धरान । करिब ३ साता अघि उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिका को नगर सभाको टुङ्गो लागेको छ । असार ३० र ३१ गते नगरसभा गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । गत असार १० गते धरानको नगरसभा उदघाटन भएर बजेट तथा नीति कार्यक्रमको बिषय मा बिबाद सुरु भएपछी असार २६ गते गर्ने गरि नगरसभा स्थगित भएको थियो ।
पुनः असार २६ गते मेयर तिलक राइको नाममा नगरपालिकामा देखिएको बेरुजु को बिषय विवादित बने पछि नेकपा निकट कार्यपालिका सदस्यहरु ले बैठक बहिष्कार गरे पछि नगरसभानै अन्यौलमा परेको थियो । आइतबार यस अघि उठेका बिबादित बिषयहरु मा सहमती जुटेपछी असार ३० र ३१ गते नगरसभा हुने निर्णय भएको छ ।
कार्यपालिका बैठक नबस्दा नगरसभा प्रभावित भई बजेट, नीति तथा कार्यक्रम नै पारित नहुने अवस्था आएपछि नेकपाले आफ्ना कार्यपालिका सदस्यहरुलाई बैठकमा सहभागी हुन निर्देशन दिए पछि नगरसभाको बैठकको मिति तय गर्ने सहमति बनेको हो । बैठक ले नगरसभामा लैजाने गरि विधेयक, बजेट सिलिङ लगायत पास भएको मेयर तिलक राईले बताए ।
नगरसभामा लैजाने गरि कार्यपालिका बैठकले राजश्व परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयक ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको विधेयक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन गर्न बनेको कार्यविधि पास गरेको पनि मेयर राईले जानकारी दिए ।
यस्तै, घरनक्सा सम्बन्धी आएको प्रतिवेदनलाई केही कुरा सम्बन्धीत निकायमा सिफारिश गर्ने, केही कार्यान्वयन गर्ने र थप छलफल गर्ने निर्णय पनि भएको छ।