राजनीति

    Showing १,८९१-१,९०० of १,९५९ items.
  • टुंगो लाग्यो धरान नगरसभाको मिति

    धरान । करिब ३ साता अघि उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिका को नगर सभाको टुङ्गो लागेको छ । असार ३० र ३१ गते नगरसभा गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । गत असार १० गते धरानको नगरसभा उदघाटन भएर बजेट तथा नीति कार्यक्रमको बिषय मा बिबाद सुरु भएपछी असार २६ गते गर्ने गरि नगरसभा स्थगित भएको थियो । पुनः असार २६ गते मेयर तिलक राइको नाममा नगरपालिकामा देखिएको बेरुजु को बिषय विवादित बने पछि नेकपा निकट कार्यपालिका सदस्यहरु ले बैठक बहिष्कार गरे पछि नगरसभानै अन्यौलमा परेको थियो । आइतबार यस अघि उठेका बिबादित बिषयहरु मा सहमती जुटेपछी असार ३० र ३१ गते नगरसभा हुने निर्णय भएको छ । कार्यपालिका बैठक न

    • प्रकाशित मितिः असार २९, २०७७
    • १,३०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनासंग कसरी लडदैछ इटहरी ?

    इटहरी । कोरोना भाइरस (कोविड–१९) का कारण बिश्व अक्रान्त बनिरहेको बेला नेपाल पनि यसबाट पृथक रहन सकेको छैन । दैनिक रूपमा संक्रमण बढदै जादा बुधबार बिहान सम्म नेपालमा संक्रमितको संख्या १६, १६८ पुगिसकेको छ भने भाइरसकै कारण हाल सम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । यो संगै प्रदेश एकको उदीयमान तथा व्यापारिक हब बनेको सुनसरीको इटहरी पनि पृथक रहेको छैन । सुरूवाती समयमा एकजना मा मात्रै संक्रमित देखिएको इटहरीमा हाल सम्म ६ जना पुगिसकेका छन । भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउन खुकुलो हुदै जादा कोरोनाको बिमारीहरू दुई गुणाले बढेको अवस्था छ । त्यो संगै इटहरीमा पनि लकडाउन खुकुलो बनाइदा

    • प्रकाशित मितिः असार २८, २०७७
    • १,१३८ पटक पढिएको
    • " तेजबहादुर बन"
  • मेयरको बेरुजुको मुद्दाले बिथलियो कार्यपालिका बैठक 

    धरान । मेयर तिलक राईको नाममा देखिएको बेरुजुको बिषयमा स्पष्ट पार्न कार्यपालिका सदस्यहरुले माग गरे पछि चित्तबुझ्दो जवाफ न आएको भन्दै नेकपा निकट सदस्यहरुले बैठक बहिष्कार गरेका छन् ।  असार १० गते उद्घाटन भएर स्थगित भएको नगर सभाको वडामा  जाने बजेटको बिषयमा कार्यपालिकाले निर्णय गर्नको लागि बोलाइएको बैठकमा वडाअध्यक्षहरुले सुरु मै बेरुजुको बिषयमा स्पस्ट पार्न माग गरेका थिए । मेयर साबको चित्तबुझ्दो जवाफ नआएकोले बैठक बहिष्कार गरिएको वडा नम्बर १६ का वडाअध्यक्ष दिल कुमार गिरिले बताए । उनले भने, नगर प्रमुख नै आफै बेरुजुमा देखिँदा समग्र धरानकै नेतृत्वमाथी प्रश्न उढेको छ, मेयरसाब क्लियर हुनुप

    • प्रकाशित मितिः असार २६, २०७७
    • १,०९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रहरीलाई अधिकार सम्पन्न बनाउन जोड

    विराटनगर । प्रदेश प्रहरी सम्बन्धी सदनमा प्रस्तुत भएको विधेयकमाथिको छलफल सकिएको छ । यसमा उठेका प्रश्नमाथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिएका छन् । सदनमा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले प्रदेश प्रहरीको अधिकार संघीय सरकार नियन्त्रित र कन्जुस्याईं गरेर दिएको जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । नेकपाका सांसद कुलप्रसद साम्बाले प्रहरीको पारिश्रमिक कम भएको बताए । भने,“तालिमको विषयलाई पारदर्शी बनाइनु पर्छ । र विदेशमा समेत पठाइँदा आफन्त अनि आसेपासेभन्दा पनि क्षमता भएकालाई दिइनु पर्छ ।” नेकपाकी सांसद खिनुलङ्वा लिम्बूले प्रहरीको बालबच्चा र परिवार

    • प्रकाशित मितिः असार २४, २०७७
    • ८२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोपाईं गर्ने किसानलाई मलखाद दिन सांसदको माग

    विराटनगर । अहिले रोपाइँका बेला किसानले मलखाध र सिंचाईंको समस्या झेल्नु परेकोले त्यसको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । प्रदेश १ को प्रदेशसभाको आजको बैठकमा बोल्ने सांसदले किसानलाई राहत पुग्ने गरीका कार्यक्रम संचालन गर्न सांसदले माग गरेका हुन । नेपाली कांग्रेसकी सांसद कल्पना कुमारी सरदारले कृषि प्रधान देश भएपनि अहिले रोपाईंको बेला किसानले मलजल नपाउँदा कठिन भएको बताउँदै भनिन्,“सरकारले मल र सिंचाईंको व्यवस्था गर्नुपर्छ । सहकारीबाट ऋण लिनुपर्ने अवस्थाले किसानलाई समस्या छ ।” नेपाल कृषिप्रधान मुलुक भनिएपनि उनीहरुलाई सरकारले सहयोग नगर्दा संकट उत्पन्न हुने गरेको सरदा

    • प्रकाशित मितिः असार २४, २०७७
    • ७३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रहरी गठन गर्न कानुन बनाउन अघि बढ्यो प्रदेश १ सरकार

    विराटनगर । प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश १ को संसदमा प्रस्तुत गरिएको छ । संविधानमा प्रदेश सरकारको एकल अधिकार सूचीमा प्रदेश प्रहरीको व्यवस्था छ । सदनमा विधेयक प्रस्तुत गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कतिपय व्यवस्थालाई समेत ‘संघले व्यवस्था गरेअनुरुप हुनेछ’ भन्ने जस्ता विषयले कानुन ल्याउन ढिलो भएको बताएका छन् । प्रदेश प्रहरी प्रमुख संघीय सरकारले नै खटाउने, हातहतियार, वरिष्ठ प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक सरुवा बढुवा संघले नै हेर्ने व्यवस्था भएकोले त्यसबाहेकका व्यवस्था भने प्रस्तावित विधेयकले गर्ने मन्त्री कार्कीले सदन समक्ष जानका

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,१७४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्टी बिभाजन रोक्न पदको आहुती दिन नेताहरू तयार हुनुपर्यो – युवा नेता रिजाल

    इटहरी । नेकपाका युवा नेता राम प्रसाद रिजालले अब पनि पार्टि बिभाजन भए देश उल्टो दिशामा चल्ने बताएका छन । गृह जिल्ला सुनसरी आइपुगेका नेकपाका युवा नेता रिजालले इटहरीमा सञ्चारकर्मिहरू संग कुरा गर्दै अहिलेको वर्तमान अवस्थामा पार्टि बिभाजन हुन नहुने औल्याउदै केहि कारणवस पार्टी बिभाजन भइहाले मुलुकले नै हार्ने बताएका हुन । उनले पार्टी बिभाजन रोक्न पदको आहुति दिन नेताहरू तयार हुनुपर्ने समेत बताएका हुन । युवा नेता रिजालले फुट्न र विभाजन हुन् एमाले र माओवादी मिलेर नेकपा बनेको नभएकोले पार्टी एकता जोगाउन आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्याग गर्नसक्नुपर्ने उनले बताए । नेकपा बलियो नभई ठुलो

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,४१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा प्रदेश १ का १४ जिल्ला कमिटीको मागः पार्टीको टुफुट मान्य छैन

    विराटनगर । प्रदेश १ का नेकपा जिल्ला कमिटीले पार्टीको विषयमा सुझबुझ पूर्ण निर्णय गर्न र टुटफुटमा नजान नेतृत्वलाई आग्रह गरेका छन । नेकपा मोरङको विराटनगरस्थित कार्यालमा १४ वटै जिल्ला कमिटीको तर्फबाट आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपामा उत्पन्न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्न माग गरिएको छ । त्यस अवसरमा सहभागी जिल्लास्थित नेता तथा केन्द्रीय सदस्यले पार्टीको अभूतपूर्व एकतामा खलल ल्याउने काम किमार्थ ठिक नहुनेमा जोड दिए । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढाउन माग गर्दै भने,“पार्टी एकताकै बलमा सरकार बनाउने जनादेश प्राप्त भएको हो । पार्ट

    • प्रकाशित मितिः असार २१, २०७७
    • ७९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रण गर्न ३ महिनामा २७ करोड सकियो

    सुनसरी । प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी हालसम्म भएका कार्यहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार विराटनगरस्थित उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो । त्यस्तै कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी प्रदेश सरकारले ‘नोभेल कोरोना भाईरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरि कार्यान्यनमा ल्याएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताए । त्यस्तै कोरोना भाईरसको महामारीबाट उत्पन्न राष्ट्रिय चुनौतीलाई प्रदेशस्तरमा सामना गर

    • प्रकाशित मितिः असार १९, २०७७
    • १,४२४ पटक पढिएको
    • "तेज बन"
  • संघीय संसदको अधिवेशन अन्त्य

    धरान । संघीय संसदको दुवै सदनको चालु अधिवेशन विहिबार देखि अन्त्य भएको छ । राष्ट्रपती कार्यालयले सुचना जारी गर्दै असार १८ गते विहिबार ५ बजे देखि दुवै सदनको वर्षे अधिवेशन अन्त्य भएको जनाएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य भएको जनाएको छ । अधिवेशनको अन्त्य संगै एमसिसिको विवाद पनि टरेको छ । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलिको राजिनामाको माग संग पनि जोडिएको छ । पछिल्लो समय पार्टी भित्रै ओलिको राजिनामाको माग उठ्न थाले पछि अधिवेशनमा पनि राजिनाको प्रस्ताव दर्ता गर्ने देखिए पछि उनकै डिजाइनमा अधिवेशन अन्त्य गरिएको शंका गरिएको छ । स्थायी समिति र संसदीय दलमा कमजोर भएपछि ओली प्

    • प्रकाशित मितिः असार १८, २०७७
    • ९१४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved