राजनीति

    Showing 1,491-1,500 of 1,910 items.
  • इटहरीको मेयरमा दुई स्वतन्त्र सहित सात

    धरान । सुनसरीको इटहरीमा पहिलो दिनको मनोनयनमा मेयर पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई स्वतन्त्र र ५ साना दलका उम्मेवारले मनोनयन दर्ता गराएका हुन् । पहिलो दिनको उम्मेदवार मनोनयनमा मेयरमा पदम अधिकारी र डिल्लीराम दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलगत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भिमकुमार लिम्बु, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिपेन्द्र राई, मौलिक जरोकिलो पार्टीबाट मेयरमा रामेश्वर थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट अक्षय कुमार चौधरी र खम्बुवान राष्ट्रिय मोर्चा नेपालबाट देशमाया राईले मेयरमा उम्मेदवारी दिएकी छन् । उपमेयरमा २ जनाको उ

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,219 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको मेयरमा एक स्वतन्त्र सहित छ

    धरान । देशभरका स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । हरेक स्थानीय तहमा आइतबार साना तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । धरानमा पनि साना तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार आइतबार मेयरका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा ४ जनाले उम्मेद्वारी दिएका छन् । धरानमा एक स्वतन्त्र सहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने मेयर पदका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेश कुमार र

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान खानेपानी परियोजना: सम्झौता सकिएको अढाइ वर्षपछि मेयरले थाहा पाए

    धरान । एसियाली विकास बैंङ्क (एडीबी) को ऋण तथा अनुदान सहयोगमा धरानमा सञ्चालित खानेपानी परियोजनाको म्याद सकिएको करीब अढाइ वर्षपछि मात्रै मेयर तिलक राईले यस बारे थाहा पाए । गत चैतमा भएको एक छलफलका क्रममा मन्त्रालयका पदाधिकारीहरूले जानकारी गराएपछि मात्रै उनले परियोजनाको म्याद अढाइ वर्षअघि नै सकिएको थाहा पाए । पाँच वर्ष भित्र सक्ने गरी सन् २०१२ मा शुरु भएको परियोजना निर्धारित समयमा नसकिएपछि दुई वर्ष अवधि थप गरिएको थियो । परियोजनाको थपिएको म्याद सन् २०१९ डिसेम्बर ३१ अर्थात् २०७६ पुसमा सकिएको थियो । २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनबाट मेयरमा निर्वाचित भएर उनले कार्यभार सम्हालेको पनि एक महिना भइसके

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 3,258 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनले महिला सहभागिता शुन्य

    धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ । धरानमा आयोजित अन्र्तक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पु¥याउन राजनीतिक दलहरु भन्दा माथि उठेर अभियान चलाउनु पर्ने सहभागिहरुले बताएका छन् । कार्यक्रमकी प्रमुख अतिथि १ नं. प्रदेश सभा सदस्य सावित्री जोशी श्रेष्ठले संविधानमै महिलाको हक अधिकार ३३ प्रतिशत कायम गराउन सफल भए पनि राजनीतिक दल र राज्यका निकायमा संविधानमा उल्लेख भए अनुसारको महिलाको सहभागीता नभएको बताईन । कार्यक्रममा धरान उपमहानगरपालिकाकी उममेयर म

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा साविककै उम्मेदवारको दबदबा

    धरान । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता मितिको संघारमा इलामका राजनीतिक दलहरु आफ्ना उम्मेदवारको अन्तिम नाम टुङ्गो लगाउन जुटेपनि जिल्लाका ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारको नाम सर्वजनिक गरिसकेका छैनन् । नेकपा एमालेको जिल्लाका ८१ वटै वडाका वडाध्यक्षसहितको नाम फाइनल भइसकेको बुझिएको छ । यसअघि सूर्योदय, देउमाई, रोङ र माङ्सेबुङ गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुको नाम सर्वसम्मत ढंगले एमालेले टुङ्ग्याएको थियो । आधिकारिक उम्मेद्वार सार्वजनिक नभएपनि काङ्ग्रेसमा पनि अधिकाँश पालिकाका उम्मेदवारका नाम बाहिर आउन थालेका छन् । गठबन्धन र प्रतिपक्षी एमालेबा

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 913 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा तिन प्रमुख र उपप्रमुखको राजिनामा

    धरान । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ११ गतेको लागि तय भएको मनोनयन दर्ता गर्न इलामका जनप्रतिनिधिले राजिनामा दिएका छन । इलामका १० पालिका मध्ये तीन नगरपालिकाका प्रमुुख र उपप्रमुखले राजिनामा दिईसकेका छन । त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र सन्दकपुर गाउँपालिकाका अध्यक्षले राजिनामा दिइकेका छन । सूर्याेदय नगरपालिका प्रमुख रणबहादुुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, माई नगर प्रमुख दीपककुमार थेबे, उपप्रमुख विष्णुमाया रिमाल र देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राईले पदबाट राजीनामा दिएका छन् । सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले पनि पदबाट राजीन

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 844 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • स्थानीय तह निर्वाचन: दोहोरिने वडाअध्यक्षले दिए राजिनामा

    धरान । स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्न दोहोरिने जनप्रतिनिधीहरुले साविक पदबाट राजिनामा दिन थालेका छन् । धरान उपमहानगरपालिकाका ८ वटा वडाअध्यक्ष सहित सदस्यहरुले पनि शनिबार राजिनामा दिएका हुन् । विभिन्न दलहरुबाट निर्वाचित भएका जनप्रतिनिधीहरु दोहोरिने मनसाय भएकाहरुले राजिनामा दिएका हुन् । टिकट पाउने पक्का भए पनि उनीहरुले राजिनामा दिएका हुन् । शनिबार धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा नम्बर ५ का सन्तोष लिम्बु, १ का रोशन अधिकारी र १४ का कृष्णप्रसाद भट्टराईले राजिनामा दिएका छन् भने माओवादीबाट निर्वाचित वडा नम्बर १७ का वडाअध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज) ले पनि राज

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 1,067 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेबाट धरानको मेयरमा मञ्जु र उपमेयरमा पदम

    धरान/ वैशाख ३०मा हुने स्थानीयतहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वारमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वो चयन भएका छन् । शनिवार एमाले केन्द्रयी सचिवालयको बैठकले मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वोलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । भण्डारी ७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । उनै भण्डारीलाई पार्टीले पुनः मेयरमा दोहो¥याउन लागेको हो ।

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 1,608 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ८ मा एमालेद्वारा ५ सय ५१ सदस्यी निर्वाचन परिचाल कमिटी गठन

    धरान/ नेकपा एमालेले धरान वडा नं. ८मा ५ सय ५१ सदस्यी निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार धरान ८ मा रहेको पार्टीको वडा कार्यालयमा एक कार्यक्रमको आयोजन गरि निर्वाचन परिचलन कमिटी सहित अन्य समिति गठन गरेको हो । प्रदेश कमिटी सचिवालय सदस्य मनोज कुमार म्यानाङ्वोले वडा इञ्चार्ज समेत रहेका लक्षमण दासको नेतृत्वमा ५ सय ५१ सदस्यि निर्वाचन परिचालन कमिटी घोषण गरेका हुन् । बैठकले प्रचार प्रसार समितिको संयोजकमा सुमन भुजेल, स्वयम सेवक परिचालन कमिटीमा धन बहादुर राई, यतायात व्यवस्थापनमा देवी पोखरेल र खाद्यन्न व्यवस्थापनमा विश्वराम कार्कीको संयोजकत्वमा कमिटी गठन गरेको छ । स्थानीय तहको निर्वाचन मिति

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 1,443 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एमालेले विकासका मुर्छित सपनाहरु जागृत गराएको छ’

    राजेन्द्र कार्की नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सुनसरीको सचिव हुन् । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको रुझानबाट प्रभावित भई २०४७ मा अनेरास्ववियुको महेन्द्र मावि प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति शुरु गरेका कार्कीको राजनीतिक यात्रा संघर्षपूर्ण छ । ०६२÷६३ को जनान्दोलनमा मोरङबाट कुसलतापूर्वक नेतृत्व गर्दै पटक पटक गिरफ्तारी, धरपकड र नजरबन्दमा परेका नेता कार्की २०७२ सालमा महेश बस्नेत उद्योगमन्त्री भएको समयमा नेपालको पुरानो र पहिलो उद्योग विराटनगर जुटमिलको जिएम भएका थिए । पार्टीको युवा पङ्तिमा र केन्द्रीय नेतृत्वको नजरमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका कार्कीलाई सफल नेत

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 1,069 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved