कोरोनासंग कसरी लडदैछ इटहरी ? "उपमहानगर भन्छ नियन्त्रणमा हामि अब्बल भयौ !"

  • असार २८, २०७७
  • " तेजबहादुर बन"
alt

इटहरी । कोरोना भाइरस (कोविड–१९) का कारण बिश्व अक्रान्त बनिरहेको बेला नेपाल पनि यसबाट पृथक रहन सकेको छैन । दैनिक रूपमा संक्रमण बढदै जादा बुधबार बिहान सम्म नेपालमा संक्रमितको संख्या १६, १६८ पुगिसकेको छ भने भाइरसकै कारण हाल सम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । यो संगै प्रदेश एकको उदीयमान तथा व्यापारिक हब बनेको सुनसरीको इटहरी पनि पृथक रहेको छैन । सुरूवाती समयमा एकजना मा मात्रै संक्रमित देखिएको इटहरीमा हाल सम्म ६ जना पुगिसकेका छन ।

भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउन खुकुलो हुदै जादा कोरोनाको बिमारीहरू दुई गुणाले बढेको अवस्था छ । त्यो संगै इटहरीमा पनि लकडाउन खुकुलो बनाइदा भाइरसबाट संक्रमित हुनेहरूको संख्या ५ जना पुगेको हो । लकडाउन खुकुलो भएसंगै इटहरीमा शैलुन, ब्युटीपार्लर लगायत सबै व्यापार व्यवसाय खुल्ला गरिएका छन् । सभा सम्मेलन गर्न नदिएपनि बजारमा बढेको भिडले कोरोना संक्रमण भित्रने त्रास बढिरहेको बेला इटहरी उपमहानगरले कोरोना नियन्त्रण गर्न सफल भएको बताउदै आएको छ ।

अन्य शहरको तुलनामा कोरोनाबाट धेरै मात्रामा जोगिदै आएको इटहरीले सरकारी तथा नीजि क्षेत्रका श्रोत साधनहरूलाई उपयोगमा ल्याइ संयन्त्रहरू परिचालन गरी कोरोना नियन्त्रण गरिरहेको इटहरी उपमहानगरले जनाएको छ । भिडभाड हुन नदिने, बिद्यालयहरू सञ्चालनमा छैनन्, खुलेका सबै व्यवसायहरूलाई सामाजिक दुरी कायम गरी व्यापार गर्न र प्रत्येकले पसल अगाडी हात धुने साबुन पानी अनिवार्य राख्न र सेनिटाइजरको प्रयोग गर्न लगाएको कारण इटहरीमा कोरोना संक्रमण फैलन सक्छ भन्ने डर नरहेको उपमहागरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

केहि कारणले कोरोनाको लक्षण देखिएमा तत्काल उपचारकालागि धरान स्थित बिपी प्रतिष्ठानमा लगिने र कोरोना पोजेटिभ देखि हाले त्यस क्षेत्रलाई शिल गर्नेदेखि उपचारमा ढिलाइ नगर्ने जस्ता बिधिहरू अपनाइरहेको उपमेयर गौतमको भनाइ छ । साथै इटहरी भन्दा बाहिरबाट आउनेलाई व्यवस्थापनका लागि जनता क्याम्पसको क्वारेन्टाइनमा लगेर राखिएको पनि उपमेयर गौतमले जानकारी दिइन् ।

इटहरीमा ठुलो अस्पतालको अभावमा क्वारेन्टिन निर्माणमा समस्या आएको उपमेयर गौतमको भनाइ छ । तत्कालका लागि जनता क्याम्पस प्रमुख र व्यवस्थापन समितिसंग अनुरोध पछि त्यहाँ केहि समयकालागि क्वारेन्टिन बनाएर इटहरीबाहिरबाट आउनेहरूलाई राख्ने प्रवन्ध मिलाइएको उनको भनाइ छ ।

पछिल्लो समय बैदेशिक रोजगारबाट आउनेहरूको संख्या पनि बढदै गएको बेला उनीहरूको बिवरण खोज्दै क्वारेन्टिनमा ल्याएर राख्ने बन्दोबस्त मिलाइएको उपमेयर गौतमको भनाइ छ । फ्रि वाइफाइ, निःशुल्क खाना, शुद्ध खानेपानी लगायत स्वास्थ्य चेकजाँचजस्ता सेवा सुविधाको व्यवस्था गरिएको छ।

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved