बस व्यवसायी तथा उपभोक्ता प्रवर्द्धन केन्द्रकाे अध्यक्ष मा नेत्र बहादुर थापा  चयन

  • मंसिर २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बस व्यवसायी तथा उपभोक्ता प्रवर्द्धन केन्द्रकाे नयाँ सञ्चालक समिति गठन गरिएको छ । केन्द्रकाे साताै बार्षिक साधारण सभाले  नेत्र बहादुर थापाको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो।

  निवर्तमान अध्यक्ष  कृष्ण प्रसाद सुवेदी  (धरान–१५) लाई  संस्थाकाे   प्रमुख सल्लाहकार तथा संरक्षकका रूपमा चयन गरेकाे छ ।  

  केन्द्रकाे वरिष्ठ उपाध्यक्षमा राजमणि निरौला (धरान–१५) चयन भएका छन् भने उपाध्यक्षमा बाबुराम कार्की (धरान–८) रहेका छन्।

त्यसैगरी महासचिवमा  गोविन्द महराई (सुन्दरहरैंचा), कोषाध्यक्षमा फडिन्द्र बहादुर कार्की (धरान–१५) र सचिवमा सूर्य बहादुर लिम्बु (धरान–१०) चयन भएका छन्।

सञ्चालक समितिका सदस्यहरूमा बाबुराम सुब्बा (इटहरी–४), बाबुलाल लामा (धरान–११),सञ्जय पौडेल (इटहरी),टिका प्रसाद निरौला (इटहरी, तरहरा), राजेश श्रेष्ठ (दमक), रुद्र बराल (उर्लाबारी),राज कुमार पौडेल (उर्लाबारी),मदन खड्का (रामधुनी, झुम्का),जीवन खनाल ‘जनक’ (विराटनगर), राज कुमार साह (विराटनगर), गोपाल बराल (काठमाण्डौ),टंक आचार्य (सुन्दरहरैंचा),संञ्जिव महराई (सुन्दरहरैंचा),राम गोपाल श्रेष्ठ (धरान–७),मान बहादुर कटुवाल (पानवारी),ईश्वर कार्की (धरान–१५),यज्ञ निरौला (इटहरी),सन्तोष काफ्ले (धनकुटा)राजन कार्की (धरान) रहेका छन्।

समितिमा पश्चिम, पूर्व, विराटनगर, ग्रामीण, पहाडी तथा इटहरी क्षेत्रको सन्तुलित प्रतिनिधित्व गरिएको छ।

नवनिर्वाचित समितिले संस्थाको उद्देश्यअनुसार पारदर्शी, उत्तरदायी र सेवा–मुखी ढंगले कार्य अघि बढाउने अध्यक्ष थापाले  प्रतिबद्धता जनाए ।

साधारणसभामा ५२ बर्ष भन्दा लामाे समय देखि यातायात क्षेत्रकाे नेतृत्व गरेकाे केन्द्रका नि वर्तमान अध्यक्ष कृष्णप्रसाद सुवेदिले विशेष सम्मान समेत गरिएकाे थियाे ।

अध्यक्ष सुवेदीले सभा प्रस्तुत गरेकाे सांगठनिक प्रतिवेदन तथा काेशाध्यक्ष फडिन्द्र कार्कीले पेस गरेकाे आर्थिक प्रतिवेदन सर्वसहमतिले अनुमाेदन भएकाे थियाे ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved