समाचार

    Showing 9,851-9,860 of 10,062 items.
  • प्रदेश १ मा जम्मा १७ हजार ८८ जनाको कोरोना परीक्षण

    विराटनगर । प्रदेश १ मा १७ हजार ८८ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट जम्मा ११ हजार ३ सय २२ नमूको परीक्षण भएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको बुधबारसम्म ५ हजार ७ सय ६६ जनाको नमूना परीक्षण भएको छ । तीमध्ये प्रदेश १ मा बुधबारसम्म १०४ जनामा कोरोना पुष्टि भएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई ३० जना डिस्चार्ज भइसकेका छन् । यता, प्रदेश सरकारले निर्माण गरे

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ८८६ पुग्यो

    काठमाण्डैं नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप ११४ जानकारी दिएका छन् । कुल संक्रमितहरु मध्ये ७९६ परुष ९० जना महिला रहेका छन् भने संक्रमित रहेको जिल्लाको संख्या ४६ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। थप विवरण केही बेरमा

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,487 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापा बन्यो कोरोना हटस्पट, गौरदाहमा पहिलो पटक दुई जना संक्रमित फेला परे

    विराटनगर । झापा जिल्ला कोरोना संक्रमणको दृष्टिले प्रदेश १ मै केन्द्र बन्न पुगेको छ । जिल्लामा ५४ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ४८ जना पुगेको छ । भारतसंग सीमा जोडिएको कचनकवल गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन । बुधबार दिउँसो आएको परीक्षण नजिताअनुसार झापामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । १५ जना कचनकवल गाउँपाकिलाकाका छन् । नयाँसहित कचनकवलमा सक्रमितको संख्या ४८ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ । उदयपुरको भुल्केमा पहिलो पटक कोरोना सक्रमित भेटिएका थिए । सामाजिक विकास मन्त्रालयका अनुसार दुई जना भने ग

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १४ मा जनप्रतिनिधी कुटिदा वडाध्यक्षको बेवास्ता 

    सुनसरी । केही दिन अघि धरानको वडा नम्बर १४ का जनप्रतिनिधि सहित २ जना स्थानीय माथी भएको कुटपिटको घटनामा वडाध्यक्षले बेवास्ता गरेको भन्दै पिडितहरुले गुनासो गरेका छन् । वडाकी दलित महिला सदस्य मनिषा बिक सहित शिव चौकका झलक र लाई स्थानीय युवाहरुले मरणासन्न हुने गरि कुटपिट गरेका थिए । वडाकै काममा खटिएको अवस्थामा पनि जनप्रतिनिधिनै कुटिदा पनि वडाध्यक्ष कृष्णप्रसाद भट्टराई ले गैरजिम्मेवार जवाफ दिएको उनी हरु को गुनासो छ । कुटपिट मा सङ्लग्न युवाहरु गलत आचरणका भएकाले उनीहरु छुटेर आएपछी थप आक्रमण हुन सक्ने भन्दै पिडितहरु त्रसित बनेका छन । घटनाको विषयमा र भोलि आउन सक्ने असुरक्षा को बारेमा जानकारी गराउदा पनि

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,350 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो , ४३३९को मृत्यु

    काठमाडौं भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । भारतको बुधबार विहान सम्मको पछिल्लो तथ्याङ्क अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण बाट सावर्धिक प्रभावित देशहरुको सुचीमा भारत १० औं स्थानमा पर्छ । उक्त सुचीमा भारत सगै टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका पनि रहेका छन् । कोरोना संक्रमण बाट भारतमा हालसम्म ४ अजार ३सय ४९ जनाकोक्ष् मृत्यु भईसकेको छ । संक्रमण पुष्टि भएका मध्ये ६४ हजार २ सय ७७ जना संक्रमित उपचार पछि निको भएका छन् ।

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,185 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतको जोगबनी नाकाबाट अढाई सय जना विराटनगर भित्रिए, रुकुम–रोल्पाका पनि यतैबाट छिरे

    विराटनगर । भारत र नेपाली प्रशासनको समन्वयमा आज साँझ जोगबनी नाकाबाट दुई सय ५० जनालाई विराटनगर भित्र्याइएको छ । जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर ल्याइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपालतर्फ ल्याइएको जानकारी दिएका छन् । उनले भने,“नजिक पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ । तर,टाढाको भए विराटनगर

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,362 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • थप ९० जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमिको संख्या ७७२ पुग्यो

    काठमाण्डौं । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवत्ता डा. बिकास देबकोटाले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।  नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्।

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जाजरकोट घटना छानविन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

    काठमाडौं । जाजरकोटमा भएको दर्दनाक घटनाको छानविन गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानविन गर्न समिति गठन गरिएको बताउनु भएको छ । गृहमन्त्री थापाले राष्ट्रियसभाको मंगलबारको बैठकमा त्यसबारे जानकारी गराउनु भएको हो । सहसचिव संयोजक रहेको समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिवलाई राखिएको छ । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह युवती भगाउन रुकुम पश्च

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित संघद्वारा अन्तरजातिय विवाह गर्न खोज्‍नेको हत्यामा संलग्‍नलाई कारबाहीको माग

    काठमाडौं । नेपाली कांग्रसको भ्रातृ संगठन नेपाल दलित संघले रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको हत्या घटनामा संलग्नमाथि हदै सम्मको कारबाही माग गरेको छ । दलित संघले हत्या घटनाका पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको ब्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । चौरजहारी नगरपालिका वडा नं। ८ मा अन्तरजातिय विवाह गर्न खोज्दा गाउँलेहरुले सांघातिक आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिका वडा नं।४, रानागाउँका नवराज विकको मृत्यु भएको थियो । विकसँगै उनकी प्रेमिका ल्याउन गएका केही युवासमेत वेपत्ता रहेका बताइएको छ । दलित संघका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रेस वि

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,230 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै छानबिनको माग

    सुनसरी । धनकुटाको हिलेमा कार्यरत नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले छानबिनको माग गरेका छन् । रामधुनी ३ का हवल्दार मेजर पर्शुराम भट्राईको उपचारका क्रममा बिराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । २ नम्बर बाहिनी अड्डा हिलेमा कार्यरत रहेका भट्टराइको टाउकोमा गहिरो चोट लागेको थियो । परिवारलाई खबर नै नगरि सेनाले आफै एम्बुलेन्सबाट उनलाई विराटनगर पुर्याएको थियो । परिवारले घटना भएको ४८ घण्टा पछि मात्रै जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना शंकास्पद रहेकाले सत्यतथ्य जानकारी नदिए सम्म शव नबुझ्ने परिवारले बताएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 3,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved