टुंगो लाग्यो धरान नगरसभाको मिति

  • असार २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । करिब ३ साता अघि उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिका को नगर सभाको टुङ्गो लागेको छ । असार ३० र ३१ गते नगरसभा गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । गत असार १० गते धरानको नगरसभा उदघाटन भएर बजेट तथा नीति कार्यक्रमको बिषय मा बिबाद सुरु भएपछी असार २६ गते गर्ने गरि नगरसभा स्थगित भएको थियो ।

पुनः असार २६ गते मेयर तिलक राइको नाममा नगरपालिकामा देखिएको बेरुजु को बिषय विवादित बने पछि नेकपा निकट कार्यपालिका सदस्यहरु ले बैठक बहिष्कार गरे पछि नगरसभानै अन्यौलमा परेको थियो । आइतबार यस अघि उठेका बिबादित बिषयहरु मा सहमती जुटेपछी असार ३० र ३१ गते नगरसभा हुने निर्णय भएको छ ।

कार्यपालिका बैठक नबस्दा नगरसभा प्रभावित भई बजेट, नीति तथा कार्यक्रम नै पारित नहुने अवस्था आएपछि नेकपाले आफ्ना कार्यपालिका सदस्यहरुलाई बैठकमा सहभागी हुन निर्देशन दिए पछि नगरसभाको बैठकको मिति तय गर्ने सहमति बनेको हो । बैठक ले नगरसभामा लैजाने गरि विधेयक, बजेट सिलिङ लगायत पास भएको मेयर तिलक राईले बताए ।

नगरसभामा लैजाने गरि कार्यपालिका बैठकले राजश्व परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयक ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको विधेयक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन गर्न बनेको कार्यविधि पास गरेको पनि मेयर राईले जानकारी दिए ।

यस्तै, घरनक्सा सम्बन्धी आएको प्रतिवेदनलाई केही कुरा सम्बन्धीत निकायमा सिफारिश गर्ने, केही कार्यान्वयन गर्ने र थप छलफल गर्ने निर्णय पनि भएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved