प्रदेश सरकार सबैको चित्त बुझाएर अघि बढेको छ: मुख्यमन्त्री राई

  • असार १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत विनियोजनको विधेयकका शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा उनले सांसदले उठाएको प्रश्नको जवाफ दिएका हुन ।

चालू आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि अति नै थोरै बजेट रहेको स्पष्ट गरेका छन् । भने,“प्रदेश १ अब डिजिटल प्रदेश बन्ने तयारीमा रहेकोले मुख्यमन्त्री ड्यासबोर्डका लागि केही बजेट छुट्याइएको छ ।” यसैगरी झापाको प्रशिक्षण केन्द्र कलबलगुढी प्रदेश सरकार मातहत आएकोले त्यसमा केही बजेट राखिएको बताएका छन् ।

मन्त्रालयगत रुपमा जवाफ दिने क्रम टुंगिएपछि मुख्यमन्त्री राईले आफ्नो कार्यालको विषयमा सदनमा उठेका सवालबारे जवाफ दिएका हुन । मन्त्रालयका योजना पछाडिको ढोकाझ्यलाबाट योजना प्रवेश गराउने काम रोकिएको स्पष्ट गरे । भने,“सडकमा यो लागू नभएको हो तर सिंचाई खानेपानी आदि आयोजनामा सांसदसंग सरसल्लाह भएका छन् ।” उनले यस विषयमा मन्त्रीहरुले पनि सांसदसंग छलफल गर्नुपर्ने बताए ।

प्रदेशको विकास नै पहिलो प्राथमिकता भएको कमजोरी सुधार गर्न समस्या भएको बताउँदै नयाँ भएकोले प्रदेश सरकारलाई तिथि र विधि बसाल्न समय लाग्ने बताए । भने,“हामी सुधार हुन सकारात्मक छौं । सांसदहरुले गर्ने खबरदारीलाई मान्छौं ।” उनले सरकारले गरेका राम्रा कामको खुलेर प्रशंसा गर्न कन्जुस्याईं नगर्न पनि सांसदहरुलाई आग्रह गरेका छन् ।

 

 

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved