राजनीति

    Showing १,०५१-१,०६० of १,९५८ items.
  • सहकार्य गरेर विकासको काममा लाग्नसके विराटनगर भावीपुस्ताले गर्व गर्ने बनाउन सकिन्छ । ः मेयर कोईराला

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको समेत उतिकै रहने बताएका छन । विराटनगर स्थित सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले हरेक महानगरवासीहरुको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्ने लायक बनाउन सकिने बताए । उनले सबैको सामूहिक प्रयास र प्रयत्नबाट विराटनगरलाई सफा,सुन्दर, उज्यालो र व्यवस्थित साथै विकसित शहर बनाउन सकिने अभिव्यत्ती राखेका छन ।“आफ्नो घर अगाडिको फोहोर मैलालाई व्यवस्थीत गर्ने, समयमा

    • प्रकाशित मितिः असार २४, २०८०
    • ९४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री विरुद्धको रिट हेर्न नभ्याउनेमा

    सुनसरी / कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइने सुचिमा परेपछि आइतबार हुने भनिएको सुनुवाई पछि सरेको छ ।आइतबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिएको थियो । समय अभावका कारण आजको पेशी हेर्न नभ्याइने सूचिमा परेको हो । आज मुख्यमन्त्री विरुद्धको पेशी दसौं नम्बरमा थियो । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।

    • प्रकाशित मितिः असार २४, २०८०
    • ८७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा तीन मन्त्री थपिए

    विराटनगर/ नवगठित कोशी प्रदेशको मन्त्रीमण्डलमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज तीन जना मन्त्री थपेका छन् । थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन । उनिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ भने अरु विनाविभागीय छन् ।ध्चष्तभ तय म्ष्लभकज न्बवmभच

    • प्रकाशित मितिः असार २४, २०८०
    • ८८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्री विरुद्ध आज सुनुवाइ हुँदै

    सुनसरी/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्चमा दिएको रिट माथी आज सुनुवाइ हुने भएको छ । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीको तर्फबाट रेवती रमण भण्डारीले गत शुक्रबार रिट दर्ता गराएका थिए । रिटमा नवनिर्वाचित मुख्यमन्त्री सहित प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • ८८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेसको दौड प्रतियोगितामा नविन र छेन्वीमाया प्रथम

    धरान/  नेपाली कांग्रेसले आयोजना गरेको दौड प्रतियोगितामा नविन तामाङ र छेन्वीमाया राई प्रथम भएकाछन् । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको ५ कि.मि. र्दाैड प्रतियोगितामा पुरुषतर्फ धरान १५ का नविन तामाङ प्रथम भएका हुन् । उनले १५.१ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ धरान १९ की छेन्वीमाया राई प्रथम भएकाछन् । उनले निर्धारित दुरी १९.४६ मिनेटमा पूरा गरेकी थिइन् । पुरुषतर्फ दोश्रो हुने धरान ५ का प्रशान्त तामाङले १५.१५ मिनेट र तेश्रो स्थान आउन सपल इण्डियन आर्मी समेत रहेका भोजपुर तिवारी

    • प्रकाशित मितिः असार २३, २०८०
    • ८९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १४ मा चर्च निर्माण:धार्मिक सहिष्णुता खल्बिलिने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण

    धरान/ धार्मिक पर्यटकीय स्थल विजयपुरको गोपाल मन्दिर अगाडि चर्च निर्मार्ण भएपछि धार्मिक सहिष्णुता खल्बिलिन सक्ने भन्दै विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । समतिले शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको ध्यानकर्षण गराइएको हो । उनीहरुले धरानको १४ नं. वडामा पर्ने विजयपुर क्षेत्र सनातन हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अन्त्यन्तै महत्वपुर्ण क्षेत्र भएको बताउँदै यस्तो पौराणिक पुरातात्विक एवम् धार्मिक महत्व बोकेको क्षेत्रमा धार्मिक सहिष्णुतामा खलल पुग्ने गरि बालगोपाल म

    • प्रकाशित मितिः असार २३, २०८०
    • १,७५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकार विरुद्ध सर्वोच्चमा रिट दायर,आइतबार पेशी

    विराटनगर । कोशी प्र्रदेशमा असंबैधानीक तरिकाबाट सरकार गठन गरिएको भन्दै नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन् ।कोशी प्रदेशमा सरकार गठनका लागि बहालवाला सभामुखको समेत हस्ताक्षर राखेर गरिएको दावीलाई प्रदेश प्रमुखले स्वीकार गर्दैै उद्धब थापालाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै चर्को आलोचना हुदै आएको छ । नेपाली कांग्रेस,माओबादी केन्द्र तथा नेकपा एमालेले संविधानको ब्यबस्था विपरित भएको भन्दै चर्को आलोचना गदैै आएका छन् । संविधानविदले पनि सरकार बनाउने र भत्काउने खेलमा सभामुख लाग्नु संविधान विपरित भएको बताउदै आएका छन् ।एमाले ससंदीय दलका नेता हिक्मत कार्कीले

    • प्रकाशित मितिः असार २२, २०८०
    • ८८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सभामुखको हस्ताक्षर विरुद्ध अदालत जाने तयारी

    सुनसरी/ सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखलाइ समर्थनमा हस्ताक्षर गर्न लगाएको विरुद्ध नेकपा एमाले र राप्रपा अदालत जाने भएका छन् । सत्ता गठबन्धनले बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित ४७ जनाको समर्थन पेश गरेको थियो । यसबारे एमाले र राप्रपा गठबन्धनका नेताहरूले कानुनी परामर्श गरिरहेको बताएका छन् । सविधानले प्रदेश सभामा बराबरी मत भएमा मात्रै सभामुखले निर्णायक मत दिने अनुमती दिएको छ। तर, गठबन्धनले सभामुखलाई पनि सरकार बनाउने संख्यामा प्रयोग गरेपछि विवाद बढेको छ। राप्रपा कोशी सं

    • प्रकाशित मितिः असार २२, २०८०
    • ८७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'कोशी प्रदेशको पाँचौ मुख्य मन्त्री' को हुन् त उद्धव थापा ?

    धरान /कोशी प्रदेशको पाँचौ मुख्य मन्त्रीमा नेपाली काँग्रेसका नेता उद्धव थापा चुनिएका छन् । प्रदेशका मुख्य मन्त्री बनेका नेपाली काँग्रेसको कोशी प्रदेश सांसदीय दलका नेता थापाको राजनीतिकलाई संक्षेपमा भन्नुपर्दा उनी नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् । झापा जिल्लाका बासिन्दा उद्धव थापाले बीपी कोइरालाको सुरक्षा दस्ता हुदै काँग्रेस प्रदेश सभापति सम्मको तय गरिसकेका छन् । २०३४ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका थापा दुई कार्यकाल सभापति, २०३६ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि उनी प्रचार अभियानमा सक्रिय भएर लागेका थिए । बीपी क

    • प्रकाशित मितिः असार २२, २०८०
    • १,२३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशको पाचौं मुख्यमन्त्रीमा उद्धव थापा

    मोरङ्ग/ कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका छन्। बिहीबार नेपालको संविधानको धारा ६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतम सहित ४७ सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए। समानुपातिकबाट प्रदेशसभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै झापाली नेता थापा प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल भएका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई व

    • प्रकाशित मितिः असार २१, २०८०
    • ८९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved