भारतको जोगबनी नाकाबाट अढाई सय जना विराटनगर भित्रिए, रुकुम–रोल्पाका पनि यतैबाट छिरे

  • जेठ १३, २०७७
  • "कुमार लुइँटेल"
alt

विराटनगर । भारत र नेपाली प्रशासनको समन्वयमा आज साँझ जोगबनी नाकाबाट दुई सय ५० जनालाई विराटनगर भित्र्याइएको छ ।
जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर ल्याइएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपालतर्फ ल्याइएको जानकारी दिएका छन् । उनले भने,“नजिक पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ ।

तर,टाढाको भए विराटनगरमा निर्मित होल्डिङ सेन्टरमा राखी पुनः नाम अद्यावधिक गरेर पठाइने छ ।” यसरी आएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षण गरिने पनि प्रजिअ भुजेलले जानकारी दिएका छन् ।

विराटनगरतर्फ पठाइने मानिसहरुको अवस्था बुझ्न विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि जोगबनी सीमासम्म पुगेका थिए । पराजुलीले भने,“अलपत्र पर्नु भएका नेपाली नगारिकहरु नेपाल आउनु भएको छ । उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने जिम्मा हामी सबैको हो ।” मेयर पराजुलीले समकक्षी भारतीय अधिकारीहरुसंग पनि यस विषयमा समन्वय भएको सुनाए ।

जोगबनी नाकाबाट आएका मानिसलाई अहिले साँझ विराटनगरको डिएभी स्कुलमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताए । भने,“पश्चिमतिरका धेरै नेपाली तीन दिनसम्म साईकल चढेर सीमासम्म आएका रहेछन् ।” पराजुलीले विराटनगरमा राखिएकाहरुलाई वास्थ्य परीक्षण गर्ने प्रबन्धसमेत हुने पराजुलीले बताएका छन ।
विराटनगर सीमाको भारतको जोगबनीमा महारष्ट्रसहित विभिन्न राज्यबाट नेपालीहरु आएका थिए ।

यसैगरी जोगबनी क्षेत्रमै बनाइएको क्वारेन्टाइनमा समेत मानिसहरु बसेका थिए । प्रजिअ भुजेलले औपचारिक रुपमा पहिलो चरणमा ती मानिसलाई जोगबनीबाट विराटनगरतर्फ ल्याइएको जानकारी दिए । भारतबाट आउने मानिसलाई राख्नको लागि प्रदेश १ सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टरहरुसमेत बनाएको छ ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मक कार्कीले सीमासम्म आइपुगेका र देश आउन चाहने आफ्ना नागरिकलाई त्यसै अलपत्र छाड्न नसकिने बताए । भने,“आउनेहरु सबैको स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पाइए उपचार गर्ने प्रदेश सरकारले प्रबन्ध गरेको छ ।” कार्कीले नाकासम्म आउने मानिसलाई यता ल्याएर होल्डिङ सेन्टरमा राख्ने कामलाई गति दिइने बताए । सरकारले पन्ध्र हजार जना अटाउने गरी यस्ता सेन्टर बनाइरहेको छ ।

सीमासम्म आएका धेरै मानिसहरु बिहारको ११ औं ठूलो सहर मुंगेरबाट जोगबनीसम्म आईपुगेका छन् ।फोटो क्याप्सन ः मंगलबार बिहान भारतको जोगबनी नाकाबाट विराटनगरतर्फ नेपालीलाई ल्याइँदै ।

 

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved