धरान । दलित तथा महिलाहरु माथि हुने विभेद अन्त्यका लागि उपेक्षित उत्थान सरोकार केन्द्र धरानले १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत विहिबार केन्द्रले धरान वडा नम्बर ८ का दलित समुदायका ४५ जना महिला तथा पुरुषहरुलाई लैङिगक समानता, सामाजिक समावेशिकरण र छुवाछुत सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गरेको हो ।
कार्यक्रमको समापनमा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङले सामाजिक वैचारिक महामारीले ग्रस्त पारेको समाज परिवर्तनका लागि अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले संविधान, कानुनलाई कार्यान्यवन गर्न चुनौति रहे पछि त्यसलाई चिर्दै समाज परिवर्तन र बदल्न आवश्यक रहेको बताए ।
कार्यक्रमको अवसरमा कलाकारिता क्षेत्रबाट समाज परिवर्तनमा योगदान पुर्याएका दुई जना वडावासीलाई सम्मान गरेको छ । कलाकारिता क्षेत्रबाट योगदान पुर्याएका धरान निवासी अनिल गजमेर र नविन रम्तेललाई सम्मान गरिएको हो ।
तालिमको सहजीकरण लैङिगक समानताको विषयमा महिला अधिकारकर्मी चेतना श्रेङ, छुवाछुत सम्बन्धी विजय अछामी र सामाजिक समावेशीकरणको विषयमा तारा लामगादेले सहजीकरण गरेका थिए ।
केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष राम कुमार थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दलित विकाश समितीका संयोजक किशोर परियार, धरान उपमहानगरपालिकाकी न्यायिक समिती सदस्य तथा कार्यपालिका सदस्य सावित्री परियार, परियार सेवा समाजका केन्द्रिय सदस्य लक्ष्मण दास लगाएतको उपस्थिती रहेको थियो ।