कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट ३१ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १,२,३ बाट २० जना र ४, ५, ६ र ७ बाट ११ जना गरि जम्मा ३१ ज्नाको आरडिटी नमूना परीक्षण गरिएको २ का वडाध्यक्ष एवम कानेपोखरी गाँउपालिकाका प्रवक्ता शुसिल बुढाथोकिले बताए । वैदेशिक रोजगारबाट फर्किएका, भारतबाट र काठमाडौंबाट २५० जना गाउँपालिका भित्रिसकेका छन् । उनीहरूको निगरानी गाउँपलिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् । वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएकामध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरूलाई आरडिटी नमूना पर
धरान /सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । पार्टि प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक पटि पत्रकारहरु सग कुरा गर्दै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको र महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस विरुद्द सबै पार्टि पङ्तिलाइ आवहन गरेको बताए । यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने निर्णय पनि गरेको छ ।साथै प्रवक्ता श्रेष्ठले स्थायि कमिटिको बैठक बैशाख २
धरान /ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट प्रारम्भिक विवरण अनुसार ७ करोड ६५ लाख बढी क्षति पुगेको छ । ताप्लेजुङगका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको विवरण संकलन गर्न बनेको समिततिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको प्रारम्भिक विवरण संकलन गरेको बताए । विवरण अनुसार संस्थागततर्फ २२ लाख क्षति भएको छ भने व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार क्षति पुगेको छ आगलागीबाट ८ वटा घरमा क्षति पुगेको थियो । ती मध्ये २ वटा पक्की घर थियो भने ६ वटा कच्ची घर हो । आगलागीबाट कुल २९ घर परिवार प्रभावित भएको प्रजिअ निरौलाले बताए । आगलागीबाट प्रभावित
धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले १ महिना अघि देखि लकडाउन जारी गरेको छ । लकडाउन अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा मार्फत प्रयोग गर्न सकिने छ । विशेष ई–शिक्षा प्याकेज अन्तर्गत २६० रुपैयाँमा ६ जिबी र ५०० रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २६० रुपैयाँमा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिह
धरान । पछिल्लो केही घटना र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै विवाद सिर्जना भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीका प्रसे सल्लाहाकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख समेत रहेका सुर्य थापाका अनुसार सचिवालय बैठक दिउँसो ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । अध्यादेश तथा प्रधानमन्त्री ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै प्रधानमन्त्रीको राजीनामाको चर्चा चुलिएको छ । आज हुने भनिएको सचिवालय बैठकमा पनि नेताहरुले प्रधानमन्त्रीको राजीनामालाई जोड दिने सम्भावना देखिन्छ । यसअघि बुधबार बसेको सचिवालय बैठकमा पनि सचिवालय
ताप्लेजुङ। शुक्रबार राती देखि आगलागीबाट ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ७ घर र ५ वटा घुम्ति पसल जलेर नष्ट भएको छ । शुक्रबार रातिदेखि लागेको आगो शनिबार बिहान ५ बजे मात्र आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका ७ घर र ५वटा घुम्ती पसल जलेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी र बासिन्दाले दमकलको सहायतामा आगो पूर्ण रूपमा निभाउन सफल भएका हुन् । आगलागीबाट स्थानीय नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह, प्रेम निरौला र देवी भट्टराईको घर जलेर ध्वस्त भएका छन् भने बिनिता बिस्टको घुम्ती चिया
विराटनगर, १९ बैसाख प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार २ सय ८२ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार २ सय ६७ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार ३ सय ४२ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ९९ जनाको रिर्पो नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्
नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रुपन्देही १ र बाँकेका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
रोल्पाको त्रिवेणी गाँउपालिकामा हिजो साझ करिब ६ बजे भएको दर्दनाक घटनाप्रति प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् । उक्त घटनामा दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गर्दै विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने पनि बताएका छन् । मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह पनि गरेका छन् । ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३
उदयपुर/एक साता देखि क्वारेन्टाइनमा बस्दै आएका उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । उनले क्वारेन्टाइन भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टाइनमा श्रीमतीसहित बस्दै आएका १८ वर्षका सुमन विकले आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन् । काठमाडौं बाट लकडाउन पछि बैशाख ११ गते घर फर्किएका उनि क्वारेन्टाइनमा बस्दै आएका थिए ।