राजनीति

    Showing १,९०१-१,९१० of १,९५९ items.
  • प्रदेश १ सरकारको बजेट बहुमतले पारित

    विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयक २०७७ बहुमतले पारित भएको छ ।मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथिको छलफल र त्यसमा मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री तथा मन्त्रालयगत रुपमा प्रदेशका मन्त्रीबाट जवाफ आएसंगै बुधबारको संसद बैठकबाट सरकारको विनियोजन विधेयक बहुमतले पारित भएको हो । कांग्रेसले विनियोजन विधेयकमाथि रु. एक सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखेको थियो । यसको पक्षमा सांसद शेखरचन्द्र थापाले कटौतीको प्रस्ताब राख्दै त्यस विषयमा बोलेका थिए । उनले भने,“बजेटमाथिको सिद्धान्त र प्राथमिकता, न

    • प्रकाशित मितिः असार १७, २०७७
    • ७९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकार सबैको चित्त बुझाएर अघि बढेको छ: मुख्यमन्त्री राई

    विराटनगर । मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत विनियोजनको विधेयकका शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा उनले सांसदले उठाएको प्रश्नको जवाफ दिएका हुन । चालू आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि अति नै थोरै बजेट रहेको स्पष्ट गरेका छन् । भने,“प्रदेश १ अब डिजिटल प्रदेश बन्ने तयारीमा रहेकोले मुख्यमन्त्री ड्यासबोर्डका लागि केही बजेट छुट्याइएको छ ।” यसैगरी झापाको प्रशिक्षण केन्द्र कलबलगुढी प्रदेश सरकार मातहत आएकोले त्यसमा केही बजेट राखिएको बताएका छन् । मन्त्रालयगत रुप

    • प्रकाशित मितिः असार १७, २०७७
    • १,१६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभामा नेकपा प्रमुख सचेतक र कांग्रेस सचेतकबीच जुहारी

    विराटनगर । सत्तासीन नेकपाका प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र कांग्रेस सचेतक सूयर्माराज राईबीच रोस्टर्मबाट कटाक्ष हानाहान भएको छ ।सचेतक राईले सरकारको बजेट पुस्तक रातो किताबलाई ‘कालो किताब’ को संख्या दिएपछि प्रमुख सचेतक राजभण्डारीले “रातोलाई कालो देख्ने आँखामा रतन्धो लागेको भए प्रदेशसभामा आँखा जाँचको प्रबन्ध गरियोस” भन्दै सभामुखको ध्यानाकर्षण गरेका थिए । राजभण्डारीले भने,“रातो किताबलाई कालो देखिएको हो भने आँखा ठिक अवस्थामा छ कि छैन भने संसद भवनमा आँखा परीक्षण गर्ने व्यवस्था गरियोस ।” राजभण्डारीको कटाक्षलाई कांग्रेस सचेतक राईले बुधबारको बैठकको शु

    • प्रकाशित मितिः असार १७, २०७७
    • ९६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी, प्रदेश कानुन आउँदै

    विराटनगर । प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी रहने भएको छ । प्रदेश सरकार मातहत रहने प्रदेश प्रहरीको संख्याबारे सैद्धान्तिक सहमति भईसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले औपचारिक रुपमै जानकारी गराएका छन् । प्रदेश सरकारले सदनमा प्रदेश प्रहरी सम्बन्धी विधेयक ल्याउने तयारी थालिसकेको छ । आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक मामिला मन्त्रालयतर्फ विनियोजित शीर्षकको विषयमा प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदैं कार्कीले भने,“हामीले प्रदेश प्रहरी जम्मा ११ हजार राख्न सैद्धान्तिक सहमति गरिसकेका छौं । संघीय सरकारले राशन र पोशाक व्यवस्थापन गरिदिने भनेको छ । हामीले स

    • प्रकाशित मितिः असार १६, २०७७
    • १,१९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा वैज्ञानिक वन व्यवस्थापन नरोक्ने मन्त्री कुसियैतको स्पष्टोक्ति

    विराटनगर । प्रदेश १ मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइने प्रदेश सरकारले स्पष्ट गरेको छ ।वन मास्ने र केही मानिसहरुले मात्र फाइदा लिने दिशामा कार्यक्रम गएको भन्दै प्रदेश १ संसदमै विरोध भएपछि त्यसबारे वन पर्यटन उद्योग तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले स्पष्ट गरेका छन् । उनले भने,“केही कमजोरी भएका छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम एउटा व्यवस्थित कार्यक्रम हो ।” नेकपाका सांसदले वैज्ञानिक वन व्यवस्थापन भनिएपनि सर्पट कटानले रुख मासिने खतरा भएको, वनका कर्मचारी र मन्त्रालयका केही मानिसले फाइदा लिएको भन्दै संसदमार्फत यो कार्यक

    • प्रकाशित मितिः असार १६, २०७७
    • १,२३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुठीका जग्गा सुकुमबासीलाई वितरण गर्न प्रदेश १ सरकार समक्ष माग

    विराटनगर । नेकपाकी सांसद पदमकुमारी गुरुङले संविधानमा उल्लेख भएअनुसार प्रदेशमा पनि कानुन बनाएर गुठी जग्गामा बसोबास गरिरहने मानिसहरुको पीडा कम गर्नु पर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरेकी छन् । उनले भनिन्,“गुठी जग्गामा बस्नेहरुको लालपूर्जा छैन । गुठी जग्गालाई रैकरमा परिवर्तन गरेर जनतालाई उपलब्ध गराइयोस । सुकुम्बासीलाई पनि भूमिको व्यवस्था गरेर लालपूर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले आर्थिक वर्ष २०७७÷०७८ को छलफल भईंरहेको र संखुवासभा जिल्ला पनि प्राकृतिक सुन्दर र पर्यटकीय संभावनाको क्षेत्र भएकोले त्यहाँ पर्यटनको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा

    • प्रकाशित मितिः असार १६, २०७७
    • ८७७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्क र पाटी पौवा बनाएर मात्र पर्यटन विकास हुँदैन : प्रमुख सचेतक कार्की

    विराटनगर । क्रमभंग होइन क्रमैसंग जस्तो मात्र भएको कांग्रेसले टिप्पणी गरेको छ । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बजेट नयाँ ढंगले नआएको टिप्पणी गरे । “पार्क र पार्टी पौवामात्र हो पर्यटन, संस्कृति, संस्कार होइन र पर्यटन ?,”कार्कीले भने,“विभिन्न जातिको संस्कार र संस्कृतिलाई सम्वद्र्धन गरेर जाने उल्लेख गरेको छैन् । । होमस्टे कसको संस्कृति झल्किएर जाने जस्ता विषयमा पनि बजेट मौन छ ।”कार्कीले पर्यटन नयाँ अनुभव, नयाँ दृश्य र नयाँ तर

    • प्रकाशित मितिः असार १५, २०७७
    • १,७३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिधानत: पाउने अधिकारबाट बञ्चित भएको भन्दै नेकपा बराहक्षेत्र नगर सचिवालय सदस्य अधिकारीले दिए राजीनामा

     बराहक्षेत्र / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बराहक्षेत्र नगर सचिवालय सदस्य राजु अधिकारीले नगर सचिवालय सदस्य एबम् पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन। पार्टीको संयन्त्र भित्र बिधान सम्मत आफुले पाउनुपर्ने अधिकारलाई पार्टीका नेतृत्वले हस्तक्षेप गरेको भन्दै आफुले राजीनामा गर्नुपरेको उनको तर्क छ। उनी भन्छन, पार्टीको बिधानतस् संयन्त्रमा बस्न पाउने अधिकारलाई हस्तक्षेप गर्दै नगर इन्चार्ज केशव तिम्सिना, अध्यक्ष कमल कट्वाल र मेयर निलम खनालले आसेपासेका मान्छे राखी संयन्त्र गठन गरेको हुदा राजीनामा गरेको हु। नगरप्रमुख निलम खनालले जनघनत्व र भौगोलिक अबस्थालाई नहेरी आसेपासेका वडालाई बजेट

    • प्रकाशित मितिः असार १३, २०७७
    • १,१४३ पटक पढिएको
    • "सुबिन बिश्वकर्मा"
  • सांसद भन्छन्ः प्रदेश सरकारले हाम्रो कुरा सुन्दैन्

    विराटनगर । प्रदेश १ सरकारले सांसदले सदनमा उठाएको सवालमा चासो नदिएको भन्दै नेकपाकी सांसद कला घलेले आज शून्य समयमा दुबै कान थुनेरै बोलेकी छन् ।प्रदेश १ को सरकार ‘कामकाजी हौं कि नामकाजी हौं’ प्रस्ट हुनुपर्छ भन्दै उनले सरकारद्वारा सांसदले उठाएको सवाल नसुन्ने गरिएको र आँफूले कान थुनेर समस्या राखेको स्पष्ट गरिन । “प्रदेश सरकारले सुनुवाई त गर्नुपर्छ नी ! मन्त्रीकै निर्वाचन क्षेत्रमा योजना हुलका हुल छन्,” उनले भनिन्,“यो तरिकालो सुनुवाई नभएकोले कान थुनेर शुन्य समयमा बोलेको हुँ ।” सांसद घलेले उदयपुरको महाभारत एकीकृत पर्यटन पार्क निर्माण भएको तर निर्माण समितिले प्रदेश

    • प्रकाशित मितिः असार ११, २०७७
    • ९०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलबारीको बजेट १ अर्व १३ करोड भन्दा वढि कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजनालाई प्राथमिक्ता

    बेलबारी / बेलबारी नगरपालिकाले आर्थीक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट बिनियोजन गरेका छन । छैटौ नगर अधिबेशन बाट नगरपालिकाले कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैया र पुजिगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको छ । नगर अधिबेशनले नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिएको छ भने केहि नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । निम्न योजनाहरुलाई नगरपालिकाले गौरवका आयोजनाका रुपमा लिएको छ । गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र

    • प्रकाशित मितिः असार १०, २०७७
    • १,००८ पटक पढिएको
    • "उत्तम पोख्रेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved