लकडाउनको समयमा समेत मोरगंको सुन्दरहरैँचा नगरपालिकाले मानव स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सहित भौतिक विकासको काम समेत गर्दै आएको छ ।
कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले लगाएको लकडाउनका कारण लामो समय देखि बन्द रहेको विकाश निर्माणका कार्यहरु स्थानीय निकायले अघि बढाएका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाले पनि सामाजिक दुरी कायम गर्दै निर्माण कार्य अघि बढाएको छ ।
स्वास्थ्यका कार्यक्रमका साथै विकास निर्माणका काम समेत स्थानीय सरकारले गर्नु पर्ने तर्फ मध्यनगर गर्दै स्थानीयवासीहरुलाई नै काम दिएर २२ सय मिटर लामो सडक कालो पत्रे गरिदै आएको छ ।
सामाजिक दुरी कायम गर्दै स्थानीयले आफै मजदुरी गरेर सडक निर्माणको काम अघि बढाइएको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।
उनले भने, लकडाउनको समयमा रोजगारी नै गुमेको अवश्था छ, त्यसमा स्थानीयले नै काम गर्दा रोजगारी पनि शिर्जना हुन्छ, सडकको काम पनि सम्पन्न हुन्छ ।
निर्माण कार्य बिचैमा अलपत्र हुँदा स्थानीयले सास्ती भोग्दै आएका थिए । लामो समय देखि धुलाम्मे सडकका कारण सास्ती भोगेका स्थानीयहरु सडक कालो पत्रे हुन थालेपछि खुशी लागेको वताउँछन् ।
लकडाउनको समयमा पनि नगरपालिकाले राहत उपलव्ध गराउदै विकास निर्माणमा स्थानीयलाई परिचालन गरेकाले काम गर्न सहज भएको उनीहरुको भनाई छ ।