धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडासदस्य तथा कार्यपालिका सदस्य बीच बढ्दै गएको दूरीका विषयमा भूमिका विहीन अवस्थामा रहेको आरोप खेपेका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो धारणा सार्वजनिक गर्दै उनले .यो समस्याको समाधान मेयरबाट हुनुपर्ने बताएका छन् । उनले धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि भएको दुव्र्यहार खेदजनक भएको स्पष्ट पार्दै यसमा मेयरले अभिभावकीय भूमिका निर्वाह गरी समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका छन् । सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि भएको दुव्र्यहार र त्यसपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इलाका प्रहरी कार्य
विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि दुव्र्यहार गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडि बढाएको छ । सोमबार धरान १७ को टोल विकास समितिको छलफल भइरहेको बेला अराजक शैलीमा प्रस्तुत भएका फेसबुक पेज सञ्चालन गर्दै आएका ललित राई, स्थानीय गोविन्द श्रेष्ठ र लाक्पा तेञ्जी शेपालाई मंगलबार म्याद थप गरिएको हो । वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् । जनप्रति नै सुरक्षाको माग गर्र
धरान । वडा कार्यालयमा पुगेर अराजक गतिविधि गर्ने विरुद्ध कारबाहीका लागि वडा कार्यालयले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको छ । धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईमाथि टोल विकास समितिकोे छलफल भइरहेको समयमा एकजना युट्युव च्यानलका व्यक्तिले भिडियो खिचेपछि भिडियो नखिच्न आग्रह गर्दा वडाध्यक्षमाथि नै जाइलाग्ने, कालो मोसो दल्छु भन्ने जस्ता अमानीय व्यवहार देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले ती व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको थियो । लगत्तै वडा कार्यालयका कार्यवाहक वडा वडाध्यक्ष मनिष विष्टले
धरान । मजदुर क्षेत्रबाट राजनीतिमा सक्रिय रहेर भर्खरै सम्पन्न धरान उपपमहानगर कमिटीको निर्वाचनमा निर्वाचित १२ जना श्रमिकलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) धरान नगर कमिटीले सम्मान गरेको छ । बैशाख ५ र ६ गते सम्पन्न नेकपा एमाले धरानको प्रथम अधिवेशनबाट नगर सदस्यमा निर्वाचित भएका १२ जना श्रमिकलाई शुक्रबार सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा यातायात क्षेत्रका कमल भट्टराई, धनबहादुर राई, विवेक राई, आननकुमार राई, दिपककुमार श्रेष्ठ बनेपाली र दिनेश कोइराला रहेका छन् । त्यस्तै सुरक्षा क्षेत्रबाट गोपीनाथ योगी, रत्न नेम्वाङ र प्रविण राई रहेका छन् । त्यसैगरी निर्माण क्षेत्रबाट अब्बास अन्सारी र लो
विजयपुर / बुधबार विश्व स्वतन्त्रता दिवस । सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताको माग गर्दै प्रभावफेरि, अन्तरक्रिया लगायतक कार्यक्रमको आयोजना भयोे । धरानमा पनि नेपाल पत्रकार समहासंघ सुनसरीले धरान १३ मा रहेका महासघको कार्यालयमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारका विषयमा केन्द्रित रहेर बोले । मेयर साम्पाङले आफ्नो विरुद्ध समाचार आउँदा पत्रकारलाई ‘झोले’ संज्ञा दिएपछि रुष्ट बनेका सञ्चारकर्मीहरुले मेयर साम्पाङक
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीवी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताएका छन् । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन । मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गरे । उनले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवन
राजधानी /हत्या अभियोग लागेका र हाल फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई प्रतिनिधिसभाबाट निलम्बित गरिएको छ। मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको जनाएका छन । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै बिदा स्वीकृत भएको घोषणा गरेका थिए । त्यस लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाएका थिए । सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख
सुनसरी /इनरुवा नगरपालिका महिला जनप्रतिनिधिहरुले वडाध्यक्षहरुले काम गर्न नदिने, निर्णयमा समावेश नगर्ने तर निर्णयपश्चात सही गर्न लगाउने जस्ता अपमानजनक काम गरेको भन्दै मेयर केदार भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले एउटै विधि र प्रक्रियाबाट निर्वाचित भएर आए पनि वडाध्यक्षहरुले मनोमानी ढंगले बैठक बोलाउने, आफू खुशी निर्णय गर्ने, महिला सदस्यहरुलाई वेवास्ता गर्ने, कुनै प्रकारको सोधपुछ नगर्ने, एकलौटी ढंगले गरेका निर्णयहरुमा हस्ताक्षर गर्न मात्र दबाब दिने आरोप लगाएका छन् । ज्ञापनपत्रमा उनीहरुले महिला जनप्रतिनिधिहरुलाई भूमिका विहीन बनाउने कामको अन्त्य हुनुपर्ने, योजना तर्जुमा सम्बन्धी तालिम दिन
धरान /धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । धरान उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनर्गल हल्ला फिँजाएर चरित्र हत्या गर्ने प्रयास केही तत्वले गरेकोप्रति आपत्ति जनाएका छन् । उनले यसका लागि आफूले कानुनी उपचार खोजिरहेको बताए । उनले भने–‘सामाजिक सञ्जालमार्फत मेरो बारेमा अनर्गल हल्ला फिजाएर भ्रम छर्ने काम गरिएको पाइएको छ, यसले मेरो चरित्र हत्या हुने काम गरेको छ, म कानुनी उपचारमा जाने तयारीमा छु। मङ्गलबार वडाकार्यालयमा पत्रकार सम्मेलन गर्द
धरान / धरान उपमहानगरपालिका वडा नं. ५ मा रहेको निशानदेवीको मन्दिर । जुन मन्दिर ऐतिहासिक, पुरातात्विक सम्पदाको रुपमा लिन सकिन्छ । धरान उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको सूचिमा राखेको छैन भने यसको संरक्षणमा चासो पनि दिएको छैन । साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने धार्मिक क्षेत्रको रुपमा रहेको निशानदेवी मन्दिर भगनावेश अवस्थामा रहेको छ । पौराणिक इतिहास बोकेको मन्दिर भए पनि यसको संरक्षणमा नगरपालिकाको चासो देखाएको पाइदैन । ३० बर्ष अगाडि यो मन्दिर जस्तो थियो अहिले पनि त्यस्तै अवस्थामा रहेको पुजारी विदुुर भण्डारी बताउछन् । मन्दिरको स्थापनाको विषयमा स