दुईवटा हलमा प्रदेशसभा बैठक

  • जेठ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन दुईवटा हलमा संचालन हुने तय भएको छ । यही जेठ १४ गते सरकारले अधिवेशन बोलाएको छ ।
हाल प्रदेशसभा रहेको तत्कालीन जिल्ला विकास समितिको सभाहललाई नै प्रदेशसभा हल बनाइएको छ । यसअघि नै सांघुरो रुपमा संचालन हुँदै आएको थियो । तर, कोरोना कहरका कारण बैठक कक्षमा दूरी कायम गर्नुपर्ने बाध्यताले झन् साँघुरो भएको हो ।

प्रदेशसभा सचिवालयले गरेअनुरुपको अहिलेको व्यवस्थापनअनुसार एक तिहाइ सांसदले हालको बैठक कक्षमा बस्न पाउने छैनन् । उनीहरुको लागि माथिल्लो तलामा अर्को हल व्यवस्थापन भएको छ । त्यहाँ बैठक चल्ने तलको दृश्य हेर्ने प्रबन्ध गरिने छ । सभामुखको अगाडि माथिल्लो हलमा रहने सांसदको दृश्य आउने स्क्रिनसमेत राख्ने प्रदेशसभाले तयारी थालेको छ ।
साविकको बेठक कक्षमा बढीमा ६३ जनासंग अटाउने गरी कुर्सीको व्यवस्थापन भईसकेको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् । भने,‘‘तल नअटाउने माननीय सांसदहरुको लागि माथिल्लो तलाको हलमा स्क्रिनसहितको व्यवस्थापन गरेका छौं ।’’ सचिवालयले बैठक संचालनको लागि गर्नुपर्ने सबै व्यवस्थापन लगभग पूरा गरेको पराजुलीको भनाइ छ ।

प्रदेशसभा हलको सबैभन्दा पछाडिको भागमा रहेको २० जना अटाउने पत्रकारदीर्घा हटाएर नयाँ कुर्सी राखिएको छ । यसैगरी दर्शकको ठाउँमा पनि सांसद बस्नकै लागि कुर्सी हालिएको छ । प्रदेश १ मा ९३ जना सांसद छन् । बर्खे अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन्छ । अधिबैठकअघि नै सांसद, पत्रकार, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गर्न स्वाब संकलन भईसकेको छ ।

कोरोना संक्रमण फैलन नदिन र बैठकलाई संक्रमणमुक्त बनाउन परीक्षण अनिवार्य गरिएको सचिवालयले जनाएको छ । बैठकमा सहभागी हुने सांसदको लागि कोरोना नभएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

सभामुख, उपसभामुखसहित प्रदेश सांसदले कोरोना परीक्षणको लागि स्वाब दिएका छन् । सभामुख प्रदिपकुमार भण्डारीले अहिलेको परिस्थितिको कारण बैठकस्थलमा दूरी कायम हुने गरी बस्ने कुर्सीको व्यवस्थापन गरिएको बताएका छन् । भने,“सचिवालयले कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने व्यवस्था प्रदेशसभा परिसरमै गराएको हो ।”

सचिवालयले मन्त्री, समितिका सभापतिहरु तथा सुरक्षाका सवारी साधनका चालक, रिपोर्टिङ्गमा जाने पत्रकारहरुसमेत दुई सय भन्दा धेरैको स्वाब संकलन गर्न सरकार समक्ष आग्रह गरेको थियो । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोनाको असर प्रदेशसभाको बैठकमा समेत परेको बताए । भने,“अब ठूलो र व्यवस्थित बैठक हल विलम्ब नगरी बनाउनुको विकल्प रहेन ।”

 

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved