‘राप्रपाका केन्द्रीय नेता जसपामा आउँदैछन्, हार्दिक वार्ता भइरहेको छ’

  • भदौ २८, २०७७
  • "विजयकुमार राई / चतरा"
alt

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ठूलो सङ्ख्यामा केन्द्रीय स्तरका नेता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्न लागेको जसपाका वरिष्ठ नेता अशोक राईले बताएका छन् ।

जसपामा समायोजन हुने चरणमा हार्दिक वार्ता भइरहेको वरिष्ठ नेता राईले बताए । ‘राप्रपाका केही केन्द्रीय स्तरका नेताहरुसँग हार्दिक वार्ता भइरहेको छ, यो समायोजनले पार्टीले झनै ठूलो आकार लिने छ, गाउँ नगरस्तरमा समेत पार्टी ठूलो हुनेछ ।’ संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि पहिलो पटक आइतबार वराहक्षेत्र चतरा आएका नेता राईले भने ।

Asok_Rai_Janata_Samajbadi_Party_Nepal2 कार्यकर्तासँग अन्तक्र्रियामा सहभागी वरिष्ठ नेता राईले पार्टीले परिमाणात्मक रुपमा समेत फड्को मार्दै जानेमा कार्यकर्तालाई आश्वस्त पारे ।

जसपाका वरिष्ठ नेता राईले जसपा तेस्रो, वैकल्पिक र नयाँ शक्तिका रुपमा आइरहेको बताउँदै नेकपालगायतबाट असन्तुष्टहरु गाउँगाउँबाट संगठित हुने क्रम बढेको बताए । उनले व्यापार, व्यावसायलगायत सबै काम ठप्प भएका बेला राजनीति मात्र गतिशील अवस्थामा रहेको उल्लेख गरे ।

कार्यकर्तासँगको साक्षात्कारमा नेता राईले नेकपाको बहुमतको सरकार हुने विरुवाको चिल्लो पात नभएर सिस्नोको काँडा जस्तो घोच्ने, पोलिदिने चरित्र भएको बताए । उनले अब बाँकी १८ महिनामा कुनै परिवर्तन गर्न नसक्ने बताउँदै यो बीचमा चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘स्थानीय चुनाव आउन अब १८ महिना छ, जनताले पत्याउने मान्छेहरुलाई पार्टीमा संगठित गर्नुहोस्, अब चुनावको तयारी गर्नुहोस्’ नेता राईले स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिए ।

Asok_Rai_Janata_Samajbadi_Party_Nepal4 वर्तमान राजनीतिक परिदृश्यलाई संक्षेपमा जानकारी गराउँदै वरिष्ठ नेता राईले नेकपा सरकारको आलोचना गरे । नेकपाभित्रको गुटको लडाइँले देश र जनताको परिवर्तनको आकांक्षामा केही फरक नपर्ने नेता राईले बताए । ‘नेकपाभित्रको विवादले ‘खड्गजीलाई थर्काएर केहीकेही झार्नेजस्तो अवस्था बनेको होला, यसले नेपाली राजनीतिमा, नेपाली समाजमा केही पनि महत्व राख्दैन,’ नेता राईले भने, ‘यो केबल कुर्सीको बाँडफाँडको झगडा हो, शक्तिको बाँडफाँडको झगडा हो ।’

नेकपाको झगडाले वर्तमान विषम परिस्थितिको सामना गर्ने, संक्रमणलाई रोक्ने दिशामा योगदान गर्ने लगायतको कुनै काम नगर्ने उल्लेख गर्दै नेता राईले यो विषयलाई अर्थहीन बखेडा भएको आरोप लगाए । उनले भने, ‘यसले परिवर्तनको दिशामा कुनै अर्थ राख्दैन, बरु झगडाले संसदीय कार्य, महत्वपूर्ण विधेयक पास गर्न अवरोध गर्यो ।’

Asok_Rai_Janata_Samajbadi_Party_Nepal1 नेता राईले जनताले विश्वास गरेर दिएको बहुमतलाई नेकपाले सदुपयोग गर्नुपर्नेमा सरकारले अढाई वर्षमा सबैलाई काबु खेलाएको बताए ।

नेकपा परित्याग गरी जसपामा कार्यकर्ता प्रवेश गराउने कार्यक्रम र अमेरिकामा रहेका जसपाका संगठित सदस्यले पठाइदिएको राहत वितरण गर्ने उद्देश्यले ८ महिनापछि नेता राई आफ्नो निर्वाचन क्षेत्र धरान आएका हुन् ।

धरान आएका बेला नेता राईले सुनसरीको रामधुनी वराहक्षेत्रलगायतका नेता कार्यकर्तासँग साक्षात्कार गरेका हुन् । आगामी कार्यक्रम सुनसरीबाट उदयपुर जाने रहेको वरिष्ठ नेता राईले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved