भारतबाट सिधै घर आइपुगेका सुनसरीको वराहक्षेत्र ४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइयो

  • जेठ ३०, २०७७
  • "अच्युत भट्टराई "
alt

कालाबन्जर / भारतबाट सिधै घर आइपुगेका सुनसरीको वराहक्षेत्र ४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइएको छ ।

भारतको गुजरातमा मजदुरी गर्दै आएका उनी ५ दिन अगाडि सुनौली बोर्डर आइपुगेको बताउँछन् ।

उनले भने ‘कसैले खोजी खबर गरेन घरसम्म आउने आधार केही नभेटेपछि ७ जना मिलेर ६ हजारका दरले भाडा तिरेर आएका हौ ।’ उनीसँगै आएका मध्ये २ जना सप्तरीमा झरेका छन् भने अर्का १ जना सुनसरीको झुम्कामा र अरु ३ जना मोरङको सुन्दर हरैंचा गएका छन् ।

यसरी अव्यवस्थित रूपमा घरमै आइपुग्दा सुरक्षा व्यवस्था हेरेर आश्चर्यमा परेको सोही वडाका अध्यक्ष आशाराम चौधरीले बताउँछन् । उनले भने ‘मैले सिडियो साब लगायत माथिल्लो निकायमा खबर गरिसकेको छु यसरी मान्छे किन छोडियो ?’

ती युवकलाई वडा अध्यक्षको उपस्थितिमा एम्बुलेन्सबाट वराहक्षेत्रस्थित महेन्द्र माविमा रहेको क्वारेन्टाइनमा पठाइएको छ ।

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved