धरान । इलामको फाकफोकथुम गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ । गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नगरेको भन्दै असन्तुष्ट युवाले गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरूले कार्यालयको प्रशासनिक शाखाहरूमा तालाबन्दी समेत गरेका छन । तोडफोडबाट गाउँपालिकाको प्रशासनिक भवन, विभिन्न शाखाको कार्यकक्ष, कम्युटर, पिन्टरलगायतमा क्षति पुगेको छ । आन्दोलनमा उत्रिएका युवालाई वार्ता गर्ने भनी झुलाएर गाउँपालिकाले बेवास्ता गरेपछि युवा समूह आक्रोशित भएको असन्तुष्ट मध्येका प्रकाश लिम्बूले बताए । उनले भने ‘हामीलाई वार्ता गर्ने भनेर बोलाइएपछि जनप्रतिनिधि नै सम्पर्कवि
धरान । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने पक्षमा रहेको वताएका छन । उनले सरकार निर्वाचन सार्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासकिय भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री देउवाले सरकार निर्वाचन आयोगले तोकेको समयमा सार्ने मनसायमा नरहेको वताएका हुन । प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएको र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तय गरिसकेकाले सवै निर्वाचनलाई निष्पक्ष र धादलीरहित सम्पन्न गर्न जुटनु पर्नेमा जोड दिए । उनले सरकार निर्वाचन सार्ने मनसायमा नरहेको भन्दै टा
धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कसैसित पनि गठबन्धन नगरी आगामी निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ को कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दैै नेता कोइरालाले एकढिक्का भएमा कांग्रेसलाई कसैले हराउन नसक्ने उद्घोष गरे । केन्द्रमा समेत आफूहरू एकढिक्का भएको चर्चा गर्दै नेता कोइरालाले आगामी निर्वाचनमा कसैसित गठबन्धन नगरी कांग्रेसले जित्ने दाबी गरे । “हामी एकढिक्का भएर चुनावमा गए कसैले पनि कांग्रेसलाई हराउन सक्दैन,” कोइरालाले भने, “अधिवेशनताका भएका तिक्तता छन् भने बिर्सिदिनुहोस् । मैले त बिर्सिसकें । हामी सबै एकढिक्का हुनुपर
धरान । पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले काँग्रेसलाई अनुकूल हुने गरी चुनाव चिन्हमा हरियो रंग लगाएको आरोप लगाएका छन् । इलामको सूर्योदयमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा आयोगले काँग्रेसलाई अनुकूल हुने गरिको काम गरेको आरोप लगाएका हुन् । उनले भने, ‘रुखलाई हरियो पार्न सूर्यलाई पनि हरियो बनाउने ?, काँग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? काँग्रेसको रुख निलो पार्न निलो रंग चाहियो ?, दलहरूसँग निर्वाचन आयोगले के परामर्श ग¥यो ? किन काँग्रेसको अनुकूल हुने गरी काम गरिरहेको छ, सूर्य हरियो हुन्छ कहीँ, सूर्यलाई पनि हरियो बनाउने ?’ एम
धरान । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पहिलो पटक इलामको सूर्योदय नगरपालिका आउने भएका छन् । ६ चैतमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका छैनन् । ‘उहाँले अहिलेसम्म कुनै पनि हैसियतमा यो क्षेत्रको कार्यक्रममा सहभागी हुनु भएको छैन’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले भने,‘चैत ६ गते पहिलो पटक आउन लाग्नु भएको हो ।’ इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा
धरान । प्रदेश नं. १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा दर्ता गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले दर्ता गरेको विधेयकमा रेडियो, टीभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने प्रयास गरिएको छ । प्रदेश सभामा विधेयक दर्ता भएपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकारको तर्फबाट पहिलो विधेयक नै सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी आएको जानकारी दिए । उनले ऐनमार्फत प्रदेशमा ‘प्रदेश मिडिया काउन्सिल’को व्यवस्था गरिएको बताए
धरान । नेपाल कम्ष्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग प्रतिष्पर्धा हुने बताएका छन् । निर्वाचनामा माओवादी गठबन्धनमा जाने संकेत दिदै उनले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको र निर्वाचनको प्रतिष्पर्धी पनि एमाले नै हुने बताएका छन । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले मुख्य प्रतिपष्र्धी भएको संकेत गर्दै भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेण
धरान । कमिशन खाएर देशलाई गरिब बनाईराख्नेहरु एमालेबाट आत्तिएर सरकार ढाल्न खोजे पनि संसद विघटन गर्न बाध्यता भएको पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले बताएका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएर सरकार ढाल्न खोजेकाले संसद विघटन गर्न बाध्य भएको उनको दाबी छ । उनले भने, ‘संसद चल्न नदिने, संसदलाई अगाडि बढ्न नदिने, संसदलाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौं, आफ्नै पार्टीका सांसदहरु बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद विघटन गर्नु हाम्रो बाध्यता थियो ।’ उनले अदालतले आफू र आफ्नो पार्टी
धरान । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा रामकृष्ण सुवेदी निर्वाचित भएका छन् । धनकुटामा भएको संगठनको ११ औं साधारण सभाले सुवेदीको अध्यक्षतामा २० औं सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मैतिकुमारी राई, विकाराम राई, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा राजेश खतिवडा निर्वाचित भएका छन् । संगठनको प्रदेश प्रतिनिधि राजु भुजेल, इन्द्रबहादुर भुजेल र लक्ष्मीकुमारी सुवेदी निर्वाचित भएका छन् भने केन्द्रीय प्रतिनिधि तेजप्रसाद अधिकारी, शारदाप्रसाद धमला, चन्द्रकला धमला, इन्द्रबहादुर पोख्रेल र गोपाल कार्की निर्वाचित भएका छन् ।
धरान/ स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमालेले कमिटि विस्तारलाई तिब्रता दिइएको छ । सोही अनुरुप मंगलबार १४ नं. वडा कमिटिले गैरी गाउँ, झोलुङ्गे पुल, बेलडाँडाको संयुक्त भेलाले हसन्त राईको अध्यक्षतामा ३५ सदस्यी टोल कमिटी गठन गरेको हो । भेलाले सचिव गुनश्वरी राई सदस्यहरु कविता थापा , श्यामा आले, पल्लु आले, सोदा राई, कल्पना प्रधान, शर्मिला प्रधान, उमङ्ग आले, शिखा आले, तेज ब. आले, फत्त ब. खड्का, कुन्ता आले, अमर बहादुर आले, ध्रुव आले, आश्मिन आले, उज्ज्वल आले, सेच्छा पुलामी, मालती राई, देवी ब. कटुवाल, सन्तोष कुमार लावती, एलिना तामाङ, हेमन्त राई, निला राई, किरण राई , आशा राई, कल्पना श्