राजनीति

    Showing २२१-२३० of १,९५८ items.
  • साहायक प्रअ नपाएपछि शिक्षक बोहोरा बिच्किए, सहमति लत्याउँदै सामाजिक सञ्जालमा टिकाटिप्पणी, अन्ततः सरुवा

    बाघझोडा/ वराहक्षेत्र नगरपालिका–८ बाघझोडास्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोरा साहायक प्रधानाध्यापक पद नपाएपछि बारम्बार सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासन र व्यवस्थापन समितिमाथि लक्षित टिप्पणी गर्दै आएका छन्। पेसागत आचारसंहिताविपरीत यस्तो गतिविधि रोक्न सहमति भएको भए पनि उनले सहमति लत्याउँदै निरन्तर विवादास्पद टिप्पणी गरेपछि नगर शिक्षा समितिले उनलाई तत्काल सरुवा गर्ने निर्णय गरेको छ। सहायक प्रअ पद नपाएपछि आक्रोश विद्यालयले साहायक प्रधानाध्यापक नियुक्ति नगरेपछि शिक्षक बोहोरा विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारीप्रति रुष्ट बनेका थिए। त्यसपछि

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • १,९०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङद्वारा कार्यपालिका बैठक आह्वान, २६ एजेण्डामा छलफल

    धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज (बुधबार) दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्। बैठकमा २६ वटा एजेण्डा प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम अनुमोदन, पालिका गान अनुमोदन, बजेट सिलिङ पास लगायतका विषयमा छलफल हुने जनाइएको छ। धरान उपमहानगरले यसअघि अहिलेसम्म नयाँ बजेट ल्याउन सकेको छैन। यसपटकको बैठकले आगामी बजेटलगायत महत्वपूर्ण निर्णय पारित गर्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ५५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असोज १ देखि इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग

    धरान/  नेपालका तीन प्रमुख यातायात मजदुर संगठनहरूले यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग गरेका छन्। नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले संविधान र विद्यमान कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन्। विज्ञप्तिमा संविधानले तोकेको सरकारी कामकाजको भाषा देवनागरी लिपी भए पनि विभागले जारी गरेको सूचनामा अङ्ग्रेजी प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ। त्यस्तै, इम्बोस्ड नम्बरप्लेटमा राखिने आरएफआई

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ६४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफू अनुकूल विद्यालय चलाउन उच्च अदालतको आदेश मान्दैनन् वडाध्यक्ष

    इटहरी/ नेकपा माओवादी केन्द्रबाट रातारात नेकपा एमालेमा गई इटहरी वडा नम्बर १७ मा निर्वाचित भएका वडाध्यक्ष प्रभातकुमार आर्चायले अनधिकृत रूपमा सम्मानित उच्च अदालतको निर्णय आदेश विपरीत कानुनको धज्जी उडाउने काम गरेका छन् । वडाध्यक्ष आचार्यले उच्च अदालत विराटनगर आदेशको अवहेलना समेत गरेका छन् । उच्च अदालत विराटनगरले वडा नम्बर १७ मै रहेको पकली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झालाई कानुन अनुसार विद्यालयको काम गर्न दिनका लागि २०८१ फागुन २१ गते पकली माविका नाममा निषेधाज्ञा सहित उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । उच्चको तत्कालीन आदेशपछि केही महिना झाले व्यवस्थापन समितिको

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ७८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा अज्ञात समूहको आक्रमण : वडाध्यक्ष सेन्दाङ गम्भीर घाइते

    ताप्लेजुङ/  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा एमाले नेता टेकिन्द्र सेन्दाङमाथि शनिबार बेलुकी अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ। जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गरेका बेला तोक्मेडाँडा क्षेत्रमा आक्रमण भएको हो। करिब ५ देखि ७ जनाको समूहले ढुंगा–लाठीसहित आक्रमण गर्दा सेन्दाङ गम्भीर घाइते भएका छन्। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ६५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले लेटाङ अधिवेशनः भण्डारी समूहका उम्मेदवार तेब्बर मतले पराजित, संस्थापन पक्षको ‘क्लिन स्वीप’

    विराटनगर/नेकपा (एमाले) लेटाङ नगर कमिटीको अधिवेशनमा खुलेर लाग्दा संस्थापन पक्षको टिमले क्लिन स्वीप गरेको छ । पछिल्लो समय गुटगत गतिविधिमा सकृय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेता विनोद ढकाल लागेपनि संस्थापन पक्ष मौन थियो । तर, गुटगत गतिविधि निश्कृय पार्न यसपटक एमालेको संस्थापन पक्ष खुलेर लाग्दा भण्डारी समूहले लेटाङ नगर अधिवेशनमा लज्जास्पद पराजय व्यहोरेको हो ।  भण्डारी समूहका ढकाल ती नेता हुन् जो बहालबाला केन्द्रीय सदस्य र कोशी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा हुँदाहुँदै तल झरेर प्रदेश अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । सो कुरा कार्यकर्ताले नरुचाउँदा उनलाई पराजित गरिदि

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिका : सुनसरीकै उत्कृष्ट, प्रदेशमा पाचौँ स्थानमा

    सुनसरी/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिका लगातार तेस्रो वर्ष पनि सुनसरीकै उत्कृष्ट पालिका बन्न सफल भएको छ। जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको वराहक्षेत्रले यसपटक १०० मध्ये ८५.७५ अंक प्राप्त गर्दै उपमहानगरपालिका र गाउँपालिकालाई पछि पार्दै पहिलो स्थान हात पारेको हो। प्रदेशस्तरमा भने वराहक्षेत्रले ५औँ स्थान सुरक्षित गरेको छ। इलामको सूर्यदय नगरपालिका (९०.५० अंक) पहिलो, इलाम नगरपालिका दोस्रो, विराटनगर महानगरपालिका तेस्रो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका चौथो र झापाको कन्क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • १,०८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बजेट विवादः कर्मचारी तलब र योजनाको भुक्तानीसमेत रोकियो

    धरान/  एक महिनादेखि बजेट पारित नहुँदा धरान उपमहानगरपालिका बजेट संकटमा परेको छ। नगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट अहिलेसम्म नगरसभाबाट पारित हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट असार १० भित्र पारित गर्नुपर्ने व्यवस्था भए पनि यसपटक सो पालना नभएपछि विकास निर्माण, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता वितरण, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार रोकिएका छन्। गत वैशाख ३० गते उपप्रमुख बेघाको नेतृत्वमा सम्पन्न राजस्व परामर्श समितिले करिब रु. १ अर्ब ६० करोड १५ ला

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ९१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गौर हत्याकाण्ड छानबिनको परमादेश: भुमि विधेयकसँग जोड्दै जसपाको धरानमा विरोध

    धरान/  भूमि विधेयकलाई राष्ट्रिय सभाबाट पारित गराउन सरकार सर्वोच्च अदालतमार्फत गौर हत्याकाण्ड मुद्दा ब्युँताएको आरोप लगाउँदै जसपा नेपालले बुधबार धरानमा विरोध कार्यक्रम गरेको छ। अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपाले भानुचोकमा विरोधसभा आयोजना गरेको थियो। कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बुले सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै आक्रोश पोखे। सर्वोच्च अदालतले करिब १९ वर्ष पुरानो गौर हत्याकाण्ड छानबिन गर्न परमादेश जारी गरेपछि राजनीतिक वृत्त ततिएको छ। २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा माओवादी र मधेशी जनाधिकार फोरमबीचको झडपमा २७ जनाको विभत्स

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ७२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर अस्पताल स्थापना सम्बन्धी छलफल, सहमति जुट्न सकेन

    धरान/  धरान उपमहानगरपालिकाले नगर अस्पताल स्थापना गर्नेबारे बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  सँग छलफल गरेको छ। धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल स्थापना गर्ने विषयमा छलफल गर्न मेयर हर्कराज राईले दिउँसो २ बजे विभिन्न दलका नेता र विपी प्रतिष्ठानलाई बोलाएका थिए। स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेपछि नगरको आफ्नै अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको हो। करिब डेढ घण्टा चलेको छलफलमा सहमति भने जुट्न सकेन। दलका

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ५१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved