सुनसरी । केही दिन अघि धरानको वडा नम्बर १४ का जनप्रतिनिधि सहित २ जना स्थानीय माथी भएको कुटपिटको घटनामा वडाध्यक्षले बेवास्ता गरेको भन्दै पिडितहरुले गुनासो गरेका छन् । वडाकी दलित महिला सदस्य मनिषा बिक सहित शिव चौकका झलक र लाई स्थानीय युवाहरुले मरणासन्न हुने गरि कुटपिट गरेका थिए ।
वडाकै काममा खटिएको अवस्थामा पनि जनप्रतिनिधिनै कुटिदा पनि वडाध्यक्ष कृष्णप्रसाद भट्टराई ले गैरजिम्मेवार जवाफ दिएको उनी हरु को गुनासो छ । कुटपिट मा सङ्लग्न युवाहरु गलत आचरणका भएकाले उनीहरु छुटेर आएपछी थप आक्रमण हुन सक्ने भन्दै पिडितहरु त्रसित बनेका छन । घटनाको विषयमा र भोलि आउन सक्ने असुरक्षा को बारेमा जानकारी गराउदा पनि वडाध्यक्षले गम्भिरतापुर्वक घटनालाइ नलिएको पिडित झलक तामाङले गुनासो गरे ।
उनले भने,ञपिडकका परिवारले जु सुकै गर्नुस हामिले छाडिदिएको भन्छन्, वडाध्यक्ष कुनै चासो नै लिनुहुन्न, भोलि हुनसक्ने घटनाको जिम्मेवारी कस्ले लिने, उनिहरु छुटेर आएपछी हामी असुरक्षित हुन्छौ ।झ सुरक्षा प्रदान गर्ने स्थानीय सरकारले नै बेवास्ता गरेको घटनाकी प्रत्यक्षदर्शी स्थानिय गङगा बिश्वकर्मा बताउछिन् ।
गाउँ ठाउँ मा हुने घटनाहरु मिलाउने काम वडाध्यक्षको भए पनि झन भद्रगोल बनाएको उनको आरोप छ । उनले भनिन् , ञतिनिहरु फर्केर आए पछि पुनः आक्रमण हुन्छ, उनिहरु पहिले देखिनै दुर्व्यसनी हुन, खाएर झगडा गर्छन्, हामी सुरक्षीत हुदैनौ ।झ वडाध्यक्षकै मिलेमतोमा पिडकलाइ जोगाउन खोजिएको उनिहरुको आरोप छ ।
ज्याननै जाने गरि कुट्पिट हुदा पनि प्रहरीले सार्बजनिक मुद्दा मात्रै चलाएको जनप्रतिनिधि मनिषा बिकका श्रीमान् रमेश बिश्वकर्मा बताउँछन् । घटनाको बिषयमा वडाध्यक्षले कुनै पनि सहयोग नगरेको उनको गुनासो छ । हामिले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउन खोज्दा जबर्जस्ती सार्वजनिक मुद्दा दर्ता गराउन दबाब दिएको उनले बताए ।