राजनीति

    Showing 1,141-1,150 of 1,922 items.
  • संघीय सरकारलाई धरानले बुझायो ज्ञापनपत्र

    विजयपुर/ आगमीआर्थिक वर्षमा २०८०/ ८१ को बजेटमा धरानको समग्र समस्याको समाधान गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाले संघीय सरकारलाई योजना विवरण सहितको ज्ञानपत्र बुझाएको पत्रकार समेलन गरी उल्लेख गरेका छन् । उनीहरुले खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ऊर्जा, जलस्रो्त तथा सिँचाई मन्त्रालयमा पुगेर धरानमा भएका समस्याको विषयमा आगामी बजेटमा समावेश गर्न पहल गरेका छन् । काठमाण्डौबाट फर्किएपछि मेयरकै कार्यकक्षमा बिहीबार पत्रकार सम्मेलन गरी मेयर हर्क सा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 753 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन परिवर्तन

    धरान /  कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत सयुक्त संघर्ष समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । सोमबार प्रेश विज्ञप्ति जारी गर्दै समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो ।  अहिले चलिरहेको एसइई परीक्षार्लाइ  ध्यानमा राखी परीक्षामा असर पर्ने खालका सार्वजनिक विरोधका कार्यक्रम नराखिएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालभर जारी रहेको एसइई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हडताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको सबैमा जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।  सङ्घर्ष सम

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका मेयर साम्पाङकाे टोलिले प्रधानमन्त्री भेट्याे

    धरान । मेयर हर्क साम्पाङको नेतृत्वमा योजना तथा बजेट माग गर्न सिंहदरबार गएको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ । धरानका दिर्घकालिन विकाशका योजनाहरुमा केन्द्रिय सरकारको बजेट आवश्यक भएको भन्दै मेयर साम्पाङ नेतृत्वको प्रतिनिधि टोलिले सिंहदरबारमै गएर प्रधानमन्त्रीलाई योजनाहरुपनि बुझाएको छ । मेयर साम्पाङ सहित उपमेयर अइन्द्रविक्रम बेघा,बरिष्ट इन्जिनियर सुरज श्रेष्ठ सहितको टोलि योजना तथा बजेट माग गर्न सिंहदारबार गएको थियो । प्रतिनिधि टोलिलाई भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धरानका समग्र विकाशका योजनामा आफ्नो पुर्ण सहयोग रहने बताएको प्रतिनिधि टोलिका एक सदस्यले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हर्क साम्पाङ र उपप्रमुख बजेट माग्न काठमाण्डौमा

    धरान / मेयर साम्पाङ र अइन्द्र विक्रम बेघा धरानको विकाश निर्माणका योजना लिाएर काठमाण्डौ गएका हुन् ।  आगामी बजेटमा धरानको खानेपानी लगायतका योजनामा बजेट माग गर्न धरानका मेयर तथा उपमेयर काठमाण्डौ पुुगेका छन् । आगामी आर्थिक बर्षको बजेट निर्माणको कार्य भईरहेकाले धरानको खानेपानी सहित,शिक्षा,स्वास्थ्य तथा पर्यटनका योजनाहरुमा बजेट विनियोजन गर्न माग गर्दै नगर प्रमुख र उपप्रमुख काठमाण्डौ गएको उप प्रमुख अइन्द्र विक्रम बेघाको सचिवालयले जनाएको छ । मेयर हर्कराज राईले धरानको खानेपानी समस्या समाधान गर्न कोशीको पानी ल्याउनुु पर्ने र त्यसका लागि केन्द्रिय सरकारले बजेट दिनुु पर्ने बताउदै आएका छन

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 1,227 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित

    धनकुटा / धनकुटाका पेट्रोलियम व्यवसायीहरुलाई व्यवसायी वेवस्ता गरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका छन् ।कोशी पहाडी जिल्लाका विभिन्न आयोजनाहरुलाई जिल्ला बाहिरका व्यवसायीहशरुले अबैध रुपमा पेट्रोलियम पद्धार्थ बेचेको भन्दै कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित भएका हुन् । पहाडी क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुमा इटहरी, धरान, विराटनगर, अमलेशगञ्ज, विरगंज, बुटवल, हेटौडा लगायतका पेट्रोल पम्पहरुले अबैद रुपमा पेट्रोलियम पद्धार्थ ढुवानी गरेको उनीहरुले बताएका छन् । पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनले धनकुटामा आज पत्रकार सम्मेलन गर्दै जिल्ला बाहिरका पम्पहरुले जथाभावि अबैद रुपमा

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मालपोत र नापी सर्न सकेन

      धरान/  सेवाग्राहीको चहलपहल बढी हुने कार्यालयको रुपमा रहेको मालपोत र नापी कार्यालय आफ्नै भवन हुदाहुदै पनि सरकारको करोडौ रुपैया खर्च गरेर भाडा तिरेर धरान १६ मा सञ्चालन भइरहेको छ । धरान ६ पानबारीमा मालपोतको कार्यालय निर्माण सम्पन्न भइसकेको छ, तर नापी कार्यालयको भने निर्माणधीन अवस्थामा छ । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक बर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा आफ्नै भवनमा कार्यालय सर्न नसकेको हो । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालय धरानमा समेत भाडाबाट सञ्चालनमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 1,418 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खुुल्यो वडाको तालाबन्दी

    धरान । धरान उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा गरिएको तालाबन्दी आज बाट खोलिएको छ । प्रदेशको नामाकरणमा असहमती जनाउदै पहिचान पक्षधर समुुहले विरोध जनाउदै धरानका २० वटै वडा कार्यालयमा गत विहिबार देखि तालाबन्दी गरिएको थियो । प्रदेशको नाम ‘कोशी’ नामाकरण भएपछि धरानका सबै वडाको ठेगनामा कोशी प्रदेश लेखिएको थियो । आन्दोलनरत पक्षले कोशी प्रदेश लेखिएका बोर्डहरु तोडफोड समेत गरेको थियो । ‘हामीले आम सर्वसाधरणको सुुविधालाई ध्यानमा राखेर आज आइतबारबाट तालाबन्दी खोलिदिएका छौ’ आन्दोलनरत पक्षका नेता अमर इजमले भने हाम्रो आन्दोलनमा गर्नुु भएको सहयोगका लागि सबैलाई धन्यबाद तथा आभारपन

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगवनी किमाथांका ६ लेन सडकको निर्माण कार्य सुस्त

    धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको छथर जोरपार्टीमा पनि तालाबन्दी

     धरान / धनकुटा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले बिहीबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । ‘कोशी’ नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुन नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिचान पक्षधरले लगाएको ताला प्रहरीचौकी जोरपाटीबाट गएको प्रहरी टोलीले ताला फोडेको थियो ।

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘राजस्व र रोजगारी सिर्जना हुने क्षेत्रमा खर्च गर्नुहोस्’

    मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारला

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved