राजनीति

    Showing १,०६१-१,०७० of १,९५८ items.
  • कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन सभामुख सहित ४७ को हस्ताक्षर बुझाउने

    सुनसरी /कोशी प्रदेशमा सरकार बनाउनका लागि गठबन्धनले सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने भएको छ। कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ ७ दलको बैठकले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो।  सत्ता गठबन्धनको बैठकले सरकार गठनका लागि ४७ सांसदको समर्थन बुझाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई निर्देशन दिएको हो। सभामुख सांसद पनि भएकाले उहाँको पनि हस्ताक्षर बुझाउने निर्णय भएको छ । कोशी प्र

    • प्रकाशित मितिः असार २१, २०८०
    • ९०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको नगरसभा स्थगित असार २५ मा सारियो

    धरान/  तोकिएको समयसिमा भित्र वडागत र बिषयगत समितिको बिस्तृत बजेट तथा कार्यक्रमहरु नआए पछि धरान उपमहानगरपालिकाको आज हुने भनिएको दोस्रो नगर सभा स्थगित भएको छ । असार २० गते बुधबार सम्मा सबै वडा र बिषयगत समितिहरुलाइ तोकिएको सिलिङ अनुसारको बजेट तथा कार्यक्रम बनाइ बुझाउन समय तोकिएको थियो तर समय सिमा भित्र कार्यक्रमहरु नआइपुगेकोले बुधबार बसेको कार्यपालिका बैठकले असार २५ गते सम्मका लागि नगरसभाको मिति सारेको छ । गत असार १० गते उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिकाको नगर सभा आज असार २१ गतेलाइ तोकिएको थियो । वडामा पठाएको बजेट सिलिङ घटाएर पठाएकाले जनताको आवश्यकता अनुसार काम गर्न नसकिने

    • प्रकाशित मितिः असार २१, २०८०
    • ९४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश :नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

    बिराटनगर/ प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय  आज सकिँदै छ । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् । नयाँ सरकार गठनकै लागि  प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् । कोशी प्रदेशमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बह

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,०७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी बोर्डको अध्यक्ष साम्पाङ विरुद्धको अन्तरिम आदेश अस्विकार

     धरान/ धरान खानेपानी बोर्डको अध्यक्षका रुपमा काम गर्न मेयर हर्क साम्पाङलाइ बाटो खुलेको छ । उनी विरुद्ध उच्च अदालत बिराटनगरमा परेको रिटको सुनुवाइमा जेठ २६ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै अस्विकार गरे पछि बोर्ड अध्यक्षको बाटो खुलेको हो । उनी विरुद्ध सुनसरी उद्योग बाणिज्य संघ तथा बोर्ड सदस्य बिजय श्रेष्ठले आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै साम्पाङविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङ विरुद्धको अल्पकालीन अन्तरिम आदेशलाइ निरन्तरता दिनु

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,१४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिमा बिबाद चर्काउदै धरान र इटहरीका मेयर, समाधानका लागि समिती बन्ने

     धरान/  सिमा बिबादलाइ लिएर पुनः धरान र इटहरी उपमहानगरपालिकाका दुई मेयर बिच दोहोरी चलिरहेको छ । केही महिना अघि धरानका मेयर हर्कराज राइले तरहरा मास्तिर पानीपियामा धरानको सिमा प्रारम्भ भएको बोर्ड राख्न लगाएका थिए । लगत्तै इटहरीको तर्फबाट एमाले निकट युवा संघले बोर्ड हटाएको थियो । त्यसपछी दुबै नगरका मेयर बिच सिमा विवादलाई लिएर दोहोरी शुरु भएको हो । सिमा बिबादले नागरिक बिच द्वन्द्व निम्त्याउन सक्ने भन्दै दुबै नगरका मेयरको आलोचना हुन थाले पछि सम्बम्धित निकायलाइ पहल गर्नका लागि सुझाब आएको थियो । सुझाबकै आधारमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले जिल्ला समन्वय समिति सुनसरीलाइ प

    • प्रकाशित मितिः असार २०, २०८०
    • ९४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटना न्यूनीकरण गर्न चेतनामुलक कार्यक्रम आवश्यक : मुख्यमन्त्री कार्की

    विराटनगर/  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताए । उनले भने, यातायात व्यवसायि, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवालाहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ । उनले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालक

    • प्रकाशित मितिः असार १९, २०८०
    • ९६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली काँग्रेसद्धारा धरानमा जेपी जयन्तीमा सरसफाई

    धरान/ १००औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ । सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए ।  उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र न

    • प्रकाशित मितिः असार १९, २०८०
    • १,०२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

    विराटनगर / विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताउनुभयो । विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गर्नुभयो

    • प्रकाशित मितिः असार १९, २०८०
    • ९२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानीपियामा फेरी राखियो धरानको ‘सिमा प्रारम्भ’ बोर्ड

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा पानीपियामा पुनः धरानको सिमा प्रारम्भ बोर्ड राखिएको छ । सोमबार धरान नगर प्रहरीले उक्त बोर्ड राखेको हो । यस अघिपनि मेयर साम्पाङले बोर्ड राखेका थिए । राष्ट्रिय युवा सघं इटहरीले बोर्ड हटाएपछि आलोचना र सर्मथनहुन भएका थिए । दुई नगर विचको सिमाना विबाद मिलाउन धरानको कार्यपालिकाले जिल्ला समन्वय समितीलाई आग्रह गर्ने निर्णय गरेको थियो । तर जिल्ला समन्वय समितीबाट कुनै पहल नभएको भन्दै मेयर साम्पाङले पुनः बोर्ड राख्न निर्देशन दिएका हुन । पानीपियामा सिमा प्रारम्भ बोर्ड राखिएको धरान नगर प्रहरीका प्रमुख विष्णु कोइराला ले जानकारी दिए

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,२१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करौडोको बजेट पानीमा, अझै बनेन भलुवा सिमसार

    कानेपोखरी /  मोरङको कानेपोखरी - ७ मा रहेको भलुवा सिमसारको लागि करोडौ रुपैया बजेट बिनियोजन गरेपनी बालुवामा पानी हाले सरह भएको छ । दुई वर्ष अघि देखि शुरु भएको भलुवा सिमसारको काम अझै अलपत्र परेको छ। सिमसार निर्माणको काम सुरु भए पनि अहिलेसम्म निर्माण कार्य सम्पन्न्न भएको छैन । भलुवा सिमसारलाई पुर्बकै नमुना पर्यटकीय क्षेत्र बनाउन निर्माण कार्य सुरु भएको थियो। कानेपोखरी गाउँपालिकाको अध्यक्ष तारा बहादुर काफ्ले हुदा नै भलुवा सिमसारको शिलान्यास उनले आफै गरेका थिए । भलुवा सिमसार निर्माणको लागि ३ करोड ६५ लाख ९८ हजार ८ सय ७० रुपैयामा झस्काई सएस मुटुयल जेबि  कम्पनीले ठेक्का लिएको थि

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,४४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved