गुठीका जग्गा सुकुमबासीलाई वितरण गर्न प्रदेश १ सरकार समक्ष माग

  • असार १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेकपाकी सांसद पदमकुमारी गुरुङले संविधानमा उल्लेख भएअनुसार प्रदेशमा पनि कानुन बनाएर गुठी जग्गामा बसोबास गरिरहने मानिसहरुको पीडा कम गर्नु पर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरेकी छन् ।

उनले भनिन्,“गुठी जग्गामा बस्नेहरुको लालपूर्जा छैन । गुठी जग्गालाई रैकरमा परिवर्तन गरेर जनतालाई उपलब्ध गराइयोस । सुकुम्बासीलाई पनि भूमिको व्यवस्था गरेर लालपूर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले आर्थिक वर्ष २०७७÷०७८ को छलफल भईंरहेको र संखुवासभा जिल्ला पनि प्राकृतिक सुन्दर र पर्यटकीय संभावनाको क्षेत्र भएकोले त्यहाँ पर्यटनको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन ।

नेकपाका राजकुमार ओझाले सामाजिक विकास मन्त्रालयले पूर्वाञ्चल विश्व विद्यालयमा कोभिड १९ को आइसोलेसन वार्ड छ । त्यहाँ न्यूनतम पूर्वाधार पनि छैन । भने,“स्वास्थ्य सामग्रीको व्यवस्था होस । स्वास्थ्यकर्मीलाई पनि लाने र लैजाने व्यवस्था छेन । पारिश्रमिक पनि दिइएको छैन । न्यूनतम सेवा सुविधा उलब्ध गराइयोस ।” ओझाले अस्पताल पुग्ने बाटो अस्तव्यवस्त रहेकोले त्यसको मर्मत सम्हारको लागि माग गरे ।

नेकपाका सांसद हिराकुमार थापाले अहिले खेतीको बेला भएपनि किसान खेतीपातीमा व्यस्त रहेको तर मलको हाहाकार भएको बताए । भने,“किसानलाई मल उपलब्ध गराइयोस ।” उनले किसान जो एक दुई कठ्ठा जग्गावाल थिए । पूर्वपश्चिम रेल्वे लाइन विस्तार उनीहरुको जग्गा सर्भे गर्दा रेलमार्गमा परेको भन्दै राहत दिन माग गरे ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचारको प्रबन्ध व्यवस्थित गर्न माग गरे ।

 

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved