विराटनगर । चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिका मेयर भीम पराजुली सेल्फ क्वारेन्टिनमा बसेका छन ।
महानगरका प्रमुख प्रकाशकीय अधिकृत ईन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुलीले पनि स्वाब दिएका थिए । तर, उनको रिर्पोट कोरोना नेगेटिभ नेगेटिभ आएको छ ।
मेयर पराजुलीले भने,“अधिकृत ज्यूलाई कोरोना देखिएपछि मैले पनि परीक्षण गराएको थिएँ तर देखिएन । चालकमा पुष्टि भएपछि म सेल्फ क्वारेन्टिनमा छु ।” पराजुलीले आफ्नो साथैमा रहने निजी सचिवालयका सहयोगीका साथ महानगरले नै व्यवस्थापन गरेको जैन भवनको क्वारेन्टिनमा बसेको बताएका छन ।
प्रमुख प्रशासकीय अधिकलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यक बाहेका सेवा पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । वडा नम्बर १ र २ का वडाअध्यक्षमा समेत कोरोना पुष्टि भएको छ । बाँकी वडा कार्यालयहरुमा पनि पाँच दिनसम्मको लागि महानगरले अति अवाश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको मेयर पराजुलीले जानकारी दिएका छन ।
पछिल्लो समय विराटनगरमा कोरोना संक्रमणको दर दैनिक बढ्दो क्रममा पुगेको छ । १३ सयभन्दा धेरै नगरवासीमा कोरोना देखिएको छ । कोरोनाबाट विराटनगरका १८ जनाले ज्यान गुमाईसकेका छन ।