धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज (बुधबार) दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्।
बैठकमा २६ वटा एजेण्डा प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम अनुमोदन, पालिका गान अनुमोदन, बजेट सिलिङ पास लगायतका विषयमा छलफल हुने जनाइएको छ।
धरान उपमहानगरले यसअघि अहिलेसम्म नयाँ बजेट ल्याउन सकेको छैन। यसपटकको बैठकले आगामी बजेटलगायत महत्वपूर्ण निर्णय पारित गर्ने अपेक्षा गरिएको छ।