काठमाडौं/ बानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएपछि राजधानीको मुख्य चोक झन् तनावग्रस्त बनेको छ। सरकारले कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीहरूको आक्रोश कम भएको छैन। उल्टै, उनीहरू अझ सङ्गठित भई सडकमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्। संसद् भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरेर प्रदर्शन नियन्त्रण गर्न खोजेको छ। तर प्रदर्शनकारीले पनि संसद् भवन वरिपरि आगजनीको प्रयास गरेका छन्। भागदौडबीच केही जना घाइते भएका छन् भने स्थिति अझै तनावपूर्ण छ। बानेश्वर चोक अहिले राजधानीको सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ।
काठमाडौं/ भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनजीले काठमाडौंमा आयोजना गरेको प्रदर्शनमा आज तनावपूर्ण अवस्था सिर्जना भएको छ। बिहान ९ बजेदेखि माइतीघर मण्डलाबाट सुरु भएको विरोध मार्च बानेश्वर पुग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। देशभर एकसाथ विरोध प्रदर्शनमा उत्रिएका जेनजी कार्यकर्ताहरू पछिल्लो समयमा सरकारले सामाजिक सञ्जाल बन्द गरेको कदमप्रति विशेष आक्रोशित देखिएका थिए। यही कारण उनीहरूले सामाजिक सञ्जालमार्फतै सरकारविरुद्धको आन्दोलनलाई जनस्तरमा उतारेका हुन्। शान्तिपूर्ण रूपमा अघि बढिरहेको प्रदर्शन बानेश्वरमा पुग्दा परिस्थिति चर्किएको थियो। माइतीघरबाट आएको समूहले प्रहरीको ब्यारिके
काठमाडौँ/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ भई आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनसम्म चल्ने यो अवधिभर दिवंगत पितृप्रति श्रद्धा अर्पण गरिन्छ। यस क्रममा प्रत्येक तिथिमा तर्पण, सिदादान र पिण्डदान गरी दिवंगत पितृलाई सम्झने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन शास्त्रीय परम्पराअनुसार, कुनै ठूलो चाडपर्व, यज्ञ–यागादि वा महत्वपूर्ण कार्य अघि पितृलाई श्रद्धा–भक्तिसहित सम्झनु अनिवार्य मानिन्छ। शास्त्रीय विश्वासअन
धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आइतबार उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले सञ्चारकर्मीहरूसँग विशेष छलफल कार्यक्रम गर्नुभयो। प्रतिष्ठानको उपकुलपतिको बैठक हलमा सम्पन्न कार्यक्रममा धरानका अग्रजदेखि युवा पत्रकारहरूले बीपीमा देखिएका समस्या, अनियमितता र भ्रष्टाचारबारे खुलेर सुझाव राखे। कार्यक्रममा पत्रकार मणिराज भट्टराईले एउटै पदमा लामो समयदेखि बसेका व्यक्तिका कारण संस्थाभित्र भ्रष्टाचार मौलाएको गम्भीर समस्या औंल्याए। अग्रज पत्रकार हर्ष सुब्बाले शैक्षिक कोटा घटेको विषयमा प्रश्न उठाउँदै यसको पुनःवृद्धिका लागि के पहल भएको छ भन्नेबारे जानकारी माग गरे। नेपाल पत
धरान/तोकिएको समयभन्दा ढिलो सुरु भएको धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठकमा आगामी नगरसभामा पेश गर्ने नीति तथा कार्यक्रम र कर दरमा सहमति जुट्न सकेन। एमालेका जनप्रतिनिधिहरूले संशोधनबिनै नीति तथा कार्यक्रम आएको भन्दै आपत्ति जनाएपछि निर्णय स्थगित भएको हो। बैठकले अब भदौ २५ गते बिहान बस्ने कार्यपालिका बैठकमार्फत अन्तिम प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। करसम्बन्धी विषयमा पनि असहमति देखिएको छ। एमाले कार्यपालिका सदस्य अनुप देवानले पाँच बुँदे संशोधन प्रस्ताव पेश गरेका थिए भने वडा ९ का अध्यक्ष रुपेश आचार्य र वडा १९ का अध्यक्ष पुर्ण लिम्बुले कर वृद्धिले जनतामा बोझ पर्नेस भन्दै राहत दिनुपर
सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिकास्थित सुन्दरदुलारी उद्योग वाणिज्य संघको ११औं बार्षिक साधारणसभाले रमेश थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। साधारणसभाले सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई पनि सर्वसम्मत निर्वाचित गरेको छ। निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष हिरन्य कालाखेति (अर्जुन), द्वितीय उपाध्यक्ष यसोन श्रेष्ठ (मिलन), महासचिव कमल दाहाल, सचिव मनिता दंगाल र कोषाध्यक्ष अम्बिका पुरी रहेका छन्। त्यस्तै, संघका सदस्यहरूमा कमल ढुङ्गाना, प्रल्हाद थोप्रा, लिलाप्रसाद अधिकारी, भिककुमारी ढकाल, धुर्व निरौला, मदन दाहाल र रमेश आचार्य निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक बालकृष्ण आचार
धरान/ धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागि भव्य कार्यक्रम आयोजना गरेको छ। शनिबार धरान–१५ स्थित चुम्लुङ हिममा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले समूहगत नृत्य, गायन तथा सांगीतिक र सांस्कृतिक प्रस्तुतिहरू मार्फत नयाँ आगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत गरेका थिए। कलेजका अध्यक्ष कैलास आङ्दाम्बेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्र खड्का, प्याब्सन धरान अध्यक्ष दीपक घिमिर
धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएकी छन्। शनिबार दिउँसो काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्। बेपत्ता हुनेमा सर्लाही, हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेको प्रहरीले जनाएको छ। उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी समेत मोटरसाइकलमा सवार रहेकी थिइन्। खोलाले बगाउँदा पञ्चकोटी बेपत्ता भ
इलाम/ जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रूपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रूपमा जहाज उडानको आस गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विर
सुनसरी/ आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श, ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन र १:४१ बजे मोक्ष हुनेछ। यो ग्रहणको खग्रास अवस्था १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ ज्योतिषीय प्रभावज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक–फरक असर गर्ने बताइएको छ। मेष : लाभ वृ