ति रोकेको आरोप अस्वीकार गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षक पक्षबीचको आन्तरिक विवादका कारण समस्या समाधान हुन नसकेको उनको दाबी छ।

उनले दुवै पक्षलाई पटक–पटक बोलाएर सहमतिको प्रयास गरिएको बताए।

रिक्त पदमा नियमअनुसार सार्वजनिक सूचना निकालेर योग्य व्यक्ति छनोट गर्नुपर्नेमा केही पक्षले अस्थायी रूपमा आफूअनुकूल व्यक्ति नियुक्त गर्न खोजेको हुनसक्ने उनको आशंका छ।

विद्यालयको शिक्षक अभावको विषयमा सुरु भएको विवाद अब धरान–६ का वडा अध्यक्ष र कार्यवाहक नगर प्रमुखबीचको आरोप–प्रत्यारोपमा परिणत भएको छ।

तर विवादबीच सबैभन्दा बढी असर भने पढाइबाट वञ्चित भइरहेका विद्यार्थीलाई परेको छ।

५६ वर्षीया महिलामाथि ...

तेह्रथुम । आफ्नै घरमा सुतिरहेको अवस्थामा ५६ वर्षीया महि ...

फरार प्रतिवादी पक्रा ...

धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार ...

बालबालिकाको उज्ज्वल ...

सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र ...

गरिमा चौधरी हत्या प् ...

बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved