राजनीति

    Showing 1,271-1,280 of 1,676 items.
  • सत्ता गठबन्धन: विराटनगरमा मेयर काङ्ग्रेसलाई

    धरान । देश संघीयतामा गए पछिको स्थानीय तहको निर्वाचन पछिको विराटनगरलाई राजनितिक रुपमा हेर्ने हो भने कांग्रेस र एमाले पछि जनता समाजवादी प्रतिस्पर्धामा छ । अघिल्ला निर्वाचनमा माओवादी अन्य दल सँग गठबन्धन गरेर निर्वाचन लडेको थियो अहिले पनि गठबन्धनमै रहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार भीम पराजुलीले चुनाव जित्दा एमाले दोस्रो र तत्कालीन संघीय समाजवादी तेस्रो दलका रूपमा विराटनगरमा देखिएका थिए । मेयरमा निर्वाचित पराजुलीले २३ हजार ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लो

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 1,290 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सर्वसम्मत उम्मेदवार बनाउनुस्’

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उम्मेदवार छान्न नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् । सोमबार नेकपा एमाले धरानका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्ति नभई पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्ने बताए । धरान उपमहानगरपालिकामा मेयर पदका लागि ११ जना आकांक्षीको नाम सिफारिस भएको छ । उनले भने, ‘कार्यकर्ताको भावना अनुसार आफुले स्वमुल्यांकन गरेर मेरै नाममा सहमती हुन्छ भन्दा पनि को उठ्दा जितिन्छ भनेर अभियानमा लाग्नुपर्छ ।’ उपनिर्वाचनमा हारेकाले विरोधीहरु उत्साहित भएकाले उनीहरुको उक्साहटमा नलाग्न आग्रह गरे । उ

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन : पुनः दोहोरिने प्रमुखहरुको चाहना

    धरान । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् । यसै क्रममा सुनसरीमा नेपाली कांग्रेसले आकांक्षीहरूको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राप्रपा लगायतका दल पनि उम्मेदवार छनोटको गृहकार्यमा छन् । उम्मेदवारी दिने र उम्मेदवारीमा आकांक्षा राख्नेमा अधिकांश स्थानीय तहको प्रमुख नै छन् । सबै जसो स्थानीय तहका प्रमुखले दोहोरिने चाहना राखेका छन् । टिकट कसको पोल्टामा पर्ने हो त्यो उम्मेदवारी दर्तापछि

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 849 पटक पढिएको
    • "अजमल अन्सारी"
  • स्थानीय तह निर्वाचन : मजदुरहरु भन्छन् ‘जो आए पनि उस्तै’

    धरान । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी छ । दलहरुबीच चुनावको सरगर्मी बढिसकेको अवस्था छ । तर काम गरेर मजदुरी गर्नेहरुमा भने निर्वाचनको उत्साह नै छैन । श्रमको मूल्य नबढ्ने तर महंगीले आकाश छोएको बताउने ज्याला मजदुरी गर्नेहरुले जो आए पनि मजदुरको हितमा काम नै नगरेको उनीहरु दुःखेसो पोख्छन् । धरान १५ मा राजमिस्त्रीको काम गदै आएका मिलन लिम्बूले देशमा संघीयता आएपछि झन झन महंगी बढेर घर खर्च नै चलाउन धौ धौ भएको बताउँछन् । उनले चुनाव जितेर गएकाहरुले राज्यको ढुकुटीमा मोजमस्ती गर्दै आफू र आफन्त पोस्ने काम मात्र गरेको बताए । उनले भने, ‘०७४ सालको स्थानीय निर्वाचनमा हामीले एमालेलाई जितायौ, एमाल

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा सत्ता गठबन्धनबीच खटपट

    धरान । देशका अन्य स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने कुरामा असन्तुष्टि बढिरहेको समयमा धरानमा समेत तालमेल नहुने सम्भावना बढेर गएको छ । मुलुकको सत्ता साझेदारमा समेत सँगै रहेका पाच दलीय गठबन्धनका शीर्षस्थ नेताहरुले केही समय अगाडि स्थानीय, संघीय र केन्द्रीय निर्वाचनसम्मै तालमेल गरेर निर्वाचनमा जाने सहमति गरिसके पनि स्थानीय तहमा भने आ–आफ्नो अडानका कारण तालमेल नहुने सम्भावना बढेर गएको हो । धरानमा पनि पटक पटक बसेको गठबन्धनको छलफलले स्थानीय निर्वाचनमा मुख्यपद सहित अन्य पदका विषयमा निष्कर्ष विहिन बने पछि गठबन्धनको सम्भावना हटेर गएको नेपाली काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयतह निर्वाचन विषेश: ‘अस्तित्व बचाउनकै लागि दलीय गठबन्धन हो’

    निरकुंश शासन, वहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको शासन प्रणालीको अनुभव बटुलीसकेका धरानका परिचित नाम हो मिनकुमार सुब्बा । वामपन्थी विचारका सुब्बा पञ्चायतकालीन अवस्थाबाट नै राजनीतिमा सक्रिय छन् । ०४६ सालको जनआन्दोलनपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेर पार्टीका हरेक तह तप्कामा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका थिए । मुलुकको राजनीतिक संक्रमण अवस्था अर्थात राजाले सत्ता आफ्नो हातमा लिएको अवस्थामा सुनसरी जिल्ला अनुगमन समितिको संयोजकको भूमिकामा रहेर काम गरे । सोही समयमा नगरप्रमुख कुमारबहादुर कार्की रहदा उनले उपमेयरको पदको जिम्मेवारी लिएका थिए । त्यसपछि राजा ज्ञान

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 1,259 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय निर्वाचन: गठबन्धनको चुनावी तालमेल मिलेन

    धरान । अघिल्लो निर्वाचनमा जित हात पारेका स्थानीय तहहरुमा कांग्रेसले दाबी नछाडे पछि मोरङमा चुनावी तालमेल गर्ने विषयमा सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन् । शुक्रबार र शनिबार लगातार बैठक र छलफल गरिरहेका चार दलबीच जिल्लाका पालिकाहरुमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो । नेपाली कांग्रेसका उपसभापति भक्ति माझीका अनुसार कांग्रेसको उम्मेदवारका अनुसार पहिले जितेका पालिकाहरु नछाड्ने भन्ने नीतिअनुरुप आफ्ना कुरा राखेको बताउँदै भने, “सत्तासाझेदार दलका अन्य प्रतिनिधिहरुले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटम लाइन भने तर यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन् ।&rdqu

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयतह निर्वाचन विषेश: “धरानको माटोले मलाई माग्यो”

    विद्यार्थी राजनितिबाटै राजनितिक जीवन शुरु गरेका विजय राईको नाम वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा सिफारिस भएका छन् । धरान उपमहानगरपालिकाले मेयर पदका लागि ११ जनाको नाम सिफारिस गर्दा विजय राई पनि छन् । २०२७ सालमा जन्मिएका राईले व्यवस्थापन संकायबाट एमबीए र राजनितिशास्त्रमा एम ए र १ वर्षे बिएड गरेका छन् । २०४१ सालमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा मोरङको बाहुनीमा रहेको जनता मा.वि बाट अनेरास्ववियु प्रारम्भिक कमिटि बाट सुरु गरेका थिए । अहिले उनि नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र १ (ख) का इञ्चार्ज हुन् । अघिल्लो उपनिर्वाचनमा पनि

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 3,316 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनको विरुद्धमा कांग्रेसका कार्यकर्ता

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णय गरे पछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्टिकै बाबजुद मोेरङमा तालमेल नगरी एकलै निर्वाचन लड्ने मोरङ कांग्रेसले निर्णय गरिसकेको छ । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा समेत कांग्रेस तालमेलको विरुद्धमा रहेको छ । कांग्रेसका इटहरी उपमहानगरपालिकाका नगर सभापति हेमकर्ण पौड्यालले पत्रकार सम्मेलन नै गरेर तालमेल नगर्ने बताएका थिए । उनले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जान सक्ने र निर्वाचन जित्ने बताउदै साना दलहरुसंग तालमेल नभई सहकार्य गर्न भने सकिने बताएका थिए । नेपाली कांग्रेस निर्

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 1,189 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्तमान सरकारले देश अघि बढाउन सकेन्’

    धरान । वर्तमान सरकारले रणनीतिक महत्वका सडक योजनाहरु, विकास निर्माणको कामहरु कटौती गरेर देशलाई अघि बढ्नबाट रोकेको आरोप लगाए । इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए । सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए । उनले भने, ’हामीले नक्सा छाप्यौ, अहिलेको सरकार भरसक त्यो नक्सा कसरी हटाउने भन्नेतर्फ छ ।’ ओलीले व

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved