धरान १८ वडा कार्यालयले वी.पी. अस्पतालको भागवत धर्मशालामा रहेका २८ विरामी र कुरवाहरुलाई राहत वितरण ग¥यो ।

  • जेठ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

0धरानको १८ नं. वडा कार्यालयले भागवत धर्माशालाका २८ विरामी तथा कुरुवाहरुलाई राहत वितरण गरेको छ ।
वि.पी.अस्पतालमा किड्नीको डायलोसिस एवं उपचार गरिरहेको विरामी तथा विरामीका कुरुवाहरु लक डाउनका कारण अति नै समस्यामा परेका थिए ।
राहतमा १० केजी चामल, १ केजी नुन्, १ केजी दाल, १ लिटर तेल र १ केजी चना वितरण गरिएको थियो । सोमबार धरान १८ को वडा कार्यालयमा वडाध्यक्ष नरेन्द्र कुमार (प्रविण) राई, वडा सदस्य जमुना मोक्तान त्रिखत्री, दिनकुमारी राई, टंक गुरुङ्ग, जगदिप सुनुवार र कर्मचारी भक्ति राई लगायतले राहत वितरण गरेका थिए । स्थानीय समाजसेवी बुवा टेक बहादुर गुरुङ्ग, आमा प्रेम कुमारी गुरुङ्गले छोरा विकास गुरुङ्गको जन्म दिनको उपलक्ष्यमा उनका बुहारी संगिता गुरुङ्ग सहितले राहत सामग्री वडा मार्फत प्रदान गरेको वडाअध्यक्ष राईले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९, कोरोना भाईरसको संक्रमणको कारण धरान लकडाउन भएको ६१ दिन वितिसकेको छ ।
यतिका दिन सम्म घर आवत जावत गर्न समस्या भएकाले किड्नीको डायलोसिस गर्नुपर्ने विरामीहरु समस्यामा परेको हो ।
यस भन्दा पनि उक्त धर्मशालामा रहेर वीपी अस्पतालमा उपचार गरिरहेका विरामीहरुलाई राहत वितरण गरिएको थियो ।
वडा कार्यालयको समन्वय र आयोजनामा विभिन्न सहयोगी दाता तथा संस्थाहरुको सहयोगमा कुरुवाहरुका लागि दैनिक विहान वेलुका खानाको पनि व्यवस्था गर्दै आएको छ ।
जेष्ठ नागरिकहरुका लागि घरघरमा हर्लिक्स र बालबालिकाहरुका लागि पाकेट दुधको व्यवस्था गर्ने समेत योजना रहेको वडा सदस्य जमुना मोक्तान त्रिखतीले बताए ।
राहत वितरण कार्यमा समाजिक दुरी कायम गर्दै सेनिटाइजर र पञ्जा प्रयोग गरेर पूर्ण सावधानी अपनाईएको थियो ।
राहत वितरणका कार्यमा दाताका प्रतिनिधि रवि केसी, वडाका स्वस्थ्य स्वयमसेविका दिपा श्रेष्ठ, ईन्दु मगर तथा देवीथान संरक्षण तथा व्यवस्थापन समितिका मदन राई र दिपेश वान्तवाको सहभागिता रहेको थियो ।  
 
 
 
 
 
 
 
 
 

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved