समाचार

    Showing 9,701-9,710 of 10,062 items.
  • अत्याधुनिक सिटि स्क्यान मेसिन खरिद गर्दै विपी प्रतिष्ठान

    नेपालको पूर्वी क्षेत्रको रिफरल केन्द्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरु भएको छ । प्रतिष्ठानमा रहेको सिटि स्क्यान मेसिन बर्षौं देखि बिग्रिएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति सँगै आधुनिक सिटि स्क्यान मेसिन उपकरण खरिद प्रक्रिया शुरु भएको हो । आर्थिक बर्ष समाप्त हुनै लाग्दा प्रतिष्ठानको पहललाई सकारात्मक लिँदै स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा र​कमान्तर गरिएको २० करोड बजेटसँगै प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो । अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बि

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,048 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीमा थप १७ जना कोरोना संक्रमण

    धरान / धारन स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरी जिल्लामा संक्रमितको संख्या १ सय ३८ जना पुगेको छ । सप्तरीको हनुमान नगर नगरपालिकाकाको क्वारेनटाइनमा बसेका १५ जना, बोदेवर्साईन नगरपालिकाको क्वारेनटाइनमा बसेका १ जना र महादेवा गाउँपालिकाको क्वारेनटाइनमा बसेका १ जना गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका १८ वर्ष देखि ३६ वर्षीका पुरुष भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,104 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्र बैंक द्वारा सार्वजनिक बिदामा पनि सबै वर्गका बैंक खोल्न निर्देशन

    काठमाडौं । शनिवार लगायतका सार्वजिनक विदाको दिन पनि सबै वर्गका बंैक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । करदाताहरुको सुविधाको लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । सार्वजनिक विदाको दिनको पनि चारदेखि पाँच हजार चेक क्लियरिङ हुने गरेको दैनिक रुपमा यसको संख्या बैढ्दै गईरहेको राष्ट्र बैंकले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,488 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय समूहद्वारा सशस्त्र प्रहरी पोष्टमा आक्रमण , एकको मृत्यु २ घाइते

    सर्लाही । भारतयी एक समुहले सशस्त्र प्रहरी बलको पोष्टमा आक्रमण गरेको छ ।शुक्रबार बिहान नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले पोष्टमै आक्रमण गरेका हुन् । भारतीय समुहबाट आक्रमण भएपछि त्यसलाई रोक्न शस्त्र प्रहरीले गोली सकेत चलाएको छ । प्रहरीको गोली लागेर भारतीय समूहतर्फका एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सशस्त्र प्रहरीले भारतीय समुहलाई रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ गर्न परेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित समुदायलाई सामाजिक समावेशीकरण तथा छुवाछुत अभिमुखिकरण तालिम

    धरान । दलित तथा महिलाहरु माथि हुने विभेद अन्त्यका लागि उपेक्षित उत्थान सरोकार केन्द्र धरानले १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत विहिबार केन्द्रले धरान वडा नम्बर ८ का दलित समुदायका ४५ जना महिला तथा पुरुषहरुलाई लैङिगक समानता, सामाजिक समावेशिकरण र छुवाछुत सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गरेको हो । कार्यक्रमको समापनमा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङले सामाजिक वैचारिक महामारीले ग्रस्त पारेको समाज परिवर्तनका लागि अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले संविधान, कानुनलाई कार्यान्यवन गर्न चुनौति रहे पछि त्यसलाई चिर्दै स

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट सिधै घर आइपुगेका सुनसरीको वराहक्षेत्र ४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइयो

    कालाबन्जर / भारतबाट सिधै घर आइपुगेका सुनसरीको वराहक्षेत्र ४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइएको छ । भारतको गुजरातमा मजदुरी गर्दै आएका उनी ५ दिन अगाडि सुनौली बोर्डर आइपुगेको बताउँछन् । उनले भने ‘कसैले खोजी खबर गरेन घरसम्म आउने आधार केही नभेटेपछि ७ जना मिलेर ६ हजारका दरले भाडा तिरेर आएका हौ ।’ उनीसँगै आएका मध्ये २ जना सप्तरीमा झरेका छन् भने अर्का १ जना सुनसरीको झुम्कामा र अरु ३ जना मोरङको सुन्दर हरैंचा गएका छन् । यसरी अव्यवस्थित रूपमा घरमै आइपुग्दा सुरक्षा व्यवस्था हेरेर आश्चर्यमा परेको सोही वडाका अध्यक्ष आशाराम चौधरीले बताउँछन् । उनले भने ‘मैले सिडियो साब लगायत मा

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,308 पटक पढिएको
    • "अच्युत भट्टराई "
  • लेखनवृत्ति अनुदान वराहक्षेत्रका ४ सञ्चारकर्मीलाई

    सुनसरी / वराहक्षेत्र नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्ने लेखनवृत्ति (फेलोसिप) स्थानीय ४ जना सञ्चारकर्मीलाई प्रदान गर्ने भएको छ । सुनसरी सामुदायिक एफएमको आयोजनामा स्थानीय सञ्चारकर्मीलाई प्रशिक्षणसँगै फेलोसिप प्रदान गरिने कार्यक्रम संयोजक विमला घिमिरेले जानकारी दिइन् । फेलोसिपमा सहभागीलाई दुई सेशनमा प्रशिक्षण प्रदान गरी फेलोसिप लेखनका लागि फिल्डमा पठाइने बताइएको छ । प्रशिक्षणको सहजीकरण जनता टिभीमा आबद्ध पत्रकार दिनेश गजमेर र स्थानीय पत्रकार सन्तोष गुप्ताले गर्नेछन् । फेलोसिपका लागि ‘वराहक्षेत्र नगरपालिकामा क्वारेन्टाइनको अवस्था’का विषयमा र ‘लकडाउनको अवस्थामा वराहक्षेत्रका

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयबाट ६८ करोड विनियोजन

    धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ करोड रुपैया विनियोजन गरेको छ । मन्त्रालयले दोस्रो प्राथमिकतामा राखेर प्रतिष्ठानलाई संघले मात्र संचालन गर्ने कार्यक्रम अन्र्तगत ६८ करोड रुपैया विनियोजन गरेको हो । मन्त्रालयले स्वास्थ्य सेवाका लागि वार्षिक विकाश कार्यक्रम मार्फत विनियोजन गरेको ९० अर्ब ६९ करोड १ लाख रुपैया अन्र्तगत प्रतिष्ठानलाई ६८ करोड विनियोजन गरेको छ । विनियोजित बजेट नेपाल सरकारद्वारा जारी भएका विभिन्न नितिगत निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएका निर्देशिका र माप

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जातीय विभेदकै कारण रुकुम हत्याकाण्ड (स्थलगत प्रतिवेदन सहित)

    सुनसरी । जातीय विभेदकै कारण रुकुम पश्चिम चौरजहारी हत्याकाण्ड भएको राष्ट्रिय दलित पत्रकार संघको टोलिले गरेको स्थलगत अध्ययनबाट खुलेको छ । जातीय विभेद तथा छुवाछुत कै कारण प्रेम सम्बन्ध अस्विकार्य हुँदा सामुहित हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटना जातीय विभेदका आधारमा योजनावद्ध रुपमा घटाइएको संघले प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जागरण मिडिया सेन्टर, समता फाउण्डे्न र आइसीआरडी इन्टरनेशनल लगायतका संघसंस्थाहरुको अध्ययन टोलीको प्रतिवेदन अनुसार सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठा भ

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योग,व्यापार, व्यवसाय,पसल र डिपार्टमेन्ट स्टोरहरु बिहिबारदेखि खुला गर्ने निर्णय

    कोरोना महामहारीको कारण सरकारले लकडाउन जारी गरे सँगै बन्द भएका उद्योग,व्यापार, व्यवसाय,पसल र डिपार्टमेन्ट स्टोरहरु सरकारले बिहिबारदेखि खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । खाद्य वस्तुको बिक्रीवितरण सहज गर्न खुला गरिएको उनले बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,121 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved