राजनीति

    Showing १,७०१-१,७१० of १,९५९ items.
  • मुख्यमन्त्रीको नियुक्ति बदर गर्न गठबन्धनको माग

    विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति गैर संवैधानिक भएको गठबन्धन दलले जिकिर गरेका छन् । प्रदेश सभा सचिवालय विराटनगरमा बिहीबार बसेको गठबन्धनको बैठकले नेकपा एमाले औपचारिक रुपमा विभाजन भई निर्वाचन आयोगबाट नेकपा (एस) छुट्टै दल दर्ता भएको जनाउँदै यस्तो अवस्थामा भएको मुख्यमन्त्री नियुक्ति प्रति प्रश्न उठाइएको हो । नेकपा(एस) मा प्रदेश नं १ का चार जना सांसद केन्द्रीय सदस्यको रुपमा रहेको र आयोगले सांसदहरुलाई दल रोज्ने समय प्रदान गरिसकेको अवस्थामा प्रदेश सरकारले बहुमत गुमाई सकेको तथ्य भएको गठबन्धनको दाबी छ । भदौ १० गते अप्रत्यासित रुपमा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राज

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ९०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दश जना सांसद समाजवादीमा खुले

    विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री भीम अचार्य नेतृत्वको सरकार गठन भएको एक सातामै अल्पमतमा परेको छ । एमाले विभाजन भई दल रोज्न उपलब्ध गराइएको समय अगावै प्रदेशका दश जना सांसदले नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेपछि प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार दश जना सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गरेका छन् । कुल ५१ मध्ये दश जना सांसद नेकपा(एकीकृत समाजवादी) तिर लागेपछि अव एमालेमा ४१ सांसद छन् । वहुमत पु¥याउन ४७ जना सांसद चाहिन्छ । गत भदौ १० गते शेरधन राईले राजिनामा गरेका थिए । त्यही दिन आचार्य संसदीय दलको नेता चुनिए । लगत्तै उनको नेतृत्वमा प्र

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • ८२६ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • सरकारको नेतृत्व लिन कांग्रेसमा अलमल : कोइराला प्रति देउवा नकारात्मक

    विराटनगर/ नेपाली कांग्रेस भित्रको गुटगत झगडाका कारण प्रदेश नम्बर १ मा कांग्रेसले आफूले नेतृत्व लिने विषयमा जोडदार ढंगले माग उठ्न सकेको छैन । सरकारको नेतृत्व लिने विषयमा नेपाली कांग्रेसमा अलमल देखिएको छ । संसदीय दलको बैठकमा समेत एक नम्बर प्रदेश सरकार आफैंले नेतृत्व गर्ने विषयले प्रवेश नै पाएन । बरु भीम आचार्यको नेतृत्वमा सरका गठन गर्दा प्रक्रियागत त्रुटी भएको विषयलाई भने संसदीय दलको बैठकमा उठाइएको छ । कांग्रेस सचेतक सूयर्माराज राईले भने, “दलको बैठकमा टुक्रिएको पार्टीमा वहुमत रहेको देखाउन हतार हतार शेरधन राईले राजिनामा दिएको र भीम आचार्यको नेतृत्वमा सरकार गठन गराईएको विषयमा छलफल भएको

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • ८८७ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • काँग्रेस नेतृत्वको सरकार गठन गर्न सचिवहरूको माग

    विराटनगर/ नेपाली कांग्रेस प्रदेश–१ का जिल्ला सचिवहरूले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्नेमा जोड दिएका छन् । धनकुटाको भेडेटारमा दुई दिनसम्म चलेको भेलाले १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै केन्द्रको गठबन्धनलाई प्रदेशमा समेत निरन्तरता दिँदै १ नम्बर प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएको हो । भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, “कांग्रेस नेतृत्वमा निर्मित दलीय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थाले सिर्जना भएको राजनीतिक घटनाक्रमबाट प्रादेशिक सरकारसमेत गठबन्धनकै भावना अनुरूप परिवर्तन हुने अवस्था निर्माण

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • १,००२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त (भिडियो सहित)

    धरान/ प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । बिहीबार मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजिनामा दिए सगँै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले बिहीबारै सपथ ग्रहण गराएका छन् ।  

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • १,११८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा नयाँ सरकार गठनको संकेत : मुख्यमन्त्रीमा कोइराला, राई र आचार्यको सम्भावना

    विराटनगर/ नेकपा एमालेका नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्ने प्रक्रिया शुरु गरेसंगै १ नम्बर प्रदेश सरकार के हुने भन्ने अडकलबाजी शुरु भएको छ । सरकारको नेतृत्व फेर्ने गठबन्धनको जोडबल र वहुमत कायम गरेर एमालेकै नेतृत्वमा अर्को नयाँ सरकार बनाउने योजनाका साथ सत्ताको गठजोड शुरु भएको हो । सरकारको नेतृत्व कसले लिने ? अहिल्यै तय भईसकेको छैन तर सत्तासीन दलमा देखिएको विभाजनले सरकार फेरिने भन्ने लगभग निश्चित भएको छ । गठबन्धनमा माधव समूहका सांसद थपेर सरकार बनाउने तयारी बीच नयाँ पार्टीले मान्यता नपाउन्जेल यो प्रक्रिया केही समय पछि धकेलिने देखिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • १,०७५ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

    धरान/ सरकारको सिफारीशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ल्याएको राजनितिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले बुधबार (आज) जारी गरेकी हुन् । एक सञ्चार माध्यम सग कु्रा गर्दै राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले अध्यादेश जारी गरेको पुष्टि गरे । राष्ट्रपतिबाट जारी गरिएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । आन्तिरक कचिलोमा फसेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विभाजन गर्ने उद्देश्यले सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी

    • प्रकाशित मितिः भदौ २, २०७८
    • ८३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं १ मा दशै अगावै नयाँ सरकार : कांग्रेस

    विराटनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अगाडि नै प्रदेश नं १ मा नयाँ सरकार गठन हुने बताएका छन् । नयाँ सरकार बनाउने गृहकार्य शुरु भईकेको र यो बन्नेमा आफू विश्वस्त भएको कार्कीले बताएका हुन । संसदीय दलको तर्फबाट विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै कार्कीले भने,“ नयाँ सरकार दशैं अगावै बन्नेमा म विश्वस्त छु । कसको सरकार बन्छ भन्दा पनि शेरधन राई नेतृत्वको सरकार ढल्ने छ ।” कार्कीले यही मेसो बुझेरै प्रदेश सरकारले चलिरहेको प्रदेश सभाको बर्खे अधिवेशन हठात रुपमा अन्त्य गरेको बताए । उनले प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्ने अनौठो भन्दा पनि विगतकै कार्यल

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ७७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक नम्बर प्रदेशको चालू बजेट अधिवेशन अन्त्य गर्न सिफारिस

    विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद्ले चालू रहेको प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । अधिवेशन साउन आज सोमबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिएका छन् । प्रदेश सभाको बजेट अधिवेशन गत जेठ २४ गते शुरु भएको थियो । सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक पेश गरेका थिए ।

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १,०२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देउवा निवास अगाडि प्रदर्शन

    विराटनगर\ विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की थिए । बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापपित देउवा निवास अगाडि प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्शन भएको हो ।  प्रमुख सचेतक कार्कीले भने,“समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेका हौं ।” कार्कीले पार्टीलाई विभिन्न माध्यमब

    • प्रकाशित मितिः साउन २९, २०७८
    • ७०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved