प्रदेशसभामा नेकपा प्रमुख सचेतक र कांग्रेस सचेतकबीच जुहारी

  • असार १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सत्तासीन नेकपाका प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र कांग्रेस सचेतक सूयर्माराज राईबीच रोस्टर्मबाट कटाक्ष हानाहान भएको छ ।
सचेतक राईले सरकारको बजेट पुस्तक रातो किताबलाई ‘कालो किताब’ को संख्या दिएपछि प्रमुख सचेतक राजभण्डारीले “रातोलाई कालो देख्ने आँखामा रतन्धो लागेको भए प्रदेशसभामा आँखा जाँचको प्रबन्ध गरियोस” भन्दै सभामुखको ध्यानाकर्षण गरेका थिए । राजभण्डारीले भने,“रातो किताबलाई कालो देखिएको हो भने आँखा ठिक अवस्थामा छ कि छैन भने संसद भवनमा आँखा परीक्षण गर्ने व्यवस्था गरियोस ।”

राजभण्डारीको कटाक्षलाई कांग्रेस सचेतक राईले बुधबारको बैठकको शुन्य समयमा जवाफ दिएका छन् । राईले भने,“सरकार र मन्त्रीकै नियत कालो भएकोले कालो किताब भनेको हुँ । पैसा कमाउने र सम्पत्ति जोड्नका लागि प्राकृतिक साधनको दोहन गर्ने काम भएको छ । आँखा जाँच गर्ने मेसिन होइन कालो कर्तुत पत्ता लगाउने मेसिन पनि चाहिएको छ ।” उनले पहाड फोरेर ढुंगागिटीको व्यवस्थापन गर्ने भन्ने सरकारको तयारी के हो स्पष्ट हुनुपर्ने बताए ।

“प्राकृतिक स्रोत साधनको अनधिकृत उत्खनन् र चुरे विनास रोकिएको छैन । तर, मन्त्री र सांसदकै क्रसरमा लगानीमा छ भन्ने सुन्न आएको छ । यो कुरा के हो भन्ने,” राईले भने,“भौतिक पूर्वाधार विकासको लागि भनेर ढुंगागिटीका लागि पहाड फोरेर पूर्ति गर्ने भनिएको छ । सरकारले दोहन नै रोक्न नसकेको अवस्थामा पहाड फोर्ने कुरा के हो यसबारे जानकारी गराउनु पर्छ । यसले चोरी तस्करीलाई नै बढावा दिने देखिन्छ ।”

कांग्रेसका सांसद ओमप्रकाश सरागवीले झापाको भद्रपुर सहर गाउँपालिकाम भन्दा तलको अवस्थामा पुगेको बताए । “पहिलो भद्रपुरमा १७ जति राईस मिल थिए । साउथ भारत र कलकत्तासम्म चालम जान्थ्यो,” सरागवीले भने,“अहिले भद्रपुर मृतप्राय भयो । भद्रपुर विमानस्थलमा २०२६ तिर कच्ची रनवे थियो । चक्र बाँस्तोलाले पिच बनाउन पहल गर्नुभयो । टाउन प्लानिङ गर्ने भनेपनि जमिन बच्यो । दैनिक ६ सय यात्रु आउजाउ गर्छन भद्रपुर विमानस्थलबाट अब बंगलादेशसम्म कार्गो प्लाइटका लागि पहल हुनुपर्छ ।” उनले मिरपुरबाट पच्चीस मिनेट र ढाका एक घन्टामा पुग्न सकिने दृष्टान्त पेश गरे । पहिलो पनि प्रावधान शुरु भएको र अब फेरि भद्रपुरबाट कार्गो फ्लाइटको एउटा प्रारुप तयार गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरे ।

कांग्रेस सांसद लीला सुब्बा नेकपाको सरकार भएपनि एकतर्फी र एकल रुपमा मात्र काम गर्दै आएको आरोप लगाउँदै भनिन्,“राम्रो कामको समर्थन र जनविरोधी कामको आलोचना नै प्रतिपक्षीको धर्म हो । अर्थमन्त्रीको ब्रिफकेस खोस्ने वा फुटाउने काम कांग्रेसले गर्दैन ।”

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved