विराटनगर / मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्। उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् । जस अन्तगर्त नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी आन्तरिक
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभयो । उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राख्नुभयो । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थ
इटहरी / राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य उपेन्द्र शाहीले राष्ट्रिय युवा संघ नेपालले Mission Next Election:Target New Generation मार्फत साचो अर्थमा देश बनाउने अभियानको प्रारम्भ गरेको बताउनुभएको छ । आज इटहरीमा आयोजित युवा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै युवा नेता शाहीले देशमा आमूल परिवर्तन गर्न युवाहरू जाग्न आवश्यक रहेको कुरा औल्याउनु भएको छ । उहाँले अब युवाहरूले स्थापित पार्टीहरूभित्र शुद्धीकरणको लागि लड्नुपर्ने र पार्टी बाहिर भने पार्टी विरूद्धका भ्रम चिर्न लागिपर्नु पर्ने बताउनुभयो । उहाँले अहिले स्थापित पार्टीहरूमा रहेका कमीकमजोरी सुधार्न युवाहरू ल
धरान / धरान उपमहानगरपालिकाका २० वटा काम चलाउ मात्रै बनाउन खोजिएको भन्दै वडाध्यक्षहरुले असन्तुष्टि राखेका छन् । कार्य पालिका बैठकमै मेयरले बजेट आफु केन्द्रित गर्न खोजेको भन्दै वडालाई काम चलाउ मात्र बनाउन खोजेको बताएका हुन् । आगामी आर्थिक बर्ष २०८०/८१का लागि तयार भएको धरान उपमहानगरपालिकाको बजेटमा मेयर हर्क साम्पाङले हस्तक्षेप गरेर २१ करोड मात्र बजेट वडामा पठाउने गरि सिलिङ तयारी पारेका छन् । कुल १ अर्ब ७० करोड हाराहारीमा आउन लागेको उपमहानगरको बजेटमा वडाहरुलाई मेयरले बजेट कटौती गर्न लागेका हुन् । गत बर्ष वडाहरुले ३१ करोड पाएका थिए भने त्यस अघि ३५ करोड रुपैया वडामा पठाउने गरिएको थियो ।
काठमाडौ / नेपाल सरकारले ल्याउन लागेको ल्याउन “नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदा अन्तर्ग दूइ स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नखाख्ने प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् । वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको शनिबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रि दाहालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटनस्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वयत्त नै राख्ने प्रतिवद्धता जनाएका छन् । संघर्ष समितिको भेटेमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले वीपी प्रतिष्ठान विशिष्ट प्रकारको स्वायत्त संस्था भएको उल्लेख गर
धरान / धरान संगीत प्रतिष्ठानले धरानमा शुक्रबार साँझ विश्व संगीत दिवस भव्यताका साथ मनायो । धरान १५ चुम्लुङहिममा आयोजित कार्यक्रममा सांगीतिक माहौलका बीचमा धरानको खानेपानी समस्याको चर्चा समेत भएको थियो । धरान संगीत प्रतिष्ठान १० बर्ष पुगेका अवसर तथा विश्व संगीतको अवसरमा धरान १५ चुम्लुङ हिम भवनमा सांगीगित कार्यक्रम भयो । कार्यक्रमम धरानका मेयर हर्क साम्पाङ, धरानबाट गायनकर्मका लागेर राष्ट्रिय स्तरमा चर्चा परिचर्चा कमाएका गायक दिप श्रेष्ठ, लोचन भट्टराई लगायत स्थानीय गायक गायिका, बुद्धिजीविहरुको उल्लेख्य उपस्थिति रहेका थिए । २०७० सालमा स्थानीय गायक एवम राजनीतिककर्मी अजय राईको परि
काठमाडौ / नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि र शिक्षा प्रविधि तथा विज्ञान मन्त्रिले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन नखारी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिएका छन् । वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रिद्वयले प्रतिष्ठानको गरिमालाई उच्च राख्दै पुर्ण विश्व विद्यँलय बनाउन आफुहरु लागि गर्ने आश्वसन समेत दिए । मोहन वहादुर वस्नेतले स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐन भित्र राख्न नहुने वताए । मन्त्रि वस्नेतले प्रतिष्ठानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन परिकल्पना गर्न नकिने वताए । ‘तपाईहर
धरान / वडागत र बिषयगत क्षेत्रको बजेट सिमा पारित गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । श्रोत निर्धारण समितिले बिहिबार पेश गरेको बजेट सिमाको बिषय बिबादित बने पछि स्थगित भएको कार्यपालिकाको बैठक आज पुनः २ बजे देखि शुरु भएको थियो । बैठकले वडागत र बिषयगत क्षेत्रको सिमाको प्रस्ताब पारित गरेको छ । बैठकले निर्णय गरे अनुसारको बजेट सिमा आजै सबै वडाहरुमा पठाउने प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । वडागत तहमा बिनियोजन गरेको सिमा अनुसार वडा नम्बर १ मा ७७ लाख ३४ हजार ५ सय ६९, वडा नम्बर २ मा ६९ लाख १९ हजार २ सय ९३, वडा ३ मा ६८ लाख ७९ हजार १ सय ३, वडा ४ मा १ करोड ११ ल
काठमाडौं/ जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ । टिकटक प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली हुनुहुन्छ । प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ को अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोग
काठमाडौ / चिकित्सा विश्वविद्यालय वनाउने उद्येश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान All India Institute Of Medical Sciences AIIMS ,को मोडलमा स्थापना भएको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पुर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवाहरुले माग गरेका छन् । नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एक ठाँउमा राख्ने गरि ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहिबार काठमाडौमा गरेको अन्तक्रियामा सरोकारवा