समाचार

    Showing 9,251-9,260 of 10,057 items.
  • इलाममा सवारी कार्वाहिमा ३० लाख राजश्व गिरावट

    इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ ।  कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 936 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ज्यान मार्ने मुद्धामा फरार उदयपुरका २ अभियुक्त पक्राउ

    सुनसरी । ६ वर्ष अघि उदयपुर जिल्ला अदालतले ज्यान मार्ने मुद्धामा कैद सजाय फैसला गरेको फरार २ अभियुक्तलाई उदयपुर जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अदालतमा पठाएको छ । गत साउन ११ गते इलाका प्रहरी कार्यालय बेल्टारको टोलिले फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । २०७१ साल कात्तिक ९ गते जिल्ला अदालतले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ को भालुखोपका वर्ष २८ का धन बहादुर राई र वर्ष २५ का अमर राईलाई ज्यान मार्ने उद्योग मुद्धामा ५/५ वर्ष कैद सजाय सुनाएको थियो । सोही समय देखि दुवै अभियुक्त फरार रहेका थिए । घरमै लुकिछिपी बसिरहेको अवश्थामा विशेष सुचनाको आधारमा प्रहरीले घर बाटै पक्राउ गरि कैद भुक्

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  १३९  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना  पुगेको छ । थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन् । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६२६  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ जना रहेका छन् । भोजपुर

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नर्सलाई कोरोना संक्रमण भएपछि कोशी अस्पतालको पोस्टनाटल वार्ड सिल

    विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संक्रमित चिकित्सकको सम्पर्कमा रहेका चार जना नर्सलाई पनि कोरोना देखिएको छ । संचालक चिकित्सकलाई कोरोना भएपछि अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“अस्पताल सञ्चालक तथा चिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाएका थियौं । ” महानगरले अस्प

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,151 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनको मुुल्य वृद्धि हुँदा आज फेरी नयाँ रेर्कड

    काठमाडौं / सुनको मुल्य आज सोमबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १२  सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । हिजो आइतबार सुनको मुल्य तोलाको ९६ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार सोमबार छापावाल सुुनको भाउ प्रतितोला १२ सयले बढेपछि तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै ,  चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,431 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराट शिक्षण अस्पतालका चिकित्सकको सम्पर्कमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर । गत साताको मंगलबार संक्रमण पुष्टि भएका बिराटनगरको एक अस्पतालका चिकित्सकको सम्पर्कमा आएका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित डाक्टरको सम्पर्कमा आएका ५८ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । संक्रमण देखिएका चारै जना अस्पतालकै कर्मचारी रहेका छन् । पोजेटिभ देखिएका चारजना स्वास्थ्यकर्मी एवं स्टाफ नर्स हुन् । अरु ५४ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ । अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् । अस्पतालमा करिब तीन सयको संख्यामा कर्मचारी कार्यरत रहेको रहेका छन् । पहिलोचर

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चालकको पिडा : हातमा दश जनाको ज्यान, गाडीमा उठेको भाडा भन्दा दोब्बर खर्च

    इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ । सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरेपनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या हुनुको कारण भने हिलाम्मे सडक र सडक स्तरोन्नतिका नाममा सोलिङ भत्काए हुन थालेका हुन् । लामो समय लकडाउनका कारण यातायात सञ्चालन नभएर आवतजावतमा समस्या भोगिरहेका फाकफोकथुमका सर्वसाधारण लकडाउन खुलेसँगै यातायात सञ्चालन हुनेमा आशाबादी थिए । लकडाउनका कारण घरमै रहेका फाकफोकथुमबासी अहिले लकडाउन खुल्दा त्

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,047 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • तरकारी बजारमा आगलागी हुदा लाखौको क्षति

     धरान । तरकारी बजारमा आगलागी हुदा करिब २० पसल जलेर नष्ट भएको छ । सोमबार (आज) बिहानै धरान उपमहानगरपालिका-२ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा करिब २० बटा पसल जल्दा झण्डै ५० लाख बराबरको क्षति भएको छ। आगलागीबाट रमा चौहन खतीवडा, कल्पना तामाङको होटेल तथा फलफुल पसल, ज्ञान कुमारी श्रेष्ठको फलफुल तथा किराना पसल, लगायतका करीब २० वटा पसल पूर्णरुपले जलेर नष्ट भएको छ । करिब बिहान साढे ४ बजे तिर व्यावसायी रमा चौहान खतीवडाको कस्मेटिक पसलबाट विद्युत सर्ट भई आगलागी सुरु भएको स्थानीयको भनाइ छ । बिहान पसल खोल्न आईनपुग्दै आगाले सबैको पसल खरानी पारेको स्थानीयहरुले बताएका छन् । स्थानीयवासी, धरान उपमहा

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीका उच्च अदालतका न्यायधिस सहित ७ जनामा कोरोना संक्रमण

    सप्तरी । सप्तरीको राजविराजस्थित उच्च अदालतका न्यायधिस सहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजविराज इजलासका न्यायाधिस, एक जना प्रहरीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतवार आएको परीक्षण रिपोर्ट अनुसार ५८ वर्षीय न्यायाधिस र ३२ वर्षीय प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । न्यायाधिस काठमाण्डौ निवासी हुन भने प्रहरी सिरहा निवासी रहेको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । उनका अनुसार केहीअघि मात्रै उच्च अदालत सरकारी वकिल कार्यालय राजविराजका प्रमुखमा संक्रमण पुष्टि भएपछि न्यायाधि

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “उपकुलपतिको कार्यकक्षबाट वी पीको तस्वीर नहटाइएको सरसफाईको क्रममा झिकिएको हो ”प्रतिष्ठान (विज्ञप्ति सहित)

    धरान / धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्य कक्षबाट विश्वेश्वर प्रसाद (वी.पी )कोइरालाको तस्वीर हटाइएको भन्ने समाचार बारे प्रतिष्ठानको गम्भिर ध्यानाकषर्ण भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाको हस्ताक्षर भएको एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर राख्ने क्रममा कोइरालाको तस्वीर सरसफाई गर्ने क्रममा निकालिएको र पुन : उचित ठाउँमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा महामानव वी पी कोइरालाको नाममा रहेको प्रतिष्ठान हाम्रो गौरब रहेको र सो कुुरालाई प्रतिष्ठा

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,681 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved