धरान । नयाँ कोरोना संक्रमित ७२ जना थपिए संगै नेपालमा ६ सय ७५ जनामा कोराना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार १० जिल्ला नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा परिक्षण गरिएको धनुषा नगराईन नगरपालिका ३ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने कपिलवस्तु शिवराज नगरपालिकाका ३ जना पुरुष, काठमाण्डौको टोखा नगरपालिका र बुढिनिलकण्ड नगरपालिकाका ३ जना पुरुष, बाराको कलैया नगरपालिकाको कोटवाली १ मा २ जना पुरुष, रौतहटको राजपुर फरहदवाको वडा नम्बर २, ६, र इशनाथ २ मा २६ जना पुरुष रहेका छन् ।
यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा सप्तरी डाक्नेधरी गाउँपालिकाका दुई जना पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा बर्दिया बासगढी ९ का १ जना र बाँके दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपालिका ७ मा ४ जना पुरुषमा देखिएको छ ।
त्यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हैटौडामा गरिएको परिक्षणमा बारा गडिमाई नगरपालिकाका २१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने भेरी अस्पताल नेपालगञ्जमा दैलेख नारायण नगरपालिकामा ४ जना पुरुष र ढुँगेधर गाउपालिकाका १ जना महिलामा देखिएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा दैलेख गुराँस गाउँपालिकाका २ जना पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।