राजनीति

    Showing 1,201-1,210 of 1,922 items.
  • साना सहरी खानेपानी अख्तियारमा

    इलाम / इलाममा निर्माणाधीन साना सहरी खानेपानी आयोजनामा निर्माण कम्पनीले गुणस्तरहीन संरचना निर्माण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा पेस गर्न इलाममा हस्ताक्षर सङ्कलन भएको छ । खानेपानी निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले चरम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता गर्न एक सय २ हजार ५ भन्दा बढीको हस्ताक्षर सङ्कलन भएको छ । ठेकेदार कम्पनीले कमसल पाइप, कमसल मिटर जडान गरेको, ९० सेन्टिमिटर पाइप गाड्नुपर्नेमा त्यो नगरेको, निर्माण संरचना गुणस्तरहीन भएको, ठेक्का सम्झौता विपरीत पुरानै मुहानबाट मात्र पानी वितरण गरेको भन्दै हस्ताक्षर सुरु गरेका हुन् । खानेपानीको अभावलाई स

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 743 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेपाली चियाले पाएन मूल्य गुणस्तर जाँच्न भारत नै पुग्नुपर्ने बाध्यता

    इलाम /  नेपाली चिया गुणस्तर चेक गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयात अनुमति दिँदैन । स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकत्तामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको छ । उद्योगीले चिया बोकेको कन्टेनर हप्ता दिनसम्म मेची भन्सार कार्यालय काँकडभिट्टमा राखेर कोलकत्तामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको रिपोर्ट आएपछि मात्र भारत लगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल उत्पादन संघका अध्यक्ष सुरेश मितलल जानकारी दिए । उनले भने–‘नेपालमै चिया गुणस्तर चेक गर्ने प्रय

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 916 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको भीरगाउँमा प्रसूति सेवा ‘बर्थिङ सेन्टर’ सञ्चालनको तयारी

    धनकुटा / सुविधा सम्पन्न अस्पताल नहुँदा धनकुटाबासीले समस्या भोग्दै आएका थिए । गाउँमा सुरक्षित प्रसूति सेवा नहुँदा उनीहरु धनकुटा सदरमुकाम वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नै आउनुपथ्र्यो । तर गाउँकै स्वाथ्य चौकीमा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी गराउन सदरमुकाम धनकुटा वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउनुपर्ने बाध्यता हटेको छ । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएसँगै प्रसूति गराउनुपर्ने महिलाहरुको समस्या समाधान भएको हो । जिल्लाको भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले धनकु

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २८ औँ जन आन्दोलन दिवस मनाइयो दिवसमा सहिद परिवारलाई सम्मान

    धरान / फागुन १ गते नेकपा माओवादी केन्द्रले देशैभरि २८ औँ जन आन्दोलन दिवस मनाएको छ । माओवादी केन्द्रले २०५२ फागुन १ गतेबाट गरेको जनयुद्धको सम्झनामा यो दिवस मनाएको हो । सरकारले जनआन्दोलन दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ । यसै क्रममा धरानमा समेत माओवादी केन्द्र धरान नगर कमिटीको आयोजनामा जनआन्दोलन दिवस मनाइएको छ । सहिदहरुलाई सम्मान गर्दै रक्तदान कार्यक्रमको आयोजना धरानको भानुचौकमा गरेको हो । सो अवसरमा आन्दोलनकै क्रममा २०५९ मंसिरमा राज्यतर्फबाट गिराफ्तार गरी वेपत्ता बनाइएका सुनसरीको धरान उपमहानगरपालिका २० का रणबहादुर शमशेर राई, आन्दोलनकै क्रममा सुनसरीको झुम्कामा २०५९ भाद्र २६ गते सुनसरीको झ

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 842 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिउने पानीको शुल्क महँगो भएको गुनासो : पुरानै आयोजनाको पानी नयाँ धारामा

    इलाम / इलाम नगरपालिकाले पिउने पानीमा चर्को रकम असुल्न थालेको भन्दै विरोध सुरु भएको छ । साना सहरी खानेपानी आयोजना सम्पन्न नै भइनसकी नगरपालिकाले वितरण गरेको खानेपानीको मूल्यमा चर्को महसुल असुल्न थालेको भन्दै विरोध सुरु भएको हो । नगरपालिकाले पुरानो पाइप र धारा विस्थापित गरेर नयाँ धाराबाट पानी वितरण गरेसँगै नगरबासीले पानीको मूल्यबारे चौतर्फी विरोध थालेका छन् । पुराना धारा विस्थापित गरी गत दुई महिनादेखि नयाँ धारा मार्फत् खानेपानी वितरण गरेको नगरपालिकाले पानीको बिल काटेसँगै चर्को मूल्यको चौतर्फी आलोचना सुरु भएको हो । इलाम नगरपालिका ९ का चूडामणि खनालले मङ्सिर र पौष महिनाको खानेपानीको बिल छ हजा

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 796 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • दुहवीको १२ औँ नगर सभा सम्पन्न

    दुहबी / सुनसरीको दुहबी नगरपालिका विकासको आधार कृषि, उद्योग, प्रविधि, पर्यटन, खेलकुद र व्यापरको उत्थान गर्ने मुल उद्धेश्यले दुहवी नगरपालिकाके १२ औं नगरसभा दुहबी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।नगरसभालाई सम्बोधन गर्दै दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेलले नगरको बिकास र समृद्धिलाई सुशासन पारदर्शिता र समुन्नतिका अधार प्रस्तुत गर्ने बताइन । नगरसभामा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले हालसम्म भएका नगरका हरेक कार्यक्रम र प्रस्ताव सर्वसम्मत रुपमा पारित हुँदै आएकोमा कार्यपालिका र नगर सदस्यहरुलाई धन्यबाद दिए । कार्यपलिकाका सदस्यहरु, १२ वटै वडाका वडा अध्यक्षहरु सदस्यहरु

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 804 पटक पढिएको
    • " चन्दन रौनियार"
  • बेसार जोन नारामा सीमित कृषकले उत्पादन गरेको बेसारले बजार पाएन

    धरान / सुनसरीको धरान उपमहानगर पालिका २० लाई वेसारजोनको रुपमा विकास गरेर लाने धरान उपमहानगरपालिकाको योजना छ । सात वर्ष अगाडि त्यो क्षेत्रलाई बेसार जोन घोषणा गरिएको थियो । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय सरकार तथा व्यवसायीहरुले विष्णुपादुकालाई बेसार जोनको रुपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर सोही अनुसार काम भने अगाडि बढ्न सकेन । साविकको विष्णुपादुका गाविस र अहिले धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका अदुवा र बेसारको बढी खेती हुने स्थानको रुपमा लिइएको छ । विष्णुपादुकामा ३ सय ५० भन्दा बढी घरधुरी रहेका छन् । बेसारमात्र एक घरले वार्षिक रुपमा ८ देखि १० क्विन्टल उत्पादन गर्छ

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा महालक्ष्मी नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

    धनकुटा /  खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । संद्दीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे । नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ । विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाको नगर अस्पताल अलपत्र ठेकेदार कम्पनी बेपत्ता

    झापा /  झापाको मेचीनगर नगरपालिकामा निर्माणाधीन अस्पताल अहिले लथालिङ्ग अवस्थामा रहेको छ । नगरपालिकाको १० नं. वडामा निर्माणाधीन अस्पताल ठेकेदारले निर्माण कार्यलाई छोडेर भागेपनि दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको हो ।नगरबासी लगायत आसपासका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु गरिएको थियो । संघीय सरकारको २४ लाख लागतमा निर्माणाधीन अस्पतालमा १५ बेडको सुविधा सम्पन्न बनाउने योजना रहेको थियो । तर ठेकेदार नै भागेपछि भने जुन उद्देश्य लिएर अस्पताल निर्माण गरिएको हो त्यो हुन नसकेपछि स्थानीय तथा आसपासका सर्वसाधारण निराश बनेका छन् । यो अस्पताल निर्मणका लागि भूमि विपियल

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ कृषि मन्त्रालयले नीति बनाएको छ कृषकलाई थाहा नै छैन

    धरान / पुष्प प्रवद्र्धनका लागि प्रदेश सरकारले कृषि सम्बन्धी नीति बनाए पनि धेरै लाई थाहा नभएको प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताएका छन् ।उनले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ नियमावली ०७८ बनेको प्रष्ट पार्दै यो ऐनले कुनै कृषक, सहकारी, उद्यमीले एक वर्ष केही सेवा सुविधा पाएमा मन्त्रालयबाट, कृृषि ज्ञान केन्द्रबाट, भेटनरी कार्यालयबाट तीन वर्षसम्म केही सुविधा नपाउने यो प्रावधान नयाँ उद्यमी बढाउने उद्देश्यले ऐन बनेको बताए । उनले यो नियमावली प्रदेश सांसदले बैठकबाट सर्वसम्मत सहमति गरेर बनाएको ऐन भएको बताए । भेलेन्टाइन डे नजिकिँदै जाँ

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved