झापा बन्यो कोरोना हटस्पट, गौरदाहमा पहिलो पटक दुई जना संक्रमित फेला परे

  • जेठ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । झापा जिल्ला कोरोना संक्रमणको दृष्टिले प्रदेश १ मै केन्द्र बन्न पुगेको छ । जिल्लामा ५४ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ४८ जना पुगेको छ ।

भारतसंग सीमा जोडिएको कचनकवल गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन । बुधबार दिउँसो आएको परीक्षण नजिताअनुसार झापामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । १५ जना कचनकवल गाउँपाकिलाकाका छन् ।
नयाँसहित कचनकवलमा सक्रमितको संख्या ४८ पुगेको छ ।

प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ । उदयपुरको भुल्केमा पहिलो पटक कोरोना सक्रमित भेटिएका थिए । सामाजिक विकास मन्त्रालयका अनुसार दुई जना भने गौरादह नगरपालिकामा भेटिएका छन् ।

गौरदाहमा पहिलो पटक दुई जना संक्रमित फेला परेका हुन । यसअघि छिमेकी नगरपालिका दमकमा एक जनामा संक्रमण पुष्टि भएको थियो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोशी अस्पतालकी मेसु संगीता मिश्रले बुधबार दिउँसो परीक्षण नतिजा आएको बताइन ।

प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ । झापा कोरोना संक्रमित संख्याको दृष्टिले नयाँ केन्द्र बन्न पुगेको हो । उदयपुरको भुल्केमा भारतबाट आएका जमातीसहित उनीहरुको सम्पर्कमा आएका ३३ जना कोरोना देखिएको थियो । कोशी अस्पतालमा उपचारपछि २६ जना डिस्चार्ज भईसकेका छन् । बाँकी उपचारमा छन् ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved