धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ करोड रुपैया विनियोजन गरेको छ ।
मन्त्रालयले दोस्रो प्राथमिकतामा राखेर प्रतिष्ठानलाई संघले मात्र संचालन गर्ने कार्यक्रम अन्र्तगत ६८ करोड रुपैया विनियोजन गरेको हो । मन्त्रालयले स्वास्थ्य सेवाका लागि वार्षिक विकाश कार्यक्रम मार्फत विनियोजन गरेको ९० अर्ब ६९ करोड १ लाख रुपैया अन्र्तगत प्रतिष्ठानलाई ६८ करोड विनियोजन गरेको छ ।
विनियोजित बजेट नेपाल सरकारद्वारा जारी भएका विभिन्न नितिगत निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएका निर्देशिका र मापदण्ड बमोजिम खर्च गर्ने गरि वित्तिय हस्तान्तरण गर्ने व्यवस्था गरिएको जनाएको छ ।
प्रतिष्ठानको लागि विकाश र प्रगतिका लागि बजेट विनियोजन गरिएको बुझिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा वार्षिक विकाश कार्यक्रममा उल्लेखित मुख्य कार्यक्रम र बजेट विनियोजन गरि कार्यान्यवनका लागि क्रियाकलाप तथा उपक्रियाकलापहरुको आवश्यक कार्यविधि तथा मार्गदर्शन नमुना तयार गरि संचालनका लागि मन्त्रालयमा उपलब्ध गराउनु पर्ने छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार चालु खर्चका लागि ३६ करोड ५० लाख पुजिगत खर्चका लागि ३१ करोड ५० लाख विनियोजन भएको हो । लेखा प्रमुख कमल कुमार रायमाझीका अनुसार चालु खर्चका लागि विनियोजित बजेट प्रतिष्ठानको संचालन खर्चमा रहनेछ भने पुजिगत खर्चबाट भौतिक निर्माण सहित मेशिनरी खरिदमा खर्च गरिनेछ । पुँजिगत खर्च तर्फको रकम एमसिएच भवन निर्माणका लागि २० करोड र विभिन्न मेशिनरी सामान खरिद गर्न ११ करोड ५० लाख खर्च हुने उनले बताए ।
सरकारद्वारा विनियोजित बजेटसंघीय सरकारले स्वास्थ्य मन्त्रालय सहित अन्य ४१ वटा स्वास्थ्य केन्द्रका लागि बजेट विनियोजन गरेको छ ।