धरान/ विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो । काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्पा २०५३ देखी ३ वर्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)को सदस्य रही विद्यार्थीको हक हितका लागि काम गरिन् । विद्यार्थी राजनीतिमा प्रायः उनको काम भनेको कार्यक्रममा जनवादी गित गाउनु र नृत्य गर्नु हुन्थ्यो । अध्ययनको क्रममा काठमाडौंमा रहदा उनी काठमाडौं खोटाङ सम्पर्क मञ्चमा रहेर क
मोरङ/ निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार स्थानीय कार्यपालिका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरकृयाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् । उनले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चु
धरान/ कलेज अध्ययन गर्न थाले पछि सामाजिक सेवामा होमिएका वर्तमान धरान १९ का वडा अध्यक्ष पुर्ण प्रसाद लिम्बुलाई पुनः नेकपा एमालेले धरान वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०४६ सालको जन आन्दोलनमा धरान १९ बाट आन्दोलनको नेतृत्व गरेका थिए । स्थानीय वडाको विकाश र समाजको लागि नेतृत्व गर्दै खुल्ला रुपमा सक्रिय राजनितिमा होमिएका हुन् लिम्बु । सक्रिय राजनितिबाटै समाजको विकाश गर्न सकिने मनन् गरेर उनी नेकपा एमालेमा समाहित भएका थिए । २०४६ सालको जनआन्दोलनमा नेतृत्व गर्दा उनी माथि प्रहरीले धरपकड समेत गरेको थियो । धरपकडमा फुत्किन सके । उनले हरियाली सामुदायीक वन उपभोक्ता समितीको ८ बर्ष सचिवको जिम्मेवारी सम्ह
● धरानको स्थानीय तहको एमालेका उम्मेवद्धवार उपनिर्वाचनमा पराजित हुनु भयो, यो चुनावमा बिरासत फर्काउने कोशिसमा हुनुहुन्छ, सम्भब छ ? – बामपन्थीहरुले धरानलाई नेपालको एउटा बेईजिङ भनिन्छ । बि.स.२०१७ सालको निर्वाचन देखि अहिले सम्म धरान वामपन्थीहरुको वर्चस्व रहेको थियो । तर उपनिर्वाचनमा हामीले पराजय भोग्यौ । त्यो पराजय हाम्रो पाटीको प्रतिष्ठाको रुपमा पार्टीले हेरेको छ । अन्य ठाँउमा पनि निर्वाचन हारेउ । उपनिर्वाचन भएका ठाँउमा नेकपा एमालेले हार्यो । तर धरान हार्दा देशमै चर्चाको बिषय बन्यो। अन्य पार्टीहरुले पनि चासो राख्यो । कसरी नेकपा एमाले हार्यो भन्ने चर्चाको विषय बन्यो र यो आफनो बिरासत फर्काउने
धरान/ स्थानीय निर्वाचनको मिति नजिकिएसँगै सबै उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।धरान उपमहानगरपालिका वडा नम्बर १७ मा पनि उम्मेदवारहरू मतदाताका घर–घरमा पुगिरहेका छन् । यहाँ मुख्यतः नेकपा (माओवादी केन्द्र), काङ्ग्रेस र एमालेका उम्मेदवारहरू बढी सक्रिय छन् । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराई भने आप्mनो जीतप्रति विश्वस्त भएर घरदैलो कार्यक्रममा सहभागी भएका छन् । यस क्रममा उनी नेतृत्वको टोली मङ्गलबार डाँडाघोपा, नमूना बस्ती, सुन्दर, बस्तीलगायतका स्थानमा पुगेको छ । सयौँ समर्थक र शुभचिन्तकहरूका साथ बाजागाजासहित टोली पुग्दा मतदाताहरूले उत्साहका
धरान । निर्वाचनको मिति नजिकिदै गर्दा धरानमा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । एमालेले जित्ने सुनिश्चित भए पछि नेपाली कांग्रेसका युवाहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा वडा नम्बर ४ का कांग्रेसका २९ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार स्थानीय युवा रामजित राई सहितको समुहको एमाले प्रवेश गरेका हुन् । एमाले वडा नम्बर ४ मा भएको घरदैलोको क्रममा मनोज श्रेष्ठ, खेम राना, बल बहादुर राई, सुजन राई, विजय राई, मनजित राई, रोशन श्रेष्ठ, बादल राई, समिर विक, विमल विक, विशाल विक, अर्जुन विक, अनुप विक, धनराज राई, विवेक राई, सुनील राई, दिपेश राई, दिपक खड्का, सुनिल राई सुनिल विक, मनिष
धरान/ अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरको उम्मेद्वार पदम इस्वो(लिम्ब) सहभागी हुनु भएको थियो । कार्यक्रममा सम्बोधन गदैं भण्डारीले जितेर गए पछि मदरासा भवन निर्माणका लागि सहयोग गर्ने बताउनु भएको छ । धरान–५ मा भवन निर्माणका लागि जग्गासमेत हेरि सकेको उहाँले बताउनु भयो । उहाँले नेकपा एमालेले सबै वर्ग समुदाय, जात
धरान । २०७४ सालको स्थानीय तह निर्वाचनबाट हरि राई धरान उपमहानगरपालिका वडा नं. ६ को खुल्ला वडा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भएपछि वडाध्यक्ष भुबन सिं बस्नेतको नेतृत्वमा निर्बाचनताका जनतामाझ प्रतिबद्धता गरेका घोषणा पत्र अनुसार वडामा ८० प्रतिशत काम पूरा गरे । उनै हरि राई आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका छन् । २०३९ सालमा जन्मेका राई पानबारीका स्थायी बासिन्दा हुन् । २०६९ सालयता सक्रिय रुपमा पार्टी जिवनमा लागेका उनी तत्कालिन पाचकन्या गाविस २ नं. वडा कमिटीका सचिब भएर काम गरे । पार्टी जिवनमा सक्रिय साथ लागेका उनी ६ वर्ष पानबारी सामुदायिक बनको स
धरान । केही वर्ष अघि सम्म धरान ५ स्थित देउराली खानेपानी व्यवस्थापन समितीका अध्यक्ष मन प्रसाद लिम्बु हुँदा व्यवस्थीत रुपमा वितरण प्रणाली थियो । उनले आफ्नो अध्यक्षता कालमा देउरालीको सबै टोलहरुमा सहज खानेपानी वितरणको प्रणाली बनाएका थिए । तर उनले छाडे पछि खानेपानी व्यवस्थापन अव्यवस्थीत बनेको छ । अहिले देउरालीका विभिन्न वडाहरु पानीको अभाव देखिन थालेको छ । उनी भन्छन, ‘अहिलेको खानेपानी वितरण हेर्दा दुख लाग्छ, खानेपानीको समस्याले दुखि बनाएको छ ।’ उनी भन्छन्, ‘मैले कार्यकाल सुरु गर्दा देउराली, देवीगाँउका स्थानीय खानेपानीको पाइप भए पनि पानी लिन डोको बोकेर ठिङ्गाबारी, खैरेनी, पानबारी द
धरान । धरान १४ का सर्वसाधारणले यसपटक पार्टी हेरेर नभई राम्रो व्यक्तिलाई छानेर मतदान गर्ने बताएका छन् । वडाको समाग्र विकास गर्ने व्यक्ति जनप्रनिधिनि भएर आए पार्टीले केही फरक नपने बताउदै यस पटक पार्टी नभई विकासप्रेमी व्यक्तिलाई भोट दिने बताएका छन् । उनीहरुले अहिलेसम्म धरान १४ मा उठेका उमेद्वारहरुमा सबैभन्दा अब्बल दर्जाको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४ नं. वडाध्यक्षको उमेद्वार बनेका कृष्णप्रसाद भट्टराईलाई भोट दिने कुरा खुलेरै बताएका छन् । धरान १४ का सुरज केसीले भट्टराईले कोरोना संक्रमणका समयमा आफूहरुलाई गरेको सहयोग र विपत्ति परेको समयमा आफै लागेर घर निर्माण गरी बासस्थानको सुनिश्चित ग