सांसद भन्छन्ः प्रदेश सरकारले हाम्रो कुरा सुन्दैन्

  • असार ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ सरकारले सांसदले सदनमा उठाएको सवालमा चासो नदिएको भन्दै नेकपाकी सांसद कला घलेले आज शून्य समयमा दुबै कान थुनेरै बोलेकी छन् ।
प्रदेश १ को सरकार ‘कामकाजी हौं कि नामकाजी हौं’ प्रस्ट हुनुपर्छ भन्दै उनले सरकारद्वारा सांसदले उठाएको सवाल नसुन्ने गरिएको र आँफूले कान थुनेर समस्या राखेको स्पष्ट गरिन । “प्रदेश सरकारले सुनुवाई त गर्नुपर्छ नी ! मन्त्रीकै निर्वाचन क्षेत्रमा योजना हुलका हुल छन्,” उनले भनिन्,“यो तरिकालो सुनुवाई नभएकोले कान थुनेर शुन्य समयमा बोलेको हुँ ।”

सांसद घलेले उदयपुरको महाभारत एकीकृत पर्यटन पार्क निर्माण भएको तर निर्माण समितिले प्रदेशको पर्यटन मन्त्रालयमा फायल पेश गरेपनि कुनै सुनुवाई नभएको बताइन । “पेश्की रकम पनि गएको छैन । मन्त्रीका स्वकीय सचिवलाई बारम्बार लेखाएको तर कुरा सुनुवाई भएन,” उनले भनिन् । ताप्ली गाउँपालिकाको वडा नम्बर २ लेखगाउँ धारापानीमा केहीअघि आएको हावापानीले किसानले लगाएको अन्नवाली नष्ट भएको र विवरण लेखी कृषि ज्ञान केन्दमा्र पठाएको तर प्रक्रिया नथालिएको बताए ।

कांग्रेसका सांसद लोकप्रसाद संग्रौलालाले प्रवृत्तिको विषयमा प्रमुख भएको बताए । “सकारात्मक विचार आए त्यसले सकारात्मक र नकारात्मक सोचे भए त्यस्तै काम हुन्छ,”संग्रौलाले भने, “अहिले प्रदेशमा नकारात्मकताले काम गरेको देखिएको छ । मेरो मात्र काम बनोस । कसैले योजना राखे कटौती गरिदिने प्रवृत्ति देखिएको छ ।”

कांग्रेसका सांसद हिमाल कार्की रुकुमको घटनालाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका अधिकारकर्मीमाथिको हस्तक्षेप र प्रहरीले गरेको कुटपिट निन्दनीय भएको बताए । भने,“रुकुम घटना सिंगो मानव समुदायिमाथिको कलंक हो ।” उनले प्रदेशको मन्त्रालयगत विनियोजन गर्दा सरकार संचालन गर्नेको अनुहार मात्र बदलिएको तर संस्कार र व्यवहार नबदलिएको बताए । “गणतन्त्रलाई संस्थागत गर्ने काम भएन । क्षेत्रगत सन्तुलन पनि मिलाउँदैन,”उनले भने,“ पंचायतदेखि अहिलेसम्म संस्कार बद्लिएन । मन्त्रीको क्षेत्रमा कति बजेट विनियोजन भयो ? त्यस्को छुट्टै लिस्ट उपलब्ध गराउनु पर्छ ।” नेकपाका सांसद उत्तमकुमार बस्नेतले अप्टिकल भाईभर बिच्छाउने क्रममा पहाडी क्षेत्रमा माटो खन्दा पहिरोको जोखिम भएको बताए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved