नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै छानबिनको माग

  • जेठ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । धनकुटाको हिलेमा कार्यरत नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले छानबिनको माग गरेका छन् ।

रामधुनी ३ का हवल्दार मेजर पर्शुराम भट्राईको उपचारका क्रममा बिराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।

२ नम्बर बाहिनी अड्डा हिलेमा कार्यरत रहेका भट्टराइको टाउकोमा गहिरो चोट लागेको थियो । परिवारलाई खबर नै नगरि सेनाले आफै एम्बुलेन्सबाट उनलाई विराटनगर पुर्याएको थियो ।

परिवारले घटना भएको ४८ घण्टा पछि मात्रै जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना शंकास्पद रहेकाले सत्यतथ्य जानकारी नदिए सम्म शव नबुझ्ने परिवारले बताएको छ ।

यता सेनाले भने भट्टराई सिढीबाट खसेर मृत्यु भएको दाबी गरेको छ । घटनाको बिषयमा हिले ब्यारेकका एक क्याप्टेनले शव नबुझे सेनाबाट प्रप्त हुने सम्पूर्ण सुबिधाहरू रोक्का हुने भनेको मृतकका दिदी लक्ष्मी सुवेदीले बताईन् ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved