काठमाडौं । नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ। कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ। तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि भेरी नदीमा बगेको छ। गाउँलेले ढुंगामुढा गरेर लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको छ, तीन अझै बेपत्
0धरानको १८ नं. वडा कार्यालयले भागवत धर्माशालाका २८ विरामी तथा कुरुवाहरुलाई राहत वितरण गरेको छ । वि.पी.अस्पतालमा किड्नीको डायलोसिस एवं उपचार गरिरहेको विरामी तथा विरामीका कुरुवाहरु लक डाउनका कारण अति नै समस्यामा परेका थिए । राहतमा १० केजी चामल, १ केजी नुन्, १ केजी दाल, १ लिटर तेल र १ केजी चना वितरण गरिएको थियो । सोमबार धरान १८ को वडा कार्यालयमा वडाध्यक्ष नरेन्द्र कुमार (प्रविण) राई, वडा सदस्य जमुना मोक्तान त्रिखत्री, दिनकुमारी राई, टंक गुरुङ्ग, जगदिप सुनुवार र कर्मचारी भक्ति राई लगायतले राहत वितरण गरेका थिए । स्थानीय समाजसेवी बुवा टेक बहादुर गुरुङ्ग, आमा प्रेम कुमारी गुरुङ्गले छोरा विक
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवत्ताले डा बिकास देवकोटाले जानकारी दिएका हुन । उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो । साथै वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ४ पुगको छ ।
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको हो । उत्त सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नु अघि ५ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ । यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने
विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन दुईवटा हलमा संचालन हुने तय भएको छ । यही जेठ १४ गते सरकारले अधिवेशन बोलाएको छ । हाल प्रदेशसभा रहेको तत्कालीन जिल्ला विकास समितिको सभाहललाई नै प्रदेशसभा हल बनाइएको छ । यसअघि नै सांघुरो रुपमा संचालन हुँदै आएको थियो । तर, कोरोना कहरका कारण बैठक कक्षमा दूरी कायम गर्नुपर्ने बाध्यताले झन् साँघुरो भएको हो । प्रदेशसभा सचिवालयले गरेअनुरुपको अहिलेको व्यवस्थापनअनुसार एक तिहाइ सांसदले हालको बैठक कक्षमा बस्न पाउने छैनन् । उनीहरुको लागि माथिल्लो तलामा अर्को हल व्यवस्थापन भएको छ । त्यहाँ बैठक चल्ने तलको दृश्य हेर्ने प्रबन्ध गरिने छ । सभामुखको अगाडि माथिल्लो हलमा रहने सांस
धरान । मुस्लिम समुदायको धार्मिक पर्व ईदमा सामुहिक रुपमा मिठो खाएर, राम्रो लगाएर, मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणका कारण खुलेर पर्व मनाउन सकिएको छैन् । 'तथापि मुस्लिम समाजहरुले पर्वको अवसरमा कोरोना संक्रमणका कारण अस्पतालमा बसेका हुन् वा रोजगारी गुमेका कारण आर्थिक समस्यामा परेका हुन् उनीहरुलाई राहत स्वरुप खाद्यान्न तथा तबरुक रात वितरण गरिरहेको छ । यसै बिच धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बसेका २५ जना मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा बिरयानी खुवाएको छ । धरान मुस्लिम समाजको अगुवाईमा उनीहरुलाई खाना खुवाएका हुन् । समाजका संयोजक
धरान । वर्षेनी वर्षाको समयमा धरानको सर्दु खोलाले पार्ने क्षति न्युनीकरणका लागि धरान उपमहानगरपालिकाले अघि सारे सर्दु करिडोरको योजना अघि बढेको छ । सेउती करिडोरको विषयमा बाइपास कोशी राजमार्गको पनि चर्चा चलिरहेकाले अहिले सर्दु करिडोरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरे पछि काम अघि बढेको छ । नेकपाका स्थानीय नेता तथा प्रदेश र संघीय संसदहरुको पहलमा सर्दु करिडोरको योजना पास भएको छ । सर्दु करिडोरको डिपिआर तयार भईसकेकाले निर्माणका लागि बहुवर्षिय योजनामा प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले दुई वर्ष भित्रमा सम्पन्न हुने गरि करिडोर निर्माणका लागि जेठ ९ गते नै टेण्डर आव्हान गरिस
लागुऔषध तस्करीहरु सँग झडप हुँदा महोत्तरी स्थित रामगोपालपुर नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको छ । लागुऔषध कारोबारमा संलग्न रहेका रामगोपालपुर ७ का राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको थियो । उनी लागुऔषध कारोबारीसँग रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । लागुऔषध कारोबारी भनिएका त्यही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ परेको प्रहरीले जनाएको छ । लकडाउनका बेला ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी राति त्यस ठाउँमा गएको हो । प्रहरीले घर घेरेर लागूऔषधबारे अनु
धरान । नयाँ कोरोना संक्रमित ७२ जना थपिए संगै नेपालमा ६ सय ७५ जनामा कोराना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार १० जिल्ला नयाँ कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा परिक्षण गरिएको धनुषा नगराईन नगरपालिका ३ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने कपिलवस्तु शिवराज नगरपालिकाका ३ जना पुरुष, काठमाण्डौको टोखा नगरपालिका र बुढिनिलकण्ड नगरपालिकाका ३ जना पुरुष, बाराको कलैया नगरपालिकाको कोटवाली १ मा २ जना पुरुष, रौतहटको राजपुर फरहदवाको वडा नम्बर २, ६, र इशनाथ
लकडाउनको समयमा समेत मोरगंको सुन्दरहरैँचा नगरपालिकाले मानव स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सहित भौतिक विकासको काम समेत गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले लगाएको लकडाउनका कारण लामो समय देखि बन्द रहेको विकाश निर्माणका कार्यहरु स्थानीय निकायले अघि बढाएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पनि सामाजिक दुरी कायम गर्दै निर्माण कार्य अघि बढाएको छ । स्वास्थ्यका कार्यक्रमका साथै विकास निर्माणका काम समेत स्थानीय सरकारले गर्नु पर्ने तर्फ मध्यनगर गर्दै स्थानीयवासीहरुलाई नै काम दिएर २२ सय मिटर लामो सडक कालो पत्रे गरिदै आएको छ । सामाजिक दुरी कायम गर्दै स्थानीयले