तरकारी बजारमा आगलागी हुदा लाखौको क्षति

  • श्रावण १२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

 धरान । तरकारी बजारमा आगलागी हुदा करिब २० पसल जलेर नष्ट भएको छ । सोमबार (आज) बिहानै धरान उपमहानगरपालिका-२ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा करिब २० बटा पसल जल्दा झण्डै ५० लाख बराबरको क्षति भएको छ।

आगलागीबाट रमा चौहन खतीवडा, कल्पना तामाङको होटेल तथा फलफुल पसल, ज्ञान कुमारी श्रेष्ठको फलफुल तथा किराना पसल, लगायतका करीब २० वटा पसल पूर्णरुपले जलेर नष्ट भएको छ ।

करिब बिहान साढे ४ बजे तिर व्यावसायी रमा चौहान खतीवडाको कस्मेटिक पसलबाट विद्युत सर्ट भई आगलागी सुरु भएको स्थानीयको भनाइ छ । बिहान पसल खोल्न आईनपुग्दै आगाले सबैको पसल खरानी पारेको स्थानीयहरुले बताएका छन् ।

स्थानीयवासी, धरान उपमहानगरपालिकाको बारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागी के कसरी भयो भन्ने खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved