काठमाडौं/प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरका अनुसार नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते बिहीबार हुने तय गरिएको छ। यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। शपथ ग्रहणपछि कार्कीले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालिसकेकी छन्।
काठमाडौँ/असामान्य राजनीतिक परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै पदमा नियुक्त गर्ने र राति ९ बजे शपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। यसअघि, नयाँ सरकार गठनका विषयमा छलफल गर्न कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल शीतल निवास पुगेका थिए। लामो छलफलपछि अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिने सहमति बने पनि संसद् विघटनबारे भने लामो छलफल भएको थियो । पोखरेलका अनुसार यो विषयमा कार्की
सुनसरी /पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार बेलुकी शीतल निवासमा बसेको उच्चस्तरीय छलफलपछि ‘आवश्यकताको सिद्धान्त’ का आधारमा यस्तो निष्कर्ष निकालेको स्रोतले जनाएको छ । संविधानको धारामा स्पष्ट प्रावधान नहुँदा पनि संसद विघटन नगरी, संविधानलाई यथावत् राख्दै र राजनीतिक दलहरूको सहमतिमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन लागेकी हुन् । अहिले बिहान ९ बजे उनलाई शपथ खुवाइने तयारी भएको छ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। वार्तामा संसद्
झापा । नेपाल र भारतको पुर्वी नाका झापाको काकडभिट्टामा जेन–जी आन्दोलनका कारण सीमा नाका भारतले बन्द गरेको छ। काँकडभिट्टा, रानी, भद्रपुर र अन्य नाकामा आवागमन पूर्ण रूपमा रोकिँदा सयौं यात्रु सीमामा अलपत्र परेका छन् ।व्यापारिक गतिविधि समेत ठप्प हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थ र अन्य सामग्री ढुवानी प्रभावित भएको छ। भारतीय सुरक्षा निकायले सीमाक्षेत्रमा कडा निगरानी राखेको छ भने नेपालतर्फ पनि सेना र प्रहरीको सुरक्षा सतर्कता बढाइएको छ ।तस्वीर श्रोतः इकान्तिपुर
विराटनगर । मंगलबार जेनजी समुहको आन्दोलनले कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको सचिवालयका कर्मचारीले बताए ।
मंगलबार विहान शुरुमा सर्वोच्चको फाँटमा प्रदर्शनकारी छिरे । • कागजातहरु एक ठाउँमा जम्मा गरे अनि आगो लगाए • पहिलो तल्लामा रहेको श्रीयन्त्र अनि आँखी झ्याल जलाए • सर्वोच्च परिसरमा रहेका सवारी साधनहरुमा आगजनी शुरु भयो । • तेस्रो तल्लामा रहेको आइटी कक्षमा प्रवेश गरे । त्यसमा आगजनी गरे • दोस्रो तलमा रहेको प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारको चेम्बर जलाए • सीमित सुरक्षाकर्मीहरुले ठूलो संख्यामा आएका प्रदर्शनकारीहरुलाई थेग्न सकेनन् । • प्रदर्शनकारीहरुको अर्को टोलीले सर्वोच्च अदालतको एनेक्स भवनको भुईंतलामा रहेको अभिलेख शाखामा आगजनी ग
काठमाण्डौ/ नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । –बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ । –गौशाला(चाबहिल(बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । –काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक
काठमाण्डौ।आन्दोलनरत जेन जीले वार्ता गर्न प्रधानसेनापतिलाई प्रस्ताव पत्र पठाएका छन् । वार्ता प्रस्तावमा अन्तरिम सरकार गठन, शान्ति र स्थायित्व, प्रतिनिधि सभा विघटन, संविधान संशोधन वा पुनर्लेखन, नयाँ चुनाव लगाएतका विषय समावेश गरिएका छन् । यो आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सबैलाई आधिकारिक रूपमा ‘शहीद’ घोषणा गर्ने जेन जीको प्रस्तावमा उल्लेख छ ।
सुनसरी/ नेपाली सेनाले काठमाण्डौ उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुका ५ बजेसम्म निरन्तर रहने जनाएको छ । त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू कायमै रहनेछ । आन्दोलनका नाममा अझै पनि विभिन्न ठाउँमा अराजक गतिविधि भइरहेका र सुरक्षालाई ध्यानमा राखेर अहिले लागु भएको निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको सेनाले जनाएको छ । निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा आज सूचना निकालेर सेनाले यो बेला अत्यावश्यक सेवाका गाडी जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका गाडी सञ्चालन हुने जनाएको छ । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ । साथै आधिकारीक सूचना सम्प्
काठमाडौं/ सोमबारको जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ । सबै रबरको गोली लागेर गम्भीर घाइते थिए। प्रहरीको बल प्रयोगपछि प्रदर्शन थप हिंसात्मक बनेको छ। दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू जारी भए पनि आन्दोलन रोकिएको छैन। नयाँ बानेश्वर क्षेत्र हाल पनि तनावग्रस्त छ, र घाइतेको संख्या अझै निश्चित भएको छैन।