राजनीति

    Showing १,०११-१,०२० of १,९५९ items.
  • जग्गा फिर्तीको पहलमा स्थानीय सरकार

    धरान  । बीस वर्षअघि देखि विवादित रहेको एयरपोर्ट बनाउने भनिएको धरान १७ स्थित डाँडाघोपाको जग्गा फिर्ता स्थानीय सरकारले छलफल शुरु गरेको छ  । केही दिन अघि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले जग्गाधनीहरु सँग छलफल गरेका थिए भने पुनः सोमबार पनि जग्गाधनी सहित तत्कालिन जनप्रतिनिधीहरु सँग छलफल अघि बढाएका हुन्  । लामो समय देखि आफ्नै जग्गा भोकचलन गर्न नपाएको भन्दै केही जग्गाधनीले स्थानीय सरकार सँग अपिल गरिदिन आग्रह गरेका थिए  । जग्गाधनीको आग्रह पछि मेयर राईले दोस्रो पटक पनि छलफलका लागि सरोकारवालाहरुलाई बोलाएका हुन्  । छलफलमा यति इन कर्पोरेटको तर्फबाट कोही प्रतिनिधी नआए पछि

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • १,००४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजनितिक कारण देश अस्तव्यस्त :डा. कोइराला

    धरान/  सरकार बदलिदै गर्दा कानुनहरु पनि बदलिरहने परिपार्टीले राजनितिक हिसाबले देशनै अस्तव्यस्त बनेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । राजनितिक अवश्थाले देश अस्तव्यस्त भइरहँदा जातीय, धार्मिक सदभावले मिलेर बसेको समुदायलाई पनि खल्बलाउने काम भएको उनले बताए । आइतबार नेपाली काँग्रेस धरान नगरले आयोजना गरेको ग्रिन एण्ड क्लिन अभियान कार्यक्रमको समापन तथा सम्मान कार्यक्रममा जहिले पनि सरकार अस्थीर बन्दै गएकोले भ्रष्टचार भयावह स्थितीमा रहेको बताए । उनले भने, ‘सरकार बदलिरहन्छ, सरकार पिच्छे कानुनहरु बदलिदै जाने भएकाले समस्या देखिने गरेको छ ।’ सरकार अस्थिर बनेका

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • ७६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङ विरुद्ध नाराबाजी

    धरान/  विगत केही दिन देखि धरानमा सामाजिक सदभाव भड्किने खालका गतिविधि बढ्दै गए पछि सुनसरी जिल्ला प्रशासनले शनिबार गरेको धरानमा निषेधाज्ञाले जनजिवन प्रभावित बने पनि ठुलो दुर्घटनाबाट भने जोगिएको छ । जातीय तथा धार्मिक द्वन्द निम्तने गरि धरानमा शनिबारका लागि हिन्दु धर्मावलम्बीहरुले शान्तिपुर्ण र्याली निकाल्ने घोषणा गरेका थिए भने यता पहिचानको आन्दोलनमा रहेका समुहले र्याली रोक्ने उदघोष गरेका थिए । दुवै समुह बिच द्वन्द हुने संकेत देखे पछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । हिन्दूवादी संघसंगठनको र्याली र पहिचानवादीहरुको भेलाले हुने भनिएपछि धरानमा मुठभेट सिर्जना हुने हो कि ? भन्ने चिन्ता

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ७९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिन्दु जागरण अभियानको र्‍याली नगर्न सुनसरी प्रशासनको अनुरोध

    धरान/  सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका प्रतिक्रियाहरु आउन थालेपछि धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै धरानमा सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।  र्‍यालीमा धरानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, पूर्व नगरप्रमुख, विभिन्न जातजातिका संघ संगठन, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सद्भावर्‍याली आयोजना गरिएको थियो । प्छिल्लो समय धरानमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेपछि धरानेहरुले सर्वदलीय, सर्वपक्षीय सद्भाव ¥यालीको

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • १,२०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संविधानको धारालाई मिचेर मुख्यमन्त्रीको पक्ष लिएको भन्दै अदालत जाने : हिक्मत कार्की

    विराटनगर / कोशि प्रदेश सभाको नियमावली र संविधानका धारालाई छलेर मुख्यमन्त्रीको पक्षमा नियुक्त गरिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्रि हिक्मत कार्कीले असंवैधानिक ढंगले विश्वासको मतले संविधानको उल्लंघन भएको बताएका छन । प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको मंगलबार भएको साधारण सभामा बोल्दै नेता कार्कीले त्यसका विरूद्ध आफु अदालत जाने बताएका छन । संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको हुनाले कार्की आफैं मुद्दा लिएर अदालत जाने उल्लेख गरेका छन ।  पहिचानवादीहरुले आफ्ना माग र मुद्दालाई निरन्तरता दिन राजनीतिक दल बनाएर आउने कुरा सहि भएपनि मुख्य पार्टीका

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • ९५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्याे : जसपा अध्यक्ष यादव

    काठमाडौं / सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत काम भएको टिप्पणी गरेका छन ।  सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारले गलत हर्कत गरेको बताए । शर्माले आइएसी र एमबीबीएस सकेर कलेज चलाए, सांसद भए, त्यत्रो एकेडेमिका प्रतिष्ठित मान्छेलाई कुनै कसुर विना प्रकाउ गर्ने थुने अनि छोड्ने यो त गलत हो नि,’ अध्यक्ष यादवले भने, ‘यस्ता गलत काम कसरी भइरहेका छन्, कसैलाई क्षणिक रुपमा हिरो ब

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ६९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको धार्मिक तथा सास्कृतीक विवाद छलफलद्धारा समाधान गर्न आह्वान

    धरान/ नेकपा एमाले धरानले धरानमा भई रहेको धार्मिक तथा सास्कृतीक विबादलाई अपसी छलफल र समझदारीबाट हल गर्न आह्वान गरेको छ । एक अर्काको आत्मासम्मानमा ठेस नपुग्ने गरी अपसी छलफल र वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको हो । आइतबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ र सचिव राजेन्द्र राईद्धारा जारी गरिएको विज्ञप्तिमा आपसी सद्भाब र एकतालाई काम राख्न नेपाली समाजले अबलम्बन गर्दैै आएको अपसी छलफल र समझदारीको विधि अपनाउन आह्वान गरेको उल्लेख गरीएको छ । नियम कानुनको पालना गर्नु र असहमती भए बैधानीक बाटोबाट समाधान खोज्ने विकल्प हुदाहुदै अपसी सद्भाब र एकता भड्किने गरी भईरहेका गतिविधीले ध्यानाकर्षण

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ७०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र

    धरान/ पूर्व मेयर मनोज मेन्याङ्बाको पालामा धरानको भानुचौकमा निर्माण भएको घण्टाघर निर्माण प्रारम्भदेखि नै ज्यालादारीमा काम गर्ने दुई जना कर्मचारीलाई विना कारण हटाइएपछि पूर्वाग्रह रुपमा हटाइएको भन्दै धरानका तीन ट्रेड युनियन आन्दोलित भएका छन् । धरानको घण्टाघरमा १७ वर्षदेखि काम गर्दै आएका ज्यालादारी श्रमिक कर्मचारीलाई बिना कारण जागिरबाट हटाएको भन्दै धरानका तीन ट्रेड युनियनले पुनर्बहाली गर्न माग गर्दै सात दिनको अल्टिमेटम दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले धरान उपमहानगर प्रमुख हर्कराज राईलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै एक हप्ता भित्र हटाइ

    • प्रकाशित मितिः भदौ २, २०८०
    • ९८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी नदीको क्षति न्यूनिकरणका लागि सम्बन्धित पक्षले सर्वसाधारणलाई सतर्क रहन आग्रह

    धरान/ कोशी नदी किनारमा बस्ने सर्ब साधारण बर्षादको समयमा रातभरि निदाउँदैनन् । बर्षाद्को समयमा सप्तकोशीले धार परिवर्तन गरेर धनजनको क्षति व्यहोर्नु पर्ने हुन्छ, २०६५ साल भदौ २ गते कोशीको तटबन्द भत्किदा भएको क्षति पुन: उनीहरु सम्झन चाहँदैनन् । सर्वसाधारणले त्यसबेला भएको क्षतिवापत राहत समेत पाउन सकेका छै्नन् पहाडी क्षेत्रमा लगातार परेको बर्षाका कारण पछिल्लो समय कोशी व्यारेजका ५६ वटा ढोका खोलिएका थिए । विगत केही दिन यता पहाडी क्षेत्रमा भएको भारी बर्षाका कारण कोशी व्यारेजमा आइतबार राति ४ लाख ८५ हजार क्युसेक पानीको वहाव पश्चात कोशीका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • ७६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजीनामाको जिकिर गर्दै : सांसद शर्मा

    काठमाडौं / सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याएका हुन् । उनले विनासर्त गृहमन्त्रीले राजिनामा दिनु पर्ने जिकिर गरेका छन । केहि समय अगाडि भएको सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी समेत दिएका छन् । सुन तस्करी प्रकरणको विरुद आवाज उढाउदा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा आफूलाई आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै शर्माले आक्रोस व्यक्त गरेका छन ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ८२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved